18/11/2016
टेलिकमको मोबाईल सेवा आज राती ११ बजेदेखि भोलि सम्म अवरुद्ध हुने
NTC
काठमाडौं ३ मंसिर । नेपाल टेलिकमले मोवाईल सेवा आज र भोलि अवरुद्ध हुन सक्ने जनाएको छ । कम्पनीको जिएसएम पोष्टपेड मोबाईल सेवालाई कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले आज राति ११ बजे देखि भोलि सम्म अवरुद्ध हुनसक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सि डि एम सेवाका भ्वाइस, डाटा, एसएमएस, वाईम्याक्स र रिजार्ज सेवा समेत अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ ।