Manab Sewa Enterprises

Manab Sewa Enterprises Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manab Sewa Enterprises, Business Supply Service, Birtamod-5, Jhapa, Ranibirta.

हाम्रो जीवनशैली !!!जीवनशैलीअब अर्ग्यानिक जीवनशैली अपनाउन ।अहिले देशमा सबैभन्दा बढी प्रगति के कुरामा भएको होला ? अरु कुरा...
01/09/2019

हाम्रो जीवनशैली !!!
जीवनशैलीअब अर्ग्यानिक जीवनशैली अपनाउन ।
अहिले देशमा सबैभन्दा बढी प्रगति के कुरामा भएको होला ? अरु कुरा छाडौं । धमाधम अस्पताल बनिरहेका छन् । नयाँ नयाँ मेडिकल इक्विपमेन्ट भित्रिइरहेका छन् । तपाईं/हाम्रा छोराछोरी चिकित्सा शिक्षा आर्जन गरिरहेका छन् । हामीलाई लाग्छ, यो खुसीको कुरा हो ।
तर, अस्पताल बनाउनै नपर्ने, मेडिकल इक्विपमेन्ट प्रयोग गर्नै नपर्ने, डाक्टर बन्नै नपर्ने अवस्था भइदिएको भए कति राम्रो हुन्थ्यो ?
भलै, यी स्वैरकाल्पनिक कुरा जस्तो मात्र लाग्न सक्छ । तर, हाम्रा पूर्खाहरुले कहाँ अस्पताल खोजे ? कहाँ उपचार गराए ?
उनीहरु अग्र्यानिक युगमा हुर्किए । आफ्नै बलबुतोमा पेट भेर । शारीरिक श्रम गरे । साँझ-बिहान पसिना चुहाए । त्यही कारण उनीहरु निरोगी भए । जवान भए ।
किन भरिदैछ अस्पतालको शैया ?
अहिले हामी रोगी छौं, त्यही भएर अस्पतालको संख्या बढ्दो छ । हामी जति-जति रोगी हुँदैछौं, उत्तिनै अस्पतालको शैया भरिदैछ । कतिसम्म अवस्था छ भने, अहिले अस्पतालमा रोगीको खचाखच भिड छ । रोगीको संख्या बढेकाले उपचार विधी अहिले सेवाभन्दा बढी व्यापार भएको छ । रोगको मोलमोलाई गर्नेहरु बढेको बढेकै छ । अस्पतालमा पुग्नसाथ तपाईं/हामीले अन्धधुन्ध पैसा खर्च गर्नुपर्ने बाध्यता छ ।

हामी किन रोगी भयौ ?

हामी रोगी हुनुमा मुख्य गरि हावा,पानी,खाना र बानी नै हाे ।अहिलेको पर्यावरण, खानपान र मूख्य कारण त हामी स्वयम् हौ । किनभने हामीलाई अहिले सुविधा चाहिएको छ । आरम चाहिएको छ । एक पाइला हिँड्न पनि जाँगर चल्दैन ।
एकातिर हामी सुविधाभोगी हुँदैछौं । अर्कोतिर स्वादमा लोभी भएका छौं । हामीलाई आरम चाहिन्छ । हामीलाई मिठोमसिनो चाहिन्छ । यस किसिमको जीवनशैलीले पनि हामीलाई रोगी बनाउँदै लगेको छ । हाम्रो शरीर रोगहरुको भण्डार बनाउँदै लगेको छ ।
अहिले कुनै अस्पताल पुग्नुपर्छ, विरक्तलाग्दो दृश्य देखिन्छ । कोही ऐया-अत्था गरिरहेका छन्, कोही निरासाले गुम्सिएका छन्, कोही अत्यासले छटपटिएका छन् । अस्पताल पुगेपछि हाम्रो हातगोडा गल्छ । मन बेचैनी र निरासाले भरिन्छ । हामी मनमनै पुकार गर्छौं, ‘भगवान् ! अस्पतालमा पाइला टेक्न नपरोस् ।’
अनियन्त्रित मन

त्यही अस्पतालबाट चार पाइला अगाडि बढेपछि हाम्रो मन बहलिन्छ । हामीलाई रेष्टुरेन्ट, हाेटलमा पाक्दै गरेको मम, चाउमिन खान मनलाग्छ । चुरोट सल्काउन मन लाग्छ । मदिरा सेवन गर्न मन लाग्छ । हामी मनलाई नियन्त्रण गर्न सक्दैनौ । मनको आदेशमा आफ्नो इन्दि्रय चलाउँछौं । हाम्रो शरीरले थेग्दैन । एकातिर व्यायाम गरिदैन, अर्कोतिर स्वस्थ्य खानपान गरिदैन । शरीरले कहिलेसम्म थेग्ने ?
हामीले खाएको खाना राम्ररी पच्दैन । पाचन यन्त्रलाई त्यो बोझिलो बन्छ । शरीरमा बोसो जम्छ । बोसोले भित्री अंगको कार्यसंचालनमा अवरोध पुर्‍याउँछ । नसामा, कलेजोमा, मुटुमा बोसोको असर पर्न थाल्छ । मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन । हामीलाई कमजोरी अनुभव हुनथाल्छ । चक्कर लागेको भान हुन्छ । औडाह वा बेचैनी हुन थाल्छ । हामी नजिकैको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्छौं । परीक्षणले उच्च रक्तचाप बढेको देखाउँछ । मधुमेहले गाँजेको देखाउँछ । कोलोस्टोरले सताएको देखाउँछ । थाइराइडले समातेको देखाउँछ ।

