Y5 Unity

Y5 Unity आत्मनिर्भर हाम्रो सोच, संगठन एक व्यवसाय अनेक

01/01/2021

पोखरा । पोखरा नयाँबजारमा रहेको Y5 रेष्टुरेष्टले आफ्नो सेवालाई परिर्माजित गर्दै नयाँ सेवा सुविधा सहित सञ्चालनमा आ...

13/08/2020

बिक्रम पाण्डे लकडाउनमा नेपाली भोको थिए । लकडाउन खोलेपछि नेपाली पाइला–पाइला मरेका छन् । न सरकारले भोको हुँदा पेट .....

06/02/2020

आमा AAMA कविता प्रतियोगिता अन्तर्गतको पहिलो प्रतियोगी Avimanyu Panday ज्यू को
कविता 'आमा' । हामीलाई प्राप्त भएका सम्पूर्ण कविताहरु यसरीनै पोस्ट गर्नेछौं आफ्नो साथीहरुलाई Tag, Mention गर्नुहोला र आफ्नो Timeline मा Share पनि गर्नुहोला धन्यवाद । 🙏😍

Watch song : https://bit.ly/2SrmOtE
Watch trailer : https://bit.ly/2SnKPSA

  कृपया सर्बप्रथम आफ्नो playstore वा appstore मा जानुहोस ।    सफ्टवेयर डाउनलोड गर्नुहोस । आफ्नो नाम र नम्बर हालेर रजिस्ट...
20/09/2019


कृपया सर्बप्रथम आफ्नो playstore वा appstore मा जानुहोस ।
सफ्टवेयर डाउनलोड गर्नुहोस ।
आफ्नो नाम र नम्बर हालेर रजिस्टर गर्नुहोस
अनि login गरेर mr.daari लेखेकोमा गएर मेरो नाम Bikram Panday मा गएर भोट गर्नुहोस ।
#धन्यवाद

30/01/2017

y5 Unity किन ?

बेरोजगार ले शिखर चुम्न लागेको यो गम्भीर परिस्थितिमा प्रत्येक बेरोजगार युवाहरुलाइ व्यवसायी तर्फ उत्प्रेणा जगाउने र व्यवसायी बनाउने उदेश्यले बनाइएको यो y5 unity मा रहेर सम्पुर्ण मेरा अग्रज मान्यजन र प्रिय् मित्रजन हरुले साथ दिनुहुन्छ भन्ने आशा व्यक्त गर्दछु ।

जति बोल्न सजिलो छ तेति गर्न गाह्रो छ भन्ने कुरा सबै जनालाई जानकार नै छ तर पनि यो देश को भुत देखि बर्तमान सम्मको भीषण परिस्थितिलाई नै हेर्दा अरुको आस मा भन्दा आफ्नै मेहनत मा अगाडी बड्न सकिन्छ भन्ने कुरा प्रष्ट रुपमा बुज्न सकिन्छ ।

म एउटा युवा व्यवसायी को नाता ले गर्दा के प्रेरणा दिन चाहन्छु भने रोजगार गर्ने व्यक्तिले बर्ष भरिमा १२ दिन तलब थाप्छ तर एउटा व्यवसाय गर्ने व्यक्ति ले प्रत्येक दिन आफ्नो पारिश्रमिक थापिरहेको हुन्छ र उस्को एउटा व्यवसायले आफ्नो एउटा परिवार त बन्छ नै तेस्को साथसाथै उस्ले सयौं जनाको परिवार लाई बचाउने सामर्थ्य राख्दछ ।

साथै प्रत्येक युवा लाई व्यवसायी बनाउन एक्लो प्रयासले असफल र अपरिपक्वता हुने भएका कारण हरेक युवाहरुलाइ एक डिक्का बनाउने लक्ष्य ले यो Unity बाट एक जुट हुने प्रयास गर्नु हुनेछ भन्ने आशा राख्दछु ।

त्यसैले बेरोजगार युवा र रोजगार मा सम्लग्न युवा लाई व्यवसायीमुखी बनाउने लक्ष्य बोकेर गरिएको यो शुरूवाती प्रवेशी मा आसा छ पुर्णरुपमा साथ र हौसला मिल्नेछ ।
..... बिक्रम पान्डे .......

