Graceland Plaza

Graceland Plaza Business complex where Hostel, Restaurant, Heli service Office, cafe, Liquor shop and T-shirt Shop situated.

म तररर पोखिन चाहन्छु।म छररर छरिन चाहन्छु।म सललल बग्न चाहन्छु।म सररर उड्न चाहन्छु।म होसमा मद्यहोस् हुनचाहन्छु।म हावामा तै...
27/03/2024

म तररर पोखिन चाहन्छु।
म छररर छरिन चाहन्छु।
म सललल बग्न चाहन्छु।
म सररर उड्न चाहन्छु।
म होसमा मद्यहोस् हुनचाहन्छु।
म हावामा तैरिन चाहन्छु।
म रुन चाहन्छु।
म हाँस्न चाहन्छु।
म पागल हुन चाहन्छु।
म नरम हुन चाहन्छु।
म गरम हुन चाहन्छु।
म पत्थर बन्न चाहन्छु।
म अत्तर बन्न चाहन्छु।
म कहिले गहिरिन चाहन्छु
त कहिले उत्रिन चाहन्छु।
म कहिले टालिन चाहन्छु
त म कहिले उध्रीन चाहन्छु।
म जे मनलाग्छ त्यहि गर्न चाहन्छु।

पिडा जति भएपनि बाँच्न छोडिन्न।उमेर जति ढल्के पनि माँच्न छोडिन्न।मान्छेलाई खुसी हुन मन भए पुग्छ।परिस्थिति जस्तो भएपनि नाँ...
27/03/2024

पिडा जति भएपनि बाँच्न छोडिन्न।
उमेर जति ढल्के पनि माँच्न छोडिन्न।
मान्छेलाई खुसी हुन मन भए पुग्छ।
परिस्थिति जस्तो भएपनि नाँच्न छोडिन्न।

Happy World Theater day to all.🙏🙏🙏🙏

तिम्रो कोहि नहुँदा म थिएँ।तिम्रो केही नहुँदा मैले दिएँ।तिमीलाई दिँदा दिँदा म आफै कंगाल भए।लौ भन अब मैले तिम्रो के लिएँ?
21/03/2024

तिम्रो कोहि नहुँदा म थिएँ।
तिम्रो केही नहुँदा मैले दिएँ।
तिमीलाई दिँदा दिँदा म आफै कंगाल भए।
लौ भन अब मैले तिम्रो के लिएँ?

एक कविता:—————कोहि हात हेरेर अड्कल काट्छन्।कोहि जात हेरेर अड्कल काट्छन्।पात हेरेर फुलको अड्कल काट्न सकिन्छ र?घाट हेरेर म...
21/03/2024

एक कविता:
—————

कोहि हात हेरेर अड्कल काट्छन्।
कोहि जात हेरेर अड्कल काट्छन्।
पात हेरेर फुलको अड्कल काट्न सकिन्छ र?
घाट हेरेर मुलको अड्कल काट्न सकिन्छ र?
जीन्दगी भनेको अड्कल काट्नु त रहेछ।
समय संग दु:ख-सुख साट्नु त रहेछ।

कोहि होलीमा रंगीए,
तर मनमा रंगीन सकेनन्।
कोहि आफ्नै रूप देखेर दंगिए,
तर मनमा दंगीन सकेनन्।
मान्छेहरू मनमा कपट राखेर,
बाहिर कसरी हॉंस्न सक्छन?
मान्छेहरू आफ्नो स्वार्थको लागि,
कसरी संबन्ध गॉंस्न सक्छन्?

हो म बेरंग छु, बेरसीलो छु, बेस्वाद छु
तर म पानी हुन सकेको छैन
जो अविरल बगिरहन्छ।
म त कतै थामिएको छु र
दलदले हिलो जस्तो गनाउन थालेको छु।
म त कतै अड्किएको छु र
बासी अचार जस्तो बसाउन थालेको छु।
म बादल हुन सकेको छैन
जो उडिरहन्छ र फेरी बर्षिन्छ।
म त बस एउटा छायॉं जस्तो भएको छु।
जो आफु संगै तर्सिन्छ।

कहिले काहिं लाग्छ
म त कतै हराई रहेको छु।
आफ्नो जीन्दगी देखेर
आफै डराई रहेको छु।
के हुन्छ मेरो भविष्य?
म घोर अन्योलमा छु।
गन्तव्य हिन मेरा पाईलाहरू अग्रसर छन्
लाग्छ म ठूलै गन्जागोलमा छु।

म कहिले मायॉंको मात्र कुरा गर्छु र थाक्छु।
कहिले म जीवनको मात्र कुरा गर्छु र पाक्छु।
हो मैले तीन दशक फगत मायॉंमा बिताएँ।
जो आफ्नो थिएन, उसैलाई आफ्नो मान्छे चिताएँ।
आफु संग मनमा मन मिलेकोलाई पन्छाउन खोजें।
आफु संग शरीरमा शरीर मिलेकोलाई मन्छाउन खोजें।
र व्यर्थ पराई मायॉंको अभिलाषा गरें।
जे गरे त्यो विगतमा अनयास गरें।