हामी घर र्फकदा हाम्रो हातमा औषधीको पोको हुन्छ ।

रोग लागेपछि जीवनशैली परिवर्तन ?

यो अवस्था आइसकेपछि बल्ल हामी चुरोट र मदिरा कम गर्छौं । चिल्लो, चाप्लो खाना छाड्छौं । जंकफूड नियन्त्रण गर्छौं । मौका परे बिहान बेलुकी दौडन निस्कन्छौं । हल्काफुल्का ज्यान तन्काउँछौं । तर, रोग लागिसकेपछिको अवस्थामा त्यसबाट मुक्ती पाउन निकै ठूलो कसरत गर्नुपर्छ ।

त्यसो भए के गर्ने त ?

रोग लाग्नुअघि नै संभावित समस्यालाई बुझ्ने । भोलिका दिनमा मेरो शरीर रोगी होलान् । थला परिएला । औषधीको भरमा बाँच्नुपर्ला । अस्पताल धाइरहनुपर्ला । यो कुरा आज नै सोच्नुपर्छ । अतः भोलिका संभावित कठिनाइबाट बच्न आज नै स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।

अहिले हामीलाई जे जति रोग लागेका छन्, अधिकांश रोग खराब जीवनशैलीको कारण लाग्ने गरेको छ । केही वंशानुगत र केही सरुवा रोग हुन सक्छ । तर, यस्ता रोगहरुबाट मुक्ति पाउनका लागि पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काइदा भनेको स्वास्थ्य जीवनशैली नै हो ।

सुपाच्य खान, सक्रिय दैनिकी र सकारात्मक मन

स्वास्थ्य जीवनशैलीमा सन्तुलित र सुपाच्य खानेकुरा, नियमित र सक्रिय दैनिकी, सकारात्मक र उत्साहित मानसिकता आवश्यक्ता हुन्छ । यसलाई हाम्रा पूर्खाहरुले उचित आहार, उचित विहार र उचित विचार भनेर व्याख्या गरेका छन् ।
स्वास्थ्य जीवनशैलीका लागि हामीसँग त्यही किसिमको आधार पनि चाहिन्छ । हामीले धेरै जसो त खानेकुराको माध्यामबाट रोग पैदा गर्छौं । हाम्रो शरीरमा खानेकुराकै माध्याबाट रोग प्रवेश गर्छ र खानेकुराकै माध्यामबाट रोग हुर्कन्छ ।

जीवनशैली

जीवनशैली अब अर्ग्यानिक जीवनशैली हुनु जरुरी छ ।
` स्वास्थ्य,समृद्धि र खुशी अाजकाे अावश्यक्ता´
जय नेटफ्रेस.......

किन हुन्छ पायल्स, कसरी गर्ने उपचार गर्ने ?   नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो ...
21/07/2019

किन हुन्छ पायल्स, कसरी गर्ने उपचार गर्ने ?


नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्।

पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन। दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन।

पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो।

महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ। त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ।

पायल्सको उपचार

यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ।

पायल्स दुई किसिमको हुन्छ। मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ।

पायल्सका चार चरण हुन्छन्।

‘फर्स्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन।

‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ। दिसा गरिसकेपछि भित्र पस्छ।

‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ।

‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ।

उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ।

फर्स्ट र सेकेन्ड डिग्री हेमोराइट्सका लागि खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो ।

‘थर्ड र फोर्थ' डिग्रीमा पुगेको छ भने अप्रेसन पनि गर्नु पर्ने हुनसक्छ। रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ। नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न।

लापरबाही गरे के हुन्छ?

लापरबाही गर्‍यो भने जटिलता आउन सक्छ। रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ। कहिलेकाहीँ संक्रमण समेत हुन्छ।

मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ।

के खाने/ के नखाने?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।

प्राकृतिक उपचार

पायल्सका लागि हामी पनि प्राकृतिक उपचार पद्धति सिफारिस गर्छौं। कब्जियत कसरी ठीक हुन्छ भनेर यो प्रयोग गरिन्छ। गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन। त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो।
अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ। अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो। तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ। ५/६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ। कतिपय अवस्थामा त दिसा नरोकिने समस्या पनि हुन सक्छ।
पायल्सलाई प्राकृतिक पद्धति द्वारा उपचार सम्भव छ । नेटफ्रेस प्रा लि द्वारा उत्पादित अार्गनिक food supplyment काे नियमित उपभाेग बाट विना साइड इफेक्ट सजिलै पायल्स बाट मुक्त हुन सकिन्छ ।

Natfresh pvt.ltd. Bharatpur, Chitwan द्वारा उत्पादित Food Supplement औषधी होईन तर रोग कसरी ठीक हुन्छ त ?"Eat your food a...
20/07/2019

Natfresh pvt.ltd. Bharatpur, Chitwan द्वारा उत्पादित Food Supplement औषधी होईन तर रोग कसरी ठीक हुन्छ त ?

