Multi Agrovet

Multi Agrovet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Multi Agrovet, Business Supply Service, battar bazar new buspark, Nuwakot.
(3)

किसानहरूका लागि आवश्यक बिउ, मल, विषादी, औषधि, प्लास्टिकजन्य सामग्री, फलफुल र फूलका बेर्ना, आधुनिक कृषि औजारहरूको साथै अनुभवी प्राविधिक सेवासहित एउटै छानामुनी थोक र खुद्रा बिक्री केन्द्र साथै, पोस्टमार्टम र माटो जाँच जस्ता प्रयोगशाला सुविधा पनि उपलब्ध छ ।

26/08/2026

अत्यन्त जरुरी सूचना

आज अचानक आएको बाढीका हाम्रो सेवा बन्दा रहेको जानकारी ।

आकस्मिक आएको बाढी तथा प्रतिकूल मौसमका कारण यातायात तथा जनजीवनमा समेत असर परेको अवस्थालाई मध्यनजर गर्दै हाम्रो सम्पुर्ण शुभ-चिन्तक एवं ग्राहकवर्गमा आज सम्पूर्ण सेवा बन्द रहने जानकारी गराउदा छौ ।

सम्पुर्ण कर्मचारी तथा सबैमा परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाढी तथा डुबान प्रभावित क्षेत्रबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ।

साथै, मौसम तथा बाढीको अवस्था सामान्य नभएसम्म सबै जना सचेत, सुरक्षित र जिम्मेवार रहनुहुन अनुरोध गर्दछौँ।

सुरक्षा नै पहिलो प्राथमिकता हो।

धन्यवाद।
व्यवस्थापन
Multi Agrovet

धन्यबाद Radio Chimteshwor 90.9 MHz Nuwakotमल्टी एग्रोभेट प्रा.लि., बट्टार, नुवाकोटको आयोजनामा सोमबार म्यागङ गाउँपालिका–४...
25/08/2026

धन्यबाद Radio Chimteshwor 90.9 MHz Nuwakot
मल्टी एग्रोभेट प्रा.लि., बट्टार, नुवाकोटको आयोजनामा सोमबार म्यागङ गाउँपालिका–४ किम्ताङमा एकदिने बाली स्वास्थ्य शिविर तथा बिरुवा जाँच कार्यक्रम सम्पन्न भएको छ।
समाचार विस्तृतमा हेर्नुहोस्ः
https://topnepalnews.com/news/54137/

🌱🌾 किम्ताङमा बाली स्वास्थ्य शिविर, किसानलाई निःशुल्क प्राविधिक परामर्श 👨‍🌾👩‍🌾🩺
🙋‍♂️🙋‍♀️ मल्टी एग्रोभेट प्रा.लि., बट्टार, नुवाकोटको आयोजनामा सोमबार म्यागङ गाउँपालिका–४ किम्ताङमा एकदिने बाली स्वास्थ्य शिविर तथा बिरुवा जाँच कार्यक्रम सम्पन्न भएको छ। 👏🌱
समाचार विस्तृतमा हेर्नुहोस्ः
https://topnepalnews.com/news/54137/

24/08/2026
📢 किसान दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खुसीको खबर! ​तपाईँको खेतबारी वा बगैँचाका बालीनाली, फलफूल र तरकारीमा रोग-किरा लाग...
20/08/2026

📢 किसान दाजुभाइ तथा दिदीबहिनीहरूका लागि खुसीको खबर!

​तपाईँको खेतबारी वा बगैँचाका बालीनाली, फलफूल र तरकारीमा रोग-किरा लागेर चिन्तित हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्!
​मल्टि एग्रोभेट नुवाकोटले लिएर आएको छ— ‘निःशुल्क एकदिवसीय बाली शिविर तथा बिरुवा क्लिनिक’। कृषि विज्ञहरूसँग प्रत्यक्ष भेटेर आफ्ना समस्याको सही समाधान र उपचार पाउनुहोस्।

​कार्यक्रमको विवरण:
📅 मिति: २०८३/०४/०८ गते (सोमबार)
⏰ समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म
📍 स्थान: म्यागाङ गाउँपालिका वडा नं-०४, किम्ताङ, नुवाकोट
📞 सम्पर्क: ९७०६१६७००३
🏢 आयोजक: मल्टि एग्रोभेट प्रा.लि. नुवाकोट

​📌 ध्यान दिनुपर्ने कुरा:
शिविरमा आउँदा रोग वा किराले बिगारेको बिरुवाको भाग (पात, डाँठ, फल वा जरा) स्पष्ट देखिने गरी साथै लिएर आउनुहोला, ताकि विज्ञहरूलाई जाँच गर्न सजिलो होस्।

​हामीलाई सेवा गर्ने मौका दिनुहोस्! यो सूचना आफ्ना साथीभाइ र छरछिमेकी किसानहरूलाई पनि शेयर गरिदिनुहोला। 🙏

18/08/2026

🪢 मुढा राम्रो र बलियो बनाउन सस्तो होइन, सही र गुणस्तरीय डोरी छानौँ! 🧶

मुढाको मजबुती, राम्रो ग्रिप र नीट फिनिसिङको मुख्य आधार नै उत्कृष्ट डोरी हो। हजुरहरूलाई आवश्यक पर्ने विभिन्न रङ र उत्कृष्ट गुणस्तरका मुढा बुन्ने डोरीहरू (Garg Ropes) अहिले हाम्रामा उपलब्ध छन्!

📌 विशेषताहरू:
उच्च गुणस्तर र टिकाउ डोरी
विभिन्न रङ्गीचङ्गी विकल्पहरू
आकर्षक फिनिसिङ र बलियो ग्रिप
होलसेल तथा खुद्रा बिक्रीको व्यवस्था

📞 अर्डर वा थप जानकारीको लागि:
कम्पनी: Multi Agrovet Pvt. Ltd. (मल्टी एग्रोभेट प्रा. लि.)
सम्पर्क नम्बर: 010592254, 9706167003
स्थान: Bidur-4, Damki, Nuwakot

📩 अर्डर गर्नको लागि सिधै Inbox मा म्यासेज गर्नुहोस् वा माथि दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्!

16/08/2026

खेतीपातीमा कति धेरै मेहेनत अनि समय खर्च भइरहेछ? अब खेती गर्ने परम्परागत तरिका बदलौँ र आधुनिक प्रविधि अपनाऔँ! 🌾🚜

प्रविधिको यो आधुनिक जमानामा समयको बचत गर्दै उत्पादन बढाउनुहोस्। खेत जोत्ने ट्र्याक्टर, मकै छोडाउने मेसिनदेखि लिएर घाँस काट्ने ग्रास कटर (Grass Cutter) सम्म—सबै किसिमका आधुनिक कृषि उपकरण, उन्नत बीउ-बिजन र बिषादीका लागि Multi Agrovet लाई सम्झनुहोस्!

आजै सम्पर्क गरी आफ्नो कृषि यात्रालाई सहज र फलदायी बनाउनुहोस्। 👇
📍 ठेगाना: बिदुर-४, दम्कि, नुवाकोट
📞 फोन / सम्पर्क: 010592254, 9706167003

🚜 खेती किसानको जीवनमा आधुनिकता ल्याउँदै! 🌱तपाईंको खेतीको हरेक आवश्यकताको लागि मल्टि एग्रोभेट!हामीसँग आधुनिक मेसिनरी (मिन...
13/08/2026

🚜 खेती किसानको जीवनमा आधुनिकता ल्याउँदै! 🌱

तपाईंको खेतीको हरेक आवश्यकताको लागि मल्टि एग्रोभेट!
हामीसँग आधुनिक मेसिनरी (मिनी टिलर, स्प्रेयर, आदि) देखि लिएर उत्कृष्ट बीउ, मल र औषधि उपलब्ध छन्।

गुणस्तर र उचित मूल्यको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।
📞 सम्पर्क: 010592254, 9706167003
📍 ठेगाना: विदुर ४, नुवाकोट

#खेतीपाती

12/08/2026

🚜 किसान तथा व्यवसायी साथीहरूका लागि खुसीको खबर! अब भारी सामान ओसारपसार गर्न भएन झन्झट! 📦✨

कृषि कर्म तथा पसलहरूमा तरकारीका क्रेट, मलका बोरा वा अन्य भारी सामान ओसारपसार गर्न निकै समय र श्रम लाग्छ। तपाईँको यही समस्यालाई ध्यानमा राखेर Multi Agrovet ले लिएर आएको छ Portable & Foldable Mini Trolley!

