19/06/2026
साथीहरू……………
नेपालमा भारतीय तिर्थयात्रीहरु र पर्यटकहरुले जथाभावी फ़ोहोर गरेको, नदी किनारमा खान खाएर बसेको भिडियोहरु विभिन्न सामाजिक सञ्जालमा हालेर भारतीय पर्यटकहरू माथि आलोचना गरेको, केही किनमेल नगर्ने फ़ोहोर मात्रै गर्न आएको, जस्ता कुराहरू सञ्जालमा आइरहने र कमेन्टमा यी धोतीहरुलाई छिर्न दिन हुँदैन, लखेटेर पठाउन पर्छ जस्तो अपाच्य कुराहरू देखि रहन्थें।
सुरु सुरुमा त मैले यसलाई खासै महत्त्व दिने गरेको थिइन, नेपाल प्रति भारतीय शासकहरुको बेला बेलामा गरिने व्यबहारले नेपालीहरुमा हुने स्वत: नकारात्मक भाव छचल्केको होला भनेर सामान्य रूपमा लिइरहेको हुन्थें, तर मेरो त्यो बुझाई माथि आजभोलि प्रश्न उठ्न थालेको छ।
भारत बाट नेपालमा र नेपाल बाट भारतमा तिर्थयात्रीहरु की हिन्दु आउँछन् कि त बौद्ध आउने गर्छन्, यो दुई धर्मावलम्बीको यही दुई देश बाहेक अन्यत्र जाने ठाउँ छैन, यसबाहेक इसाई इस्लाम धर्मावलम्बी नेपालमा तिर्थाटनको लागि आउने कुरा भएन।
भारतीय तिर्थयात्रीहरुलाई पैसामा तौलेर जसरी व्यबहार (दुर्व्यवहार) नेपालमा भैरहेको छ त्यसैगरी नेपाल बाट जाने तिर्थयात्रीहरुलाई भारतमा हुन थाल्यो भने के होला ? यो दोहोरो घृणाभाव बाट फाइदा कसलाई हुने रहेछ भनेर सोचौं त एकपटक ? जसलाई फाइदा पुग्न सक्छ त्यही शक्तिले यस्तो घृणा फैलाउन लगानी त्यहीँबाट भैरहेको त छैन ? एकपटक गम्भीर भएर सोचौं।
यी दुर्व्यवहार गर्नेहरूले तर्क गर्छन् -
👉️ यिनीहरू (भारतीय) खाने कुरा आफैं बोकेर ल्याउने गर्छ नेपालमा फ़ोहोर मात्रै गरेर जान्छ।
उत्तर : भारतीयहरु त खाने कुरा बोकेर आउने रहेछ, नेपाली तिर्थयात्रीहरु त भारतको ठुला- ठुला धर्मशालामा "फ्री" मा खाएर आउने गर्छन्। म पनि पोहोर साल बद्रीनाथ जाँदा यस्तै "फ्री" को धर्मशालामा बसेर खाएर आएको हुँ।
अझ एउटा रोचक कुरा पनि भनौं भारतको बोधगयामा प्रत्येक वर्ष कालचक्र अभिषेक पुजा हप्ता पन्ध्र दिन सम्म हुनेगर्छ। उक्त पुजामा दस हजार लामाहरु एकै ठाउँमा बसेर समवेत पाठ गर्छन्।
त्यहाँ पाठ गर्न बस्ने लामाहरुलाई बिश्वभरको धनी- धनी तिब्बती चिनियाँ सिंगपुरे, रसियन बौद्ध धर्मावलम्बीहरु बोरा भरी पैसा ल्याएर हात-हातमा बाँड्ने गर्छन्।
हप्ता पन्ध्र दिनमा एकजना लामाको खल्तीमा पचास साठी हजार सम्म भारु जम्मा हुनपुग्छ।
लाजमर्दो कुरा के भयो भने त्यो पुजामा बस्न नेपाल बाट बोधगया पुग्नेहरु लामाको पोसाक लगाएर पुजामा बस्न थाले, यसरी पैसा संकलनको लागि मात्रै लामाको पोसाक लगाएर बस्न थालेको चाल पाएपछि अहिले गेटमा नै लामा अक्षर पढ्न लगाएर कुन गुम्बा कुन तहको सबै बुझेर मात्रै भित्र छिर्न दिने नियम बनाउन पर्यो। यो सबै नेपाल बाट तिर्थ जाने टोलिहरुले खडा गरेको समस्या थियो।
अत: ऐना हेर्ने गरौं हामी आफ्नैको पनि। यो सिंगापुर बनिसकेको छैन भारतीय तिर्थयात्रीहरुलाई आदर्श छाँटन, घर अगाडिको रोडको दायाँबायाँ हेरे हुन्छ त्यहीँ देखिन्छ हाम्रो औकात।
तिर्थयात्रीहरु आर्थिक स्तर उठेकोहरु पनि आउँछ, उनीहरुले सात्विक भोजन बन्ने महंगो महंगो होटलमा बस्ने गर्छन् एकपटक तिलगंगा अस्पताल नजिकैको पशुपति धर्म शाला होटलमा गएर हेर्नु, एक प्लेट खानाको ७०० रुपैयाँ तिरेर बस्ने भारतिय तिर्थयात्री बाहेक अरु भेटिन्न। नेपालको पर्यटन क्षेत्रमा विशेष गरी स्टार होटल, लक्जरी रिसोर्ट, क्यासिनो, MICE र destination wedding क्षेत्रमा। नेपाल पर्यटन बोर्ड र होटल उद्योगले भारतीय बजारलाई प्रमुख बजारका स्रोतको रूपमा लिनेे गरेको हुन्छ।
नेपालमा महंगा होटलको मुख्य ग्राहकहरुमा पहिलो भारतीय दोस्रो अमेरिका तेस्रो चीन र चौथो युरोपेली मुलुकहरु हुन्।
अहिले पोखराको पाँच तारे होटलहरु पुरै भारतीय पर्यटकहरुले भरिभराउ छ, होटलहरुको रेकर्ड खोजेर हेर्दा हुन्छ ८०% भारतीय पर्यटकले भरेको छ यतिबेला, गर्मी छल्न सम्पन्न खाले भारतीयहरु की कुल्लु मनाली जम्मु कास्मिर सिक्किम दार्जिलिङ जान्छन् की नेपाल आउँछन्।
मलाई आशंका लागिरहेको छ, यी भारतीय मध्यम निम्न बर्गिय धार्मिक तिर्थयात्रीहरुको दैनिक रूपमा सामाजिक सञ्जालमा हालेर भाइरल बनाउँदै नकारात्मक धारणा बनाउन जसरी सामाजिक सञ्जाल प्रयोग गरिरहेको छ यो त्यत्तिकै भैरहेको छैन।
एउटा संगठित अधर्मी तत्वहरुको नियोजित परियोजना हो की भन्नेमा म पुग्दै छु, यसभन्दा अगाडि पशुपतिनाथ परिसरमा पनि भारतीय बाबाहरुलाई केहि ट्यापेहरु प्रयोग गरेर कुटपिट गरेर पठाएको एउटा काण्ड पनि ताजै छ।
यी आदि सबै "डट" हरुलाई जोडेर बुझ्ने गरौ है साथीहरू "कुछ तो गडबड जरुर है" !!
Pokhara Mayor Sir ko Vanai🙏🙏
Jay Desh ❤️
Jay Nepal❤️
Jay Sanatan ❤️
Jay Sanatani❤️
Source : Social Media
Kattar Hindu Vishwa Hindu Parishad, Nepal Hindustani Bhau The Hindu Sanatani Ram Manav Dharma