Mount 8848 Education

Mount 8848 Education Mount Eight Eight Four Eight Education is established on 2011 A.D. is a leading educational consulta study abroad

19/06/2018
Participate in the Mount 8848 Education world cup Prediction game that who will win the World cup 2018 before 10th July ...
19/06/2018

Participate in the Mount 8848 Education world cup Prediction game that who will win the World cup 2018 before 10th July 24:00 am and will the exciting prizes.

Only inbox message will consider as an answer.

04/04/2018
31/01/2018

अस्ट्रेलियामा नेपाली नर्सका लागि मालामाल,पैसै पैसा
बुधबार, माघ १७, २०७४ 1 पटक हेरिएको
Click to share on Facebook (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on Google+ (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Share on Skype (Opens in new window)

बाग्लुङका गोविन्द राना अस्ट्रेलियामा क्लिनिकल नर्स म्यानेजरका रूपमा कार्यरत छन् । सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी आठ वर्षमै उक्त पदमा पुग्न सफल भए । १ सय २० जना बिरामीलाई रेखदेख गर्ने जिम्मेवारी पाएका उनी अस्ट्रेलियामा नर्सिङ पेसामा उच्च तहमा पुग्ने केही नेपालीमध्येका एक हुन् ।

अस्ट्रेलियामा नेपालीका लागि नर्सिङ पेसा पछिल्लो समयमा रोजाइको विषय बन्दै गएको छ । अन्य पेसाका तुलनामा काम पाउन सहज र इज्जतसँगै पैसासमेत मनग्गे कमाइ भएकाले यसतर्फ नेपाली युवकयुवती आकर्षित छन् ।

अहिलेसम्म कति नेपाली युवकयुवती यो पेसामा आबद्ध छन् भन्ने तथ्यांक नभए पनि संख्या दैनिक बढ्दै गइरहेको जानकारहरू बताउँछन् । वृद्धवृद्धा रेखदेख गर्ने नर्सिङ होममा नेपालीले सामान्य केयरदेखि म्यानेजरसम्मको पदमा आफूलाई स्थापित गरिसकेका छन् । नर्सिङ अध्ययन गरिसकेपछि अस्ट्रेलियाको स्थायी बसोवासको अनुमति ९पीआर० लिन अन्य पेसाभन्दा सहज पनि छ ।

“नर्सिङ अन्य पेसाभन्दा सुरक्षित छ,” सिड् नीस्थित नेपियन अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत इरिना सुवेदी भन्छिन्, “इज्जत र कमाइसमेत राम्रो हुने भएकाले सबैले यसलाई छानेको हुनुपर्छ ।” इरिनाजस्तै रजिस्टर्ड नर्सका रूपमा काम गर्ने नेपाली अहिले यहाँका प्रायस् अस्पताल र नर्सिङ होममा छन् । नेपालीहरू आफ्नो कामप्रति लगनशील हुने भएकाले समेत रोजगारदाताका नजरमा छानिने गरेको हर्नस्बी अस्पतालमा सोही पदमा कार्यरत न्युलिन रेग्नी दाबी गर्छिन् ।

अस्ट्रेलिया सरकारको हालैको तथ्यांक अनुसार ८६ दशमलव ८ प्रतिशत नेपाली रोजगारीमा छन् । त्यसमा ३४ दशमलव ९ प्रतिशत सीपमूलक, व्यावसायिक र व्यापारमूलक रोजगारीमा आबद्ध छन् । सन् २०१४ मा १६ हजार ६७ रहेका नेपाली युवा अहिले १७ हजार ८ सय ३८ पुगेका छन् । तथ्यांक अनुसार नेपाली विद्यार्थी भिसामा यहाँ आउने क्रम बढेको मात्र छैन कि सरकारले समेत उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गरिरहेको छ ।

