Worldwide Jobs Opportunities

Worldwide Jobs Opportunities Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Worldwide Jobs Opportunities, Professional Service, pokhara, Pokhara.

Government Employment Service Center for ForeignersEmployment Service Center for Foreigners (under jurisdiction of the M...
09/07/2015

Government Employment Service Center for Foreigners
Employment Service Center for Foreigners (under jurisdiction of the Ministry of Health, Labor and Welfare) provides information and consultation about recruitment for foreigners who wish to work in Japan. The center also introduces jobs to people or give advice on procedures to reside in Japan. The Internet website includes recruitment information, and procedures to take to reside in Japan.
On the other hand, JASSO issue magazine named ‘Job Searching Information for Foreign Students' every year. This magazine provides information such as how to do Job searching, what kind of information is helpful, counseling, introduction, material, inter-net site), how to contact with corporate, the way to change status of visa, predecessor’s experience. You could read this magazine in the related section in you school.

Tokyo Employment Service Center for Foreigners
Address: 163-0721 21st Floor Odakyu Dai-ichi Seimei Bldg.
2-7-1 Nishi-Shinjuku, Shinjuku-ku, Tokyo
Nearest Station: JR Shinjuku Station 10 minutes on foot
City Subway Edo Line Tocho-mae Station: 4 min. on foot
Subway Marunouchi Line Nishi-Shinjuku Station 6 minutes on foot
TEL: 03-5339-8625
FAX: 03-5339-8654
Office Hours: 8:30-17:00 (Saturdays, Sundays, National holidays and year-end and New Year holidays are closed)
http://tokyo-foreigner.jsite.mhlw.go.jp/

Osaka Employment Service Center for Foreigners
Address: Osaka-Ekimae Second Bldg.15F,1-2-2 Umeda,Kita-ku,Osaka-shi,Osaka-fu zip 530-0001
TEL: 06-6344-1135
FAX: 06-6344-1134
Nearest Station: Office Hours: 10:00-18:00 on Monday through Friday (Saturdays, Sundays, National Holidays and year-end and New Year holidays are closed)
http://www.osaka-rodo.go.jp/hw/gaisen/E_webpage/e-toppage.htm