साथ रहेर कसैले अड्कल काट्दैन।
हात दिएर कसैले बेअर्थ ढॉंट्दैन।
थुकेको थुक कसैले चाट्दैन।
चोखो मायॉं कहिलै पनि फाट्दैन।
समय, परिस्थिति, प्रेम र आफ्नै जीन्दगीबाट धेरै सिकियो।
कसैले मनबाट झिके कसैलाई आफ्नै मन बाट झिकियो।
मत धेरै पहिला यो संसारबाट बिदा लिई सक्नुपर्ने
खै आज सम्म कसरी टिकियो, टिकियो।
उनै सृष्टिकर्ता जानुन्।

म केही नभएको मान्छे पनि होईन।म यहि नभएको मान्छे पनि होइन।मान्छे पैसा, पद र पावरको पछि किन लाग्छन् कुन्नि।म त्यही नभएको म...
20/03/2024

म केही नभएको मान्छे पनि होईन।
म यहि नभएको मान्छे पनि होइन।
मान्छे पैसा, पद र पावरको पछि किन लाग्छन् कुन्नि।
म त्यही नभएको मान्छे पनि होईन।

म आजकल अर्कै भएको छु।अल्नो रुचाउनेलाई चर्कै भएको छु।म हरेकलाई स्वर्ग देख्ने मान्छे।तर हरेकको लागि म नर्कै भएको छु।म आफुल...
20/03/2024

म आजकल अर्कै भएको छु।
अल्नो रुचाउनेलाई चर्कै भएको छु।

म हरेकलाई स्वर्ग देख्ने मान्छे।
तर हरेकको लागि म नर्कै भएको छु।

म आफुलाई सिधा हिंडाउन चाहान्थें तर.....
परिस्थितिवस् म बाँगोटिंगो धर्कै भएको छु।

सोच्नेले मलाई बेइमान सम्झिए पनि
कसैका लागि म भर्कै भएको छु।

स्वार्थको लागि बाहिर रुमलिए पनि।
घरको मान्छे म घर्कै भएको छु।

हामी सबैलाई समान व्यवहार गर्छौं।गर्नुपर्ने सबैलाई हामी सदाचार गर्छौं।मान्छेहरु दुई पैसा कमाए भन्दैमा किन ठूल‍ो पल्टिन्छन...
18/03/2024

हामी सबैलाई समान व्यवहार गर्छौं।
गर्नुपर्ने सबैलाई हामी सदाचार गर्छौं।
मान्छेहरु दुई पैसा कमाए भन्दैमा किन ठूल‍ो पल्टिन्छन्?
हामी त सत्रुलाई पनि आफन्त जस्तो प्यार गर्छौं।

१,घर ठूलो मन सानो भएको मान्छे पनि भेटियो।पानी माथी ओभानो भएको मान्छे पनि भेटियो।यहि समाजमा रहेछन् अनेक थरीका मनुवा।आँखा ...
18/03/2024

१,
घर ठूलो मन सानो भएको मान्छे पनि भेटियो।
पानी माथी ओभानो भएको मान्छे पनि भेटियो।
यहि समाजमा रहेछन् अनेक थरीका मनुवा।
आँखा भएर पनि कानों भएको मान्छे पनि भेटियो।

२,
जो चोर उसैको ठूलो स्वर पनि सुनियो आज।
राम्रो गर्दा गर्दै नराम्रो हुन्छ भन्ने गुनियो आज।
समाजमा अनेक थरी असामाजिक तत्व हुने रहेछन्।
हृदय देखि नै मौन बस्ने बिचार चुनियो आज।

यही चैत १७ गते रेडियो अन्नपूर्ण मा रक्तदान कार्यक्रम छ । यहाँलाई गरिमामय उस्थितिको लागि हार्दिक निमन्त्रणा।🙏
17/03/2024

यही चैत १७ गते रेडियो अन्नपूर्ण मा रक्तदान कार्यक्रम छ । यहाँलाई गरिमामय उस्थितिको लागि हार्दिक निमन्त्रणा।🙏

सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी र साथीसंगीमा ग्याल्पो ल्होसारको हार्दिक शुभकामना।💐💐💐🙏🙏🙏
11/03/2024

सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनी र साथीसंगीमा ग्याल्पो ल्होसारको हार्दिक शुभकामना।💐💐💐🙏🙏🙏

तिमी जनतालाई पेलेरै जाउँ भन्छौ।तिमी जनताले तिरेको कर मिलेर खाउँ भन्छौ।तिमी जनताको मेयर हौ कि लायनको शेर हौ?तिमी सिंहको भ...
10/03/2024

तिमी जनतालाई पेलेरै जाउँ भन्छौ।
तिमी जनताले तिरेको कर मिलेर खाउँ भन्छौ।
तिमी जनताको मेयर हौ कि लायनको शेर हौ?
तिमी सिंहको भेषमा स्याल बनेर हाउँ भन्छौ।

गल्ती गरेर पछुताउनु छ भने किन गर्नु?अपराध गरेर छुपाउनु छ भने किन गर्नु?तिमी यस्तो कार्य गर जस्ले तिमीलाई सन्तुष्टि होस्।...
10/03/2024

गल्ती गरेर पछुताउनु छ भने किन गर्नु?
अपराध गरेर छुपाउनु छ भने किन गर्नु?
तिमी यस्तो कार्य गर जस्ले तिमीलाई सन्तुष्टि होस्।
कार्य गरेर आदत छुटाउनु छ भने किन गर्नु?

Address

Pokhara
061

Alerts

Be the first to know and let us send you an email when Graceland Plaza posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Graceland Plaza:

Share