आकर्षक आम्दानी

अस्ट्रेलियामा नर्सिङ पेसामा लागेका नर्सहरूले न्यूनतम ५५ हजारदेखि १ लाख २० हजार डलरसम्म वार्षिक तलब प्राप्त गर्छन् । जुन नेपाली रुपियाँ न्यूनतम ५० लाखदेखि १ करोड १० लाखसम्म हो । सरकारले न्यूनतम तलब तोके पनि यहाँका अस्पताल र नर्सिङ होमले त्यसभन्दा धेरै तलब दिने गरेका छन् । सामान्य रजिस्टर्ड नर्सले पाँच दिन काम गरेर उक्त रकम कमाउन सक्छन् भने व्यवस्थापन तहमा पुगेर संस्था हाँक्नेहरूले अझै राम्रो तलब पाउने गरेका छन् ।
अस्ट्रेलियामा विकेन्ड लोडिङ (शनिबार र आइतबार काम गरेबापत पाइने अतिरिक्त रकम) समेत जोड्ने हो भने सामान्य नर्सहरूले उक्त रकमभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । यहाँको नियम अनुसार शनिबार काम गरेबापत आफूले पाउने उक्त दिनको तलबमा आधा थप र आइतबार काम गरेबापत ७५ प्रतिशत थप रकम पाउने गरेका छन् । त्यति मात्र नभएर नेपाली नर्सहरूले एक स्थानमा मात्र काम नगरी दुई वा तीन स्थानमा काम गर्ने भएकाले उनीहरूको आम्दानी उल्लेख्य छ ।

स्थायी बसोवासको बाटो

नेपालबाट उच्च शिक्षाका लागि आएका प्रायस्को एउटै उद्देश्य भनेकै यहाँको पीआर लिनु हो । नर्सिङ अध्ययन गरिसकेपछि अन्य विषयलाई भन्दा पीआरको बाटो सहज भएकाले समेत नेपाली विद्यार्थीहरूले नर्सिङ पेसालाई छानेको पाँच वर्षयता एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरिरहेका सञ्जीव पाण्डे सुनाउँछन् ।

अंकका आधारमा र वार्षिक संख्या तोकेर अस्ट्रेलियाले विद्यार्थीलाई स्थायी अनुमतिपत्र दिने गरेको छ । लेखालगायतका विषयमा भने सरकारले तोकेको भन्दा धेरै आवेदन पर्ने भएकाले पीआर सहज छैन । नर्सिङ अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले छुट्याएको कोटामा आवेदन नै कम पर्छन् ।

यहाँका विश्वविद्यालयहरूले दुईवर्षे, तीनवर्षे र चारवर्षे नर्सिङ कक्षा सञ्चालन गर्दै आएका छन् । वार्षिक करिब २० देखि २५ हजार शुल्क लाग्ने नर्सिङ सकेपछि भने अंग्रेजी भाषाको परीक्षा आईएलटीएसमा सात वा ओईटीमा ‘बी ग्रेड’ ल्याउनैपर्ने प्रावधान छ । त्यसो नगरीकन नर्स भएर काम गर्न पाइन्न ।

“अंग्रेजी भाषाको परीक्षा केही गाह्रो भए पनि असम्भव भने छैन,” पाण्डे भन्छन्, “त्यति अंक ल्याउन नसके पाँच वर्ष अध्ययन गरेको भए पनि नर्स भएर काम गर्न पाइन्छ । ”

जो स्थापित छन्

सन् २००४ मा विद्यार्थीकै रूपमा अस्ट्रेलिया आएका चितवनका धर्म अधिकारी सेन्ट भिन्सेन्ट प्राइभेट अस्पतालमा क्लिनिकल नर्स एजुकेटरका रूपमा कार्यरत छन् । ५० जना सहकर्मीलाई विभिन्न तालिम दिने, नर्सिङ पेसामा भइरहेको कानुनी प्रावधान र नीति परिवर्तनका बारेमा सचेत गराउने जिम्मेवारी छ उनको । उपचार पद्धतिमा सुधार ल्याउने प्रक्रिया ९क्लिनिकल ह्यान्डओभर०लाई सफलतापूर्वक व्यवहारमा ल्याएको भन्दै उनलाई अन्तर्राष्ट्रिय संस्था प्रेसएनेले अमेरिकाको फ्लोरिडामा सम्मानसमेत गरिसकेको छ ।