"Eat your food as your medicines ,otherwise You have to eat medicines as your food." भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु उत्तम हुन्छ तर बिभिन्न कारणले रोग लाग्छ बिरामी भइन्छ त्यसपछी औषधि
खानु बाहेक अरु बिकल्प हुदैन ।
बढ़दो जनसंख्या वृदि संगै बातावरण असन्तुलन ,आधुनिकरण ले निम्त्याएका समस्या , हावा प्रदुषण , बिभिन्न रंग ,केमिकल , दुसित पानी , हामीले दैनिक प्रयोग गर्ने खाने कुराहरूमा बिषाधि को प्रयोग अखाध्य कुराको मिसावट जस्ता कुरा ले मानव जीवन मा क्यान्सर, मधुमेह, उत्तरक्तचाप , डिप्रेसन , टिबि लगाएत स-साना रोग देखी दीर्घ रोग हरू ले धेरैलाई जटिल जीवन बाच्नु पर्ने अवस्था । कतिपय रोग हरू औषधि खाएर नीको हुन्छन भने कतीपय रोगको लागी जीवनभर औषधीको साहरा लिनु पर्ने पनी हुन्छ , अझ जटिल अवस्था त यो छ की सामन्य कारण ले लागेको रोग को कारण ले लाखौ खर्च गर्दा पनी नीको हुदैन ज्यान नै गुमाउनु पर्ने अवस्था आउछ ।
यदि हामीले दैनिक खाने , पिउने देखी दैनिक जीवन लाई ख्याल गर्ने हो भने हामी दीर्घ रोग लाग्न बाट बच्न सक्छौ ।

प्रायः बिकसित मुलुकहरूमा Health food supplement को प्रयोग नेपाल को तुलना मा बढ़ी हुने गरेको पाईन्छ ,
हाम्रो शरीरलाई चाहिने बिभिन्न पौष्टिक तत्व को कमिले नै हामिलाई रोगी बनाउछ , यदि पौष्टिक तत्व हाम्रो शरीर मा पर्याप्त भएन भने हाम्रो शरीरमा रोगसंग लडन सक्ने रोग प्रतिरक्षात्मक प्रणाली कमजोर हुन पुग्छ र हामिलाई रोग ले जित्छ फलस्वरुप हामी बिरामी हुन्छौ ।

हाम्रो बाउ बाजेको समयमा गाऊँमा आफैले उत्पादन गरेको अन्न , फलफुल , गेडागुडी अर्गानिक खाने कुरा स्वस्थ हावा पानीले जटिल रोग लाग्दैन थियो रोग लागेपनी छिटो नीको हुन्थ्यो । हामीले अब को केही समयमा Health food supplement अनिवार्य प्रयोग गर्नु पर्ने अवस्था आऊनेछ किन भने हामीले खाने कुराहरू मा केमिकल छिटो उत्पादन बढाउने प्रक्रियाले गर्दा बिषादीहरूको प्रयोग बढ़दो छ जसले गर्दा हामीले किनेर खाने खानेकुरा पौष्टिक तत्वनै नहुने अवस्था आएको छ त्यसकारण हाम्रो शरीरको पौष्टिक तत्वको कमी पुरा गर्न पनी food supplement प्रयोग गर्नु पर्ने हुन्छ , औषधीमा पौष्टिक तत्व हुदैन केवल उपचार गर्ने गुण हुन्छ ।

के हो Netfresh Health food supplement ? औषधि होईन भने कसरी स्वस्थ बन्न सकिन्छ ?

सरल भाषामा बुझ्ने हो भने अत्याधिक पौष्टिक तत्व भएको खाने कुरा, जड़ीबुटी , फलफुल बाट बनेको चिज हो । Natfresh कम्पनिले जडीबुटीको राजा गनोदर्मा रातो च्याऊ जस्मा अत्याधिक औषधिय गुण , पौष्टिक तत्व पाऊन सकिन्छ , यार्सागुम्बा जसमा अत्याधीक पौष्टिक तत्व अनि औषधिय गुण पाईन्छ , समुद्रि लेउ बाट spirulina , लगाएत अन्य बिभिन्न किसिमका फलफुल , जडिबुटी को प्रयोग गरी हामीले दैनिक प्रयोग हुने सामान अारविका कफी, toothpaste, साबुन , Hair fresh oil, easycare oil अनि अन्य खाध्य सामग्रीहरू उत्पादन गरेको छ ।
यी सबै कुरा हरू केमिकल रहित , artificial colour रहित मानव जीवनलाई फाईदा हुने किसिमले ले उत्पादन गरेको छ ।
यसको मुख्य सोच भनेको मनिसलाई रोग लाग्न बाट बचाउनु को साथै कुनै रोग लागेको छ भने नीको हुन मद्दत गर्नु हो ।