18/08/2016

सुचना ! सुचना !! सुचना !!!
"आत्मनिर्भर हाम्रो सोच, संगठन एक व्यावसाय अनेक"
नारा बोकेको यस y5 unity परिवार को सम्बन्धलाई अझै प्रगाढ र रमाइलो बनाउने उदेश्यले निम्न मिति र स्थान मा दर खाने कार्यक्रम राखिएको हुदा सम्पुर्ण मित्र हरुलाइ उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति : भाद्र १० र ११
भेट हुने समय : १० गते शुक्रबार बेलुका ३ बजे
छुट्ने समय : ११ गते शनिबार बेलुका ३ बजे
स्थान : हेम्जा फेदि
जंकाभेट स्थान : बिन्दावासिनी
#नोट : प्रत्येक मित्रहरु संग १००० (एक हजार) रुपैयाँ उठाउने हामीले निर्णय गरिएको छ ।

Y5 Unity परिवार
www.facebook.com/y5unity

आत्मनिर्भर हाम्रो सोच, संगठन एक व्यवसाय अनेक

17/06/2016

y5 भनेको के हो ? नाममा y5 नै किन ?

#धारणा
प्राय चलिरहेको नाम भन्दा यो नाम अलि फरक किसिमको मान्नु स्वभाविक नै हो । यो नाम आज भन्दा ३ बर्ष अघि एउटा रेस्टुरेन्ट को नाम के राख्ने भनेर सोच्ने क्रममा केही विशेष अर्थ सहित को यो नाम सिर्जना गरिएको हो । विशेषत यो नाम ले व्यवसायमुखी लाई प्रेरित गर्ने भए पनि एउटा व्यवसाय लाई मात्र सिमित नगराइ हरेक क्षेत्रमा यो नाम ले टेवा पुर्याउने लक्ष्य सहितले सृजित गरिएको हो ।

छोटो मीठो यो नामले आफै मा चर्चा पाउला नपाउला तर यस्को अर्थ ले पक्कै एउटा छुट्टै खालको अनुभव भने गराउद छ । y5 भन्ने बित्तिकै 5 ओटा y भन्ने अड्कल त गर्न सकिन्छ तर यो y भनेको के हो यस्मा जोडिएको 5 को अर्थ के छ भन्ने विषयमा धेरैले राम्रो नराम्रो टीका टिप्पणी गर्नु पनि स्वभाविक नै हो ।

#परिचय
हामी मानव शरीरमा २ ओटा हात छन एउटा हातमा 5 ओटा औंला हुन्छन प्रत्येक औंला को आफ्नै आफ्नै नाम मा निर्धारित छ जुन y बाट सिर्जित गरिएको छ । त्यो ५ ओटा y को अर्थ हामी यसरी पाउछौ ...

-------- युवक
-------- सक्रिय
-------- चलाकिपुर्वक
-------- साँचो
-------- प्रयास

हाम्रो हातमा यो ५ ओटा y लाई मुठी पारियो भने हामी हरेक क्षत्र मा अगाडि बढ्न सकिन्छ भन्ने अभिप्राय ले छोट्करिमा y5 भनिएको हो ।
जसरी मुठी पर्दा हात मजबुत बन्छ त्यसरी नै यो नाम लाई आत्मसाथ गर्यो भने पक्कै मज्बुत बन्न सकिन्छ ।

y बाट नै किन भन्ने प्रसङ्गमा हाम्रो हत्केला मा १ देखि ५ ओटा सम्म y देखिएको पाइन्छ तेहि y ले ५ ओटा औंला लाई निर्धारित गरिएको हो ।

#अन्त्यमा
व्यवसाय मुलक यो नाम एउटा रेस्टुरेन्ट बाट शुरु भएता पनि आगामी दिनहरु मा व्यक्तिगत संगै सामुहिक सस्थागत रुपमा पनि यसले ठूलो क्षेत्र निर्धारण गर्न नसक्ला भन्न सकिन्न ।

यो नाम बाट एउटा Unity पनि खडा भैसकेको छ जुन unity को नाम पनि y5 Unity भनेर राखेका छौ ।

Address

Nayabazar
Pokhara

Telephone

9805865165

Website

Alerts

Be the first to know and let us send you an email when Y5 Unity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share