21/03/2024
एक कविता:
—————
कोहि हात हेरेर अड्कल काट्छन्।
कोहि जात हेरेर अड्कल काट्छन्।
पात हेरेर फुलको अड्कल काट्न सकिन्छ र?
घाट हेरेर मुलको अड्कल काट्न सकिन्छ र?
जीन्दगी भनेको अड्कल काट्नु त रहेछ।
समय संग दु:ख-सुख साट्नु त रहेछ।
कोहि होलीमा रंगीए,
तर मनमा रंगीन सकेनन्।
कोहि आफ्नै रूप देखेर दंगिए,
तर मनमा दंगीन सकेनन्।
मान्छेहरू मनमा कपट राखेर,
बाहिर कसरी हॉंस्न सक्छन?
मान्छेहरू आफ्नो स्वार्थको लागि,
कसरी संबन्ध गॉंस्न सक्छन्?
हो म बेरंग छु, बेरसीलो छु, बेस्वाद छु
तर म पानी हुन सकेको छैन
जो अविरल बगिरहन्छ।
म त कतै थामिएको छु र
दलदले हिलो जस्तो गनाउन थालेको छु।
म त कतै अड्किएको छु र
बासी अचार जस्तो बसाउन थालेको छु।
म बादल हुन सकेको छैन
जो उडिरहन्छ र फेरी बर्षिन्छ।
म त बस एउटा छायॉं जस्तो भएको छु।
जो आफु संगै तर्सिन्छ।
कहिले काहिं लाग्छ
म त कतै हराई रहेको छु।
आफ्नो जीन्दगी देखेर
आफै डराई रहेको छु।
के हुन्छ मेरो भविष्य?
म घोर अन्योलमा छु।
गन्तव्य हिन मेरा पाईलाहरू अग्रसर छन्
लाग्छ म ठूलै गन्जागोलमा छु।
म कहिले मायॉंको मात्र कुरा गर्छु र थाक्छु।
कहिले म जीवनको मात्र कुरा गर्छु र पाक्छु।
हो मैले तीन दशक फगत मायॉंमा बिताएँ।
जो आफ्नो थिएन, उसैलाई आफ्नो मान्छे चिताएँ।
आफु संग मनमा मन मिलेकोलाई पन्छाउन खोजें।
आफु संग शरीरमा शरीर मिलेकोलाई मन्छाउन खोजें।
र व्यर्थ पराई मायॉंको अभिलाषा गरें।
जे गरे त्यो विगतमा अनयास गरें।
साथ रहेर कसैले अड्कल काट्दैन।
हात दिएर कसैले बेअर्थ ढॉंट्दैन।
थुकेको थुक कसैले चाट्दैन।
चोखो मायॉं कहिलै पनि फाट्दैन।
समय, परिस्थिति, प्रेम र आफ्नै जीन्दगीबाट धेरै सिकियो।
कसैले मनबाट झिके कसैलाई आफ्नै मन बाट झिकियो।
मत धेरै पहिला यो संसारबाट बिदा लिई सक्नुपर्ने
खै आज सम्म कसरी टिकियो, टिकियो।
उनै सृष्टिकर्ता जानुन्।