24/02/2012
फुल्दछ फुल बगैचामा,त्यो फुलमा म रमाउछु
सुन्दछु कुरा म सबैको,म आफ्नो कुरा पनि सुनाउछु
गर्ने होइन अत्याचार गरीबमा,यो कुरा मैले जनाउछु
गरीबको पिडा बोकी हिंडे म,गरिबको लागि नै गुनगुनाउछु
सफर गरे अनेक शहरमा,यो अवलोकन मैले गर्दैछु
गरीबको पिडा गरीबलाई नै थाहा हुन्छ,यो मैले भन्दैछु
गरीबको पिडा बोकी म,दर दर ठोकर खाँदै हिड्दैछु
हेर्दैन गरीबलाई कसैले पनि,यो कुरा मैले जान्दैछु
दिने होइन गरीबलाई कसैले पिडा,यो शब्द मैले राख्दैछु
गरीबी र अन्नाए अत्याचार को पिडा बोकी,म पनि जाग्दैछु
अन्नाए र अत्याचार को बिरोधमा,यो कुरा मैले राख्दैछु
गरीबको उपकारको को लागि मैले, हर ठाउमा भिख माग्दैछु
गर्दछु म् हर चिजको सामना, म साचो र् सत्य बोल्दैछु
गरीबी र् देशको लागि,मैले केही वाक्य खोल्दैछु
सरकारमा गर्दछौ अनेक योजना गरीबको लागि,यो मैले जान्दछु
पुग्दैनन योजनाहरु गरीबहरु सँग,हर ठाउमा यो मैले सुन्दछु
भस्टचार को अन्त्य गर्न सके, सरकार लाई मैले मान्दछु
भस्टचार को अन्त्य् भएन भने हुँदैन बिकास,यो मैले जान्दछु
गरीबको आवाज सुन्छौ भने नेपालमा, कडा कानुन लागु गरी
भस्टचार को अन्त्य् हुनु पर्दछ , गरीब लाई ध्यान मा राखी