Natfresh food supplement र Medicine मा भिन्नता

1. Food supplement रोगी , निरोगी व्यक्तिले प्रयोग गर्न
सकिन्छ ।कुनै side effect हुदैन । (तर प्रतिक्रिया हुन सक्छ )जती मात्रामा पनी खान सकिन्छ ।
रोग संग लडन सक्ने क्षमतालाई बलियो बनाऊछ ।
हाम्रो शरिरको कोष, रगत संग काम गर्छ , ( सफा, ताजा, सक्त्तीसाली बनाउछ)
पौष्टिक तत्व अनि औषधिय गुण पाऊन सकिन्छ ।
हाम्रो शरीरको रोग संग लड़ने प्रतिरक्षात्मक system बलियो हुनु नै उपचार गर्नु हो । किन भने हाम्रो शरीर बलियो भयो भने रोग लाग्न दिदैन रोग लागी हालेपनी छिटो नीको हुन्छ ।
फलफुल जडीबुटी बाट उत्पादन गरिन्छ ।
जुनसुकै समय र जुनसुकै व्यक्तिले प्रयोग गर्न सक्छ ।
बिरामी रोगी व्यक्तिले प्रयोग गर्दै जादा रोग बिस्तारै ठीक हुन्छ , रोग अनुसार मानिसको शरीर को क्षमता अनुसार काम गर्दछ ।
यो तत्कालै गर्नु पर्ने उपचारहरू लाई औषधी जसरी उपचार गर्न सकीदैन यो केवल भाबिष्यको समस्या बाट बच्न र हाम्रो शरीरको अपुग तत्व पुरा गर्दछ ।
कुनै पनी औषधि प्रयोग गरिएको छ भने Food supplement संगै प्रयोग गरियो भने रोग अझ छिटो नीको हुन सहयोग गर्दछ । Doctor को सल्लाह लिनु पर्दैन ।

Medicine(औषधी )
Medicine कुनै रोग , बिरामी वा कुनै समस्या भएपछी मात्र खान मिल्छ । स्वस्थ व्यक्तिले खान मिल्दैन ।
अत्यधिक सेवन गर्दा औषधि अनुसार side effect हुने गर्छ ।
अवश्यकता भन्दा धेरै खान मिल्दैन ।
रोग लाई दबाऊने काम गर्छ निर्मूल गर्ने हाम्रो शरीरको Doctor नै हो ।पौष्टिक तत्व पाईदैन केवल औषधिय गुण मात्र हुन्छ ।
हामीले सीटामोल, पेनकिलर सेवन गरियो भने त्यसको काम दुखाइ मस्तिकलाई थाहा नदिनु हो उपचार गर्नु होईन ।
Doctor को सल्लाह बिना खान मिल्दैन ।

ISO, GMP, HACCP certified नेपालकै कम्पनी Netfresh प्रा.ली. द्वारा उत्पादित food suppliments उपभाेग गराैं र स्वस्थ बनाैं, सुखद जीवन बाचाैँ।

06/06/2019
18/05/2019

Netfresh Green Tea
हाम्रै देश नेपालकाे उच्च पहाडि जिल्ला पाँचथरमा उत्पादन भएकाे हरियाे २ पात,१ सुईराे भएकाे अत्याधिक पाेषण तत्वले भरिपुर्ण एन्टि अक्सिडेन्ट,एन्टि रिङ्कल GMP, ISO, HACCP certified भएकाे Net Fresh pvt.ltd.द्वारा उत्पादित उत्कृट चिया हाे ।
यसकाे फाइदाहरू---
१. Netfresh Green Tea नियमित पिउँदा शरिरमा अक्सिजनकाे मात्रा पूरा गरि शरिरकाे काेषलाई active पार्दछ ।
२.यसकाे नियमित प्रयाेगले Blood pressure, Sugar, colestrol अादिलाई घटाउन मदत गर्दछ ।
३. Green Tea लाई मनताताे पानीमा मह मिसाएर प्रयाेग गर्दा माेटाेपन घटाउन प्रयाेग गर्दछ ।
४. शरीरलाई जाेसिलाे , फुर्तिलाे र दिमागलाई शान्त बनाउँछ ।
५. शरीरकाे रक्तसंचार र पाचन प्रणालीलाई सफा गरि पुन सन्चालनमा ल्याउदछ ।
६. यसकाे नियमित प्रयाेगले क्यान्सर हुनबाट जाेगाउँछ ।
अाधिकारिक बिक्रेता-
मानव सेवा इन्टरप्राईजेज
बिर्तामाेड-५,झापा(अग्रसेन भवन नजिक)
साथै नेटफ्रस प्रा.ली. काे याे उत्पादन देशकाे विभिन्न भागमा उपलब्ध छ।
सम्पर्क :- 9817993419

