21/08/2026
नेपाली भाषा कौशल प्रतियोगिता–२०८३
हाम्रो विद्यालयको नेपाली भाषा विभागद्वारा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि माध्यमिक तह स्तरीय अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता–२०८३ उत्साहपूर्ण रूपमा आयोजना गरिएको छ।
विद्यार्थीहरूको नेपाली भाषाप्रतिको रुचि, भाषिक ज्ञान, सिर्जनशीलता तथा अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।