“यो पेसा अन्यभन्दा सुरक्षित मात्र नभएर अवसरसमेत प्रशस्त छ,” ६ वर्षयता नर्सिङमा लागेका अधिकारी भन्छन्, “त्यसैले पनि अहिले युवती मात्र नभएर कैयौँ नेपाली युवकहरूसमेत माथिल्लो तहमा बसेर काम गरिरहेका छन् ।”

उनका अनुसार अहिलेसम्म यो विषय अध्ययन गरेका कुनै पनि नेपालीले बेरोजगार बस्नुपरेको छैन । यो पेसामा सबै खाले व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आउन पाउनु यसको सौन्दर्य भएको उनी सुनाउँछन् ।

पाँच वर्षदेखि नर्सिङ पेसामा आबद्ध खिमानन्द न्युरे ग्रिनविच अस्पतालमा नर्सिङ युनिट व्यवस्थापकका रूपमा कार्यरत छन् । विशेष गरेर मानसिक स्वास्थ्यसम्बन्धी बिरामीे हेरचाह गर्ने जिम्मेवारी पाएका उनी त्यसबाहेक बिरामीको स्वास्थ्यमा सुधार ल्याउनका लागि गुणस्तर विकास, आफ्ना कर्मचारीको विकास र समग्र स्वास्थ्य सुधारका लागि काम गर्छन् । भन्छन्, “अन्य समुदायका व्यक्तिभन्दा मिहिनेती र लगनशील भएकाले नेपालीले अवसर पाउने गरेका हुन् ।”

काठमाडौँकी तिमिला श्रेष्ठ एडिलेडमा रहेको एल्डरकेयर नामक नर्सिङहोममा नर्स इन्चार्जका रूपमा कार्यरत छिन् । तीन वर्षदेखि ५५ जना बिरामीको रेखदेखको जिम्मेवारी उनले सम्हालेकी छन् । भन्छिन्, “अस्ट्रेलियामा आएर समेत नर्सिङ काम गर्न पाउँदा म सन्तुष्ट छु ।”

अस्ट्रेलिया आएका उनका धेरै साथी यसै पेसामा छन् । जम्मा पाँच दिन मात्र काम गरे हुने र त्यसमा समेत जिम्मेवारीसहित काम गर्दा मज्जा आउने उनको अनुभव छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

STUDY IN AUSTRALIA :Please note following changes / developments at USQ main campus:• New campus opened at Ipswich, whic...
31/01/2018

STUDY IN AUSTRALIA :

Please note following changes / developments at USQ main campus:
• New campus opened at Ipswich, which is near Brisbane (30 mins). They have health science courses like nursing there so options for students who do not want to go to Toowoomba.
• Springfield campus (also near Brisbane) offers Business courses as informed earlier.
• Fraser Coast campus- no longer with USQ.
• Students with 70% in plus 2 can apply directly for USQ Bachelor degrees (and Diplomas) including Nursing.
• PCL nursing students with 75% are eligible for admission into Bachelor of Nursing.
• July intake also available for Bachelor of Nursing.
• Student with 3 years degree and work experience can apply for Graduate Certificate in Business that leads into MPA, MBA etc.
• Students will be interviewed either at Application stage or during Financial assessment stage.
• If students are married, we suggest they apply alone initially.
• If they want to apply together, please consult with we before sending their application.
• We still have time to apply for Feb intake.

31/01/2018

Mount Eight Eight Four Eight Education is established on 2011 A.D. is a leading educational consulta

STUDY IN RUSSIA, UKRAINE, BELARUS, GEORGIA, SERBIA, ARMENIA.
02/01/2017

STUDY IN RUSSIA, UKRAINE, BELARUS, GEORGIA, SERBIA, ARMENIA.

Study in Fiji
02/01/2017

Study in Fiji

Best way to enter Schengen Countries.
02/01/2017

Best way to enter Schengen Countries.

Address

Siddhartha Highway, House No. 412, Ward No: 17, Kaski
Pokhara
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779846032743

Alerts

Be the first to know and let us send you an email when Mount 8848 Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mount 8848 Education:

Share