GMP, ISO, HACCP certified कम्पनि Natfresh pvt.ltd, Bharatpur, Chitwan (Nepal)द्वारा उत्पादित  food suppliment उत्पादन आफ...
18/05/2019

GMP, ISO, HACCP certified कम्पनि Natfresh pvt.ltd, Bharatpur, Chitwan (Nepal)द्वारा उत्पादित food suppliment उत्पादन आफु पनि खाउ र अरुलाइ पनि खुवाउ अनि तल् उल्लेखित रोगहरु बाट बचौ !!!

1 . दिसा मा रगत अाउने राेग piles
2.मधुमेह Diabetes
3. महिलाको लागि पाठेघर काे क्यान्सर महिनावारी गडबडी लगायत महिला लाई हुने जुनसुकै समस्या पनि निकाे बनाउनेछ । Women's overy problem
4. शरिर काे हाडजोर्नी दुख्ने मात्रा लाई निकाे बनाउने pain in the joints muscles.
5. बाथ राेग Rheumantism.
6.मुटुको हृदय राेगहरु Heart problem
7. शरिर नचल्ने कुजाे हुने । paralysis .
8. गयाष्ट्रिक कब्जियत र अल्सर राेग । gastric & ulcer
9.दुब्लो पना लाई परिवर्तन । Abnormal cells
10. दम खाेकि थकाइ Asthma& Tiredness.
11. पत्थरी राेग Galls stones .
12. घाउ खटिरा दाग दन्डीफाेर pimples
13. युरिक एसिड high level of acid in the body
14.हेपाटाइटिस ए बि सि Hapatitis ABC.
15.नशा राेग Neurosis
16.पिनास राेग sinus
17. अनिन्द्रा काे राेग Insomania
18.रगत कम Animia
19. बाझाे पन निसन्तान infertilities
20 . छाला र हड्डी काे सबै प्रकारको राेग । psoriasis
नम्बर 21= खुट्टा अाैला चिलाउने कापीमा अाउने Hong kong foot
22. हाडे राेग mumps
23. छारे राेग Epilepsy
24.छालाको विभिन्न राेग हरु दुवी ( स्वेतकुष्ट) sensitive skin
25 . पानी छाला मा जम्ने राेग split skin & watery skin
26. हरेक परिकार काे चाेटपटक । internal lnjury
27. सल्यक्रिया पछि काे घाउ after operation
28.सुत्केरी पछि काे बिरामी post Natal problem
29 . एलाेपेथिक अैषधिहरु बाट भएको असर मा सुधार Too
much Western medicine .
30 . मादक पदार्थको असर मा सुधार alcoholic problem
31. अर्बुद क्यान्सर राेग cancer
32.छातिकाे सबै थरी राेग chest problems
33. भन्दा धेरै मटाे पन कम । obecity
34. जिउ काम्ने प्रार्किन्सन
35. रक्तचाप नर्मल बनाउने High blood pressure
36. न्यून रक्त चाप कम low blood pressure
37.मृगौला काे सबै थरिकाे राेग हरु kidney problem & having Dialysis or serious case of kidney problem etc.
If u need food suppliment, plz msg inbox or comment...
Or, contact:- 9817993419, 9801403620

30/04/2019

"अाजकाे अावश्यकता"
नेटफ्रेस प्रा.ली. भरतपुर, चितवन,
for health, wealth & hapiness....

ग्यास्ट्रिक रोग के हो ? ग्यास्ट्रिक कसरी लाग्छ ? ग्यास्ट्रिक बाट बच्ने प्रमुख उपायाहरू के के बुझी राखौ ?

संसार भरी झन्डै ८० प्रतिशत नेपालीलाई र थुप्रै मानिसहरु लाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सक हरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।
सामान्य ग्यास्ट्रिकले तत्काल ठूलो असर गरेको नदेखिए पनि कहिलेकाहीँ पेट तथा आमाशयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक हुँदा छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्ने, भोक नलाग्ने, अम्लपित्त बढ्ने, पेट भारी हुने, रिङटा लाग्ने, टाउको दुख्ने, पेट फुल्ने जस्ता लक्षण देखा पर्छन् । कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, डकार आउने, बान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुँडल्ने र तौल घट्दै जाने लक्षणसमेत देखिन्छ । आमाशयका भित्तामा ‘इन्फ्लामेसन’ (सुन्निएर रातो भएर दुख्ने समस्या) भयो भने पनि त्यो ग्यास्ट्रिकमा परिणत हुने चिकित्सकहरू बताउँछन् ।
पेटरोग विशेषज्ञ चिकित्सक अनुसार खानेकुरा पचाउनलाई सहयोग गर्ने हाइड्रोक्लोरिक एसिडले कहिलेकाहीँ आमाशयको साइडमै असर पार्छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका बेला यो एसिडका कारण आमाशयका भित्तामा ससना घाउहरू हुन्छन् । त्यस्ता घाउलाई सानो भएमा निरोजन र ठूलो भएमा अल्सर भनिन्छ ।

खानेकुरा पचाउन आउने याल जस्तो एसिड ब्याक्टेरिया तथा किटाणु मार्न निस्कने हो, तर कहिलेकाहीँ यो एसिड बढी निस्कियो भने शरीरलाई हानी पुयाउँछ । यसैगरी, आमाशयको भित्तामा ‘एच पाइलरी’ भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ‘इन्फेक्सन’ गराएपछि अल्सर तथा क्यान्सरको सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ ।
ग्यास्ट्रिक रोग जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको हुन्छ । जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तैः भोक लागेको बेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग बृद्धिमा सहयोग पुयाइरहेको हुन्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्रा, शारीरिक श्रम वा व्यायाम नगर्नेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।
केमिकल तथा धुम्रपान जन्य पदार्थको सेवन, बढी मात्रामा सेवन गर्ने बानी र कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने चिकित्सकहरू बताउँछन् । यसैगरी, पेटको शल्यक्रिया, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग र एचआईभी एड्स संक्रमित बिरामीलाई पनि ग्यास्ट्रिकले सताउँछ ।यसबाट वच्न ISO, GMP, HACCP cetified नेपाल कै उत्कृष्ट कम्पनी नेटफ्रेस प्रा.ली. भरतपुर, चितवन द्वारा उत्पादित food suppliments काे उपभाेग गर्नुहाेस र ग्यास्टि्क निवारण गर्नुहाेस ।

"अाजकाे अावश्यकता"    Health, Wealth, Happiness.....✍️ पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण।(What is Piles ?)✏...
06/04/2019

"अाजकाे अावश्यकता"
Health, Wealth, Happiness.....

✍️ पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण।
(What is Piles ?)
✏ ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएका स–साना रक्तनली हुन्छन् । यी नली मलद्वारको भित्री तहमा रहेका हुन्छन् । लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने हुनु, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमी, पानीको सेवनमा कमी, बढी मात्रामा रक्सी, मासु, चुरोटको सेवन आदिका कारण यी रक्तनलीमा तनाव उत्पन्न हुन्छ । त्यसपछि रक्तनली सुन्निन्छन् । यो अवस्था धेरै समयसम्म रहिरयो भने तिनीहरू फुट्छन् र दिसा गर्दा रगत देखा पर्दछ ।
✏ पाइल्सबाट ग्रसित व्यक्तिमा देखिने प्रमुख लक्षण दिसा गर्दा रगत आउनु हो । यसरी आएको रगत स्वच्छ, ताजा, चम्किलो, रातो रंगको हुन्छ र यस्तो अवस्थामा दुख्दैन । दिसा गर्दा अन्त्यतिर थोपा–थोपा भएर आउने गर्छ । दिसा कडा भएको बेलामा मलद्वार दुख्छ तर रगत आएको बेला कुनै पनि प्रकारको पीडा नहुनु नै यसको प्रमुख लक्षण हो । यसका साथै मलद्वारमा मासुको डल्लो भएको जस्तो अनुभव हुनु, मलद्वार भिजेको हुनु, चिलाउनुजस्ता लक्षण पनि देखा पर्छन् । कहिलेकाहीँ मलद्वारमा संक्रमण भएमा पीडा पनि हुने गर्छ । यो समस्या धेरै समयसम्म रहिरहेमा रक्तअल्पता पनि हुने गर्छ ।

✍️ What is piles?
Piles can be of various sizes and may be internal (inside the a**s) or external ones (outside the a**s). Typically, internal piles occur from 2 to 4cm above the opening of the a**s. External piles (perianal hematoma) occur on the outside edge of the a**s. The internal ones are much more common.3

According to the US National Institutes of Health (NIH), symptomatic hemorrhoids affect at least half the American population at some time in their lives before the age of 50.4

In the majority of cases, piles are effectively treated with over-the-counter medications, a good fluid intake, and by following a diet high in fiber. In severe cases, the piles may have to be surgically removed. About 10% of patients who go and see their doctor about piles eventually require surgical intervention.2

Symptoms of piles

In most cases piles are not serious and go away on their own after a few days.5

An individual with piles may experience the following symptoms:6

A hard lump may be felt around the a**s. It consists of coagulated blood, called a thrombosed external hemorrhoid. This can be painfulAfter going to the toilet, a feeling that the bowels are still fullBright red blood after a bowel movementItchiness around the a**sMucus discharge when emptying the bowelsPain while defecatingThe area around the a**s may be red and sore.