19/06/2015

वैदेशिक रोजगारीमा नि:शुल्क पठाउन असम्भव
कम्तीमा ३३ हजार तिर्नैपर्ने
काठमाडौं - सरकारले वैदेशिक रोजगारीमा नि:शुल्क कामदार पठाउने बताए पनि अनिवार्य तिर्नैपर्ने रकम हिसाब गर्दा एक जना व्यक्तिले कम्तिमा पनि ३३ हजार रुपैयाँ खर्च नगरी जानै नसक्ने देखिएको छ।
पर्याप्त गृहकार्यबिना नि:शुल्क भनिए पनि विदेश जाने प्रत्येक कामदारले व्यवहारमा न्यूनतम ३३ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। म्यानपावर कम्पनीले लिनेबाहेक पनि कामदारले विदेश जाँदा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अन्य थुप्रै शीर्षकमा पैसा खर्च गर्नुपर्छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रावधानअनुसार वैदेशिक रोजगारीमा जाने कामदारसँग एक रुपैयाँ पनि शुल्क लिन पाईंदैन। धेरै होस् वा थोरै शुल्क लिएपछि त्यसलाई नि:शुल्क भन्न मिल्दैन। तर, सरकार नि:शुल्क कामदार पठाउने भन्दै गृहकार्यमा जुटेको छ।
कुनै पनि व्यक्तिले वैदेशिक रोजगारी जान सबैभन्दा पहिला राहदानी बनाउनुपर्ने हुन्छ। राहदानी बनाउन पाँच हजार रुपैयाँ खर्च लाग्छ। राहदानी बनाएपछि दलाललाई बुझाउनुपर्छ। दलालले विभिन्न शीर्षकमा खर्च देखाएर पाँच हजारदेखि १० हजार रुपैयाँसम्म असुल्ने गर्छन्।
दलालले लिएको राहदानी म्यानपावर व्यवसायीलाई बुझाइन्छ। त्यसआधारमा पूर्वस्वीकृति लिइन्छ। त्यसपछि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। स्वास्थ्य परीक्षण गर्दा प्रतिव्यक्ति २६ सय २५ रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म तिर्नुपर्छ। यसपछि अभिमुखीकरण तालिम लिर्ने सरकारी प्रक्रिया पूरा गर्नुपर्छ। तालिम लिन एक हजार रुपैयाँ तिर्नुपर्छ। तालिमका नाममा हुने अनियमितता अझ ठूलो छ।
दलालले तालिम नै नलिई प्रमाणपत्र पाइने जाने भन्दै ग्रामीण क्षेत्रका सोझासाझा व्यक्तिसँग पाँच हजार रुपैयाँसम्म असुल्ने गरेका छन्। तालिममा सहभागी हुनेले पनि नियमत एक हजार तिर्नैपर्ने हुन्छ। जाने लगभग निश्चित भएपछि बिमा गर्नुपर्ने हुन्छ।
बिमा शुल्क भने उमेर अनुसार केही फरक हुन्छ। बिमा गर्दा औसतमा एक जनाले तीन हजार रुपैयाँ बुझाउनुपर्छ। यी सबै खर्च जाने कामदारले व्यहोर्नुपर्छ। सरकारले विदेसिने प्रत्येक व्यक्तिसँग एक हजार उठाएर वैदेशिक रोजगार क ल्याणकारी कोषमा जम्मा गर्ने गरेको छ। यो रकम जाने व्यक्तिले अनिवार्यरूपमा तिर्नुपर्छ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान उपाध्यक्ष कुमुद खनाल भिसा र टिकटको पैसा नलिए पनि एक जना व्यक्तिले विदेश जान न्यूनतम ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बताउँछन्। 'नि:शुल्क सम्भव नै छैन,' उनले भने।
टिकट र भिसाबाहेक अन्य शीर्षकमा लिइने शुल्क कामदारले तिर्नुपर्ने गरी नयाँ नियम ल्याउने तयारी सरकारले गरिरहेको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले भिसा र टिकट नि:शुल्क हुने गरी कामदार पठाउने तयारी गरिएको बताए।
दक्षिण कोरियाबाहेक सरकारले वैदेशिक रोजगारीका लागि खुला गरेका सबै मुलुकमा म्यानपावर कम्पनीले कामदार पठाउने हो। म्यानपावर सेवा शुल्क लिएरमात्र काम गर्छन्। अहिले सरकारले म्यानपावर कम्पनीले कति सेवा शुल्क लिन पाउने भनेर अन्तिम निर्णय गरिसकेको छैन।
कामदारले तिर्नैपर्ने पैसा
शीर्षक खर्च (रुपैयाँमा)
राहदानी ५,०००
स्वास्थ्य परीक्षण २,६२५
बिमा ३,०००
कल्याणकारी कोष १,०००
बाटो खर्च २,००० (औसतमा)
सेवा शुल्क १५,०००
दलाल खर्च ५,०००
टिकट नि:शुल्क
भिसा नि:शुल्क
कुल खर्च ३३,६२५
श्रम तथा रोजगार मन्त्रालयसम्बद्ध स्रोतका अनुसार सरकारले म्यानपावर कम्पनीलाई प्रतिकामदार १५ हजार रुपैयाँ सेवा शुल्क लिन पाउने गरी गृहकार्य भइरहेको जानकारी गराएको छ। तर सरकारको यो प्रस्तावमा म्यानपावर व्यवसायी सहमत भएका छैनन्।
म्यानपावर कम्पनीले प्रत्येक कामदारले पाउने एक महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने माग गरेका छन्। अहिले सरकारले तयारी गरेकै सेवा शुल्क तोकिएमा प्रतिकामदार थप १५ हजार रुपैयाँ म्यानपावरलाई बुझाउनुपर्ने हुन्छ।
सरकारले नि:शुल्क भनेको विधिबाट जानको लागि पनि यी शीर्षकमा मात्र तोकिएकै शुल्क बुझाउँदासमेत एक जना व्यक्तिले विदेश उड्नुअघि न्यूनतम ३० हजारदेखि ४० हजार रुपैयाँ बुझाउनुपर्ने हिसाब निस्कन्छ।
अहिले सरकारले गरेको तयारी भनेको टिकट र भिसामा मात्र पैसा नलाग्ने हो। टिकट र भिसाकै लागि म्यानपावर कम्पनीले प्रतिव्यक्ति एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपैयाँ असुल्ने गरेका छन्।
श्रोत: अन्नपूर्ण पोस्ट

17/06/2015

Address

Pokhara
Pokhara
9

Website

Alerts

Be the first to know and let us send you an email when Worldwide Jobs Opportunities posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share