यस मिनी ट्रलीका फाइदाहरू:
🔹 बलियो क्षमता: १५० देखि २०० केजीसम्म भार सजिलै धान्न सक्ने।
🔹 टनेल खेतीका लागि उपयुक्त: टनेल वा साँघुरो ठाउँभित्र सामान ओसारपसार गर्न निकै सजिलो।
🔹 फोल्डेबल डिजाइन: काम सकिएपछि सजिलै फोल्ड गरेर थोरै ठाउँमा स्टोर गर्न सकिने।
🔹 श्रम र समयको बचत: एक्लैले पनि धेरै सामान एकैपटक सजिलै लैजान सकिने।

तपाईँ पनि आफ्नो कृषि फार्म, टनेल खेती वा पसलको लागि यो ट्रली खरिद गर्न चाहनुहुन्छ भने आजै Multi Agrovet मा सम्पर्क गर्नुहोस्!

📍 ठेगाना / Location: बिदुर-४, दम्की, नुवाकोट
📞 सम्पर्क नं. / Contact: ०१०५९२२५४, ९७०६१६७००३

09/08/2026

के तपाईंको गाई-भैँसीले अचानक दूध घटाउन थालेको छ? वा उठ्न-बस्न गाह्रो भइरहेको छ? 🐮❓

धेरैजसो किसान साथीहरूलाई लाग्न सक्छ यो केवल खाद्यन्न वा दानाको कमीले गर्दा हो। तर, यसको मुख्य कारण क्याल्सियमको कमी (Calcium Deficiency) पनि हुन सक्छ!

पशु बिहाउनु अघि वा बिहाइसकेपछि शरीरमा क्याल्सियमको मात्रा घट्ने गर्दछ, जसले गर्दा हड्डी कमजोर हुने र दूध घट्ने समस्या देखिन्छ। तर मनपरी क्याल्सियम प्रयोग गर्नुभन्दा सही मात्रा र सही तरिका जान्न आवश्यक छ! 💡

📍 सही सल्लाह, परामर्श र गुणस्तरीय भेटेरिनरी उत्पादनका लागि आजै Multi Agrovet Pvt. Ltd. मा सम्पर्क गर्नुहोस्!

🏢 Multi Agrovet Pvt. Ltd.
📍 Bidur-4, Damki, Nuwakot
Phone number:- 010592254, 9706167003

🌾🐄

07/08/2026

के तपाईँको गाई-भैंसीमा पनि यी समस्याहरू देखा परेका छन्? 🤔🐄

गर्मी मौसममा पशुले राम्रोसँग नउग्राउने, दाना-पानी नखाने, ब्याएको गाई-भैंसीमा दुध नआउने वा थुनिलो (Mastitis) रोगको समस्या छ?

सन्तुलित आहारको सट्टा केवल औषधिमा मात्र खर्च गरिरहनु भएको छ भने सावधान! आजै सहि र सन्तुलित आहार व्यवस्थापन सुरु गर्नुहोस्।

हामी Multi Agrovet Pvt. Ltd. बाट तपाईँका पशुहरूको लागि आवश्यक सन्तुलित आहारको चार्ट (Formula) निःशुल्क उपलब्ध गराउँछौँ!
आजै हामीलाई सम्पर्क गर्नुहोस् वा भिजिट गर्नुहोस्!

Multi Agrovet Pvt. Ltd. (मल्टी एग्रोभेट प्रा. लि.)
बिदुर-४, डम्की, नुवाकोट (Bidur-4, Damki, Nuwakot)
सम्पर्क नं. ०१०५९२२५४, ९७०६१६७००३

Address

Battar Bazar New Buspark
Nuwakot
44900

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Multi Agrovet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Multi Agrovet:

Shortcuts

Share