Internal hemorrhoids are classified into four grades

Grade 1 - there are small inflammations, usually inside the lining of the a**s. They are not visibleGrade 2 - larger than grade 1 hemorrhoids, but also inside the a**s. When passing a stool, they may get pushed out, but return unaidedGrade 3 - often called 'pr*****ed hemorrhoids'; these appear outside the a**s. The patient may feel them hanging out. They can be pushed back in if the patient presses with their fingerGrade 4 - these cannot be pushed back in and need to be treated by a doctor. They are large and stay outside the a**s all the time.

External hemorrhoids are called perianal hematoma. These are small lumps that are located on the outside edge of the a**s. They are very itchy and can be painful if a blood clot forms inside (thrombosed external hemorrhoid). Thrombosed external hemorrhoid requires medical treatment straight away.)

✏ पाइल्समा ४ अवस्थामा रगत आउने हुन्छ । रगत मात्र आयो भने यसलाई पहिलो अवस्था भनिन्छ । मलद्वारमा रहेको गाँठो केहीँ तल आयो भने दोस्रो, रगत देखिनुका साथै बाहिर आउने र दिसा भैसकेपछि पुनः भित्र जान्छ भने तेस्रो अवस्था र बाहिर नै रहिरहने छ भने त्यसलाई चौथो अवस्था भनिन्छ । चौथो अवस्था केही जटिल अवस्था हो । यसमा बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र छिराउन सकिदैँन । हेमोरोइडमा दुखाई नभएपनि बाहिरी हेमोरोइड भने चिलाउने र दुख्ने हुन्छ ।

✏ पाइल्स एक साधारण समस्या हो भनेर हेलचेक्र्याईँ गरेको खण्डमा बिरामीले विभिन्न कष्टदायक समस्या भोग्नुपर्ने हुन सक्छ । रक्तनली च्यापिनाले असह्य पीडा हुन्छ र नलीहरू कडा भएर रक्तसञ्चार रोकिनाले घाउ बन्न सक्छ।
सिज बाथ पाइल्समा प्रारम्भिक उपचार प्रक्रिया हो । यसमा एउटा बाटामा मनतातो पानी राखेर त्यसमा केही मिनेटसम्म बस्नुपर्दछ । सिज बाथले हेमोरोइडलाई छिटो निको पार्न मद्दत गर्दछ । मनतातो पानीले रक्त सञ्चालन प्रक्रियालाई सामान्य बनाएर सुन्निएको भागलाई राहत दिन्छ । यसरी सुरुको अवस्थाबाट सुधार गर्दै लानुपर्छ । यदि बाहिर निस्किएको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । सुरुको अवस्थामा शल्यक्रिया गर्नुपर्दैन । पाइल्स भयो भन्दैमा शल्यक्रिया नै गर्नुपर्छ भन्ने सोचाइ गलत हो ।

✏ हेमोरोइडबाट जोगिन दिसालाई नरम बनाउने उपाय अवलम्बन गर्नुका साथै जीवनशैलीमा परिवर्तन ल्याउन जरूरी हुन्छ । जसमा सजिलै पच्ने खानेकुरा हरियो सागपात, फलफुल, रेसादार खाना, पानी तथा झोलपदार्थ प्रशस्त सेवन गर्नुपर्छ । त्यसैगरी माछामासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । विशेष गरेर कब्जियत हुने र दिसा कडा पार्ने खालको खानाबाट बच्नु नै यसको बच्ने प्रमुख उपाय हो !
Natfresh pvt.ltd.का products प्रयोग गरउ piles बाट बचौ!
अाधिकारिक बिक्रेता:- मानव सेवा इन्टरप्राईजेज
बिर्तामाेड-५, झापा
सम्पर्क:- 9817993419, 9801403620
( साथै नेटफ्रेस प्रा.ली. भरतपुर, चितवन काे उत्पादनहरू देशकाे विभिन्न क्षेत्रमा रहेकाे अाधिकारिक डिलर्सहरूमा पनि पाईन्छ।)

" अाजकाे अावश्यकता "            Health, Wealth & Happinessधेरै जना मानिसहरूलाई Food suppliment काे कुरा मन पर्दैन र वास्...
26/03/2019

" अाजकाे अावश्यकता "
Health, Wealth & Happiness
धेरै जना मानिसहरूलाई Food suppliment काे कुरा मन पर्दैन र वास्तवमा उनीहरूलाई गलत भन्न मिल्दैन उनीहरूको बुझाई मात्र गलत हो आज हाम्रो देश नेपालमा पाईने सबैभन्दा अमुल्य जडिबुटी यार्सागुम्बाबाट बनेको र शरीरलाई स्वस्थ राख्न सक्ने products उत्पादनहरू आज GMP, ISO, HACCP certified नेपालकै कम्पनी Natfresh pvt.ltd., Bharatpur, Chitwan मा उत्पादन भएको छ।

CORDYCEPS अथवा यार्सागुम्बाको पृष्ठभूमि

यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ ।
यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बर्षा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बर्षा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कर्णाराली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ ।

के हो त यार्सागुम्बा ?

विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ ।

कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ?

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।

यार्सागुम्बाको उपयोगिता

संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ ।यार्सागुम्बा (cordyceps) को फाईदाहरु:
यसका गुणका आधारमा जिवन शक्तिबर्धक प्राकृतिक सन्जिबनी बुटिका रुपमा चिनिन्छ।सरिर का बिभिन्न महत्त्वपूर्ण अङ्गहरु किड्नी,मुटु,मस्तिष्क,कलेजो,फोक्सो र दिमाग स्वस्थ तथा स्वस्फुर्त बनाउनुका साथै असाध्य मानिएको क्यान्सर,एड्स र क्षयरोगका लागी समेत उपयुक्त मानिन्छ।यसले सरिर फुर्तिलो बनाईराख्नुका साथै यौनशक्ती वृद्धि गर्ने र बाझोपना हटाउन मद्दत गर्दछ। रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भयकोले मानव सरिरको कोषहरुको शक्ती प्रदायक पोशणको रुपमा कर्डिसेप्स लाई लिईन्छ।यसले सुगर,थाईराइड तथा रक्तचापलाई सन्तुलित राख्न मद्धत गर्दछ।
आधिकारिक बिक्रेता
मानव सेवा इन्टरप्राईजेज ,
बिर्तामाेड-५,झापा
सम्पर्क:-9817993419, 9801403620

हाम्रो  देश हाम्रो स्वभिमान,देशकाे समृध्दि र विकाशकाे लागि उपभाेग गराैं राष्टिय उत्पादन ।जयनेटफ्रेस                     ...
06/01/2019

हाम्रो देश हाम्रो स्वभिमान,देशकाे समृध्दि र विकाशकाे लागि उपभाेग गराैं राष्टिय उत्पादन ।जयनेटफ्रेस
शक्ति वर्द्धक
शक्ति वर्द्धक नेट फ्रेस प्रा.ली. काे एक बहुउपयाेगी हर्वल उत्पादन हाे । हिमाल,पहाड,तराईमा भएका शक्तिवर्द्धक पाेष्टिक , कुरिलाे, यार्सागुम्वा, काउसाे, तुलसी, मस्याङ्ग जस्ता बहु उपयाेगी वनस्पतीहरूकाे मिश्रणद्वारा तयार पारिएकाे एक उत्कृष्ट उत्पादन हाे । अाज मानिसमा दिन प्रतिदिन कम्जाेरीपना बढदै गएकाे छ ।पुरूषमा हुनु पर्ने पुरूषत्व गुम्दै गएकाे छ । शरीरमा अालश्यताले डेरा जमाइ रहेकाे अवस्था छ । बाझाेपना समस्या बढ्दै गएकाे अवस्था छ ।जसकाे लागि नेटफ्रेस प्रा.ली. ले याे शक्तिवर्द्धक ल्याएकाे छ ।

यसका फाइदाहरू
१. शरीरलाई जाेसिलाे र फुर्तिलाे बनाउन मद्त गर्दछ ।
२. पुरूषमा हुने हर्माेनकाे ब्यालेन्स गर्दछ ।
३.रक्तसन्चार प्राणालीलाई सक्रिय राख्न मदत गर्दछ ।
४. याैन शक्ति बढाउन मदत गर्दछ ।
५. बाँझाेपना समस्याबाट मुक्ति दिलाउन मदत गर्दछ ।
६. पुरूषत्व गुम्नबाट जाेगाउन मदत गर्दछ ।
७. बुढ्याैंलीपन् बाट मुक्ति दिन मदत गर्दछ ।
८. शरीरकाे काेषलाई चाहिने पाेषणकाे पुर्ति गर्न मदत गर्दछ ।
९. पारिवारीक सुख प्रदान गर्दछ ।

अाधिकारिक बिक्रेता
मानव सेवा इन्टरप्राईजेज
बिर्तामाेड-५,झापा
( साथै देशकाे विभिन्न भागमा नेटफ्रस प्रा.ली. काे अाधिकारिक डिलर्स मा उपलब्ध छ ।)
सम्पर्क- 9817993419, 9801403620

Netfresh pvt.ltd. द्वारा उत्पादित                          GinsengGinseng एक प्रकारकाे उच्च पहाडी जिल्लामा पाईने वन मुला...
29/12/2018

Netfresh pvt.ltd. द्वारा उत्पादित
Ginseng
Ginseng एक प्रकारकाे उच्च पहाडी जिल्लामा पाईने वन मुला प्रजातीकाे उत्कृष्ट वनस्पति हाे । मानिस जिवनकाे लागि प्रकृतिले दिएकाे वरदान हाे । याे हाम्राे शरिरलाई चाहिने हार्माेनकाे ब्यालेन्स गर्न, शरीरकाे काेषलाई पुन: तजगी दिन ,बुढ्याैलीपना बाट राेक्न, शरीरमा काेलेष्ट्राेल र चिनीकाे मात्रालाई घटाउने एक दिव्य पाेषण हाे ।
अध्ययनकर्ताकाे अनुसार Ginseng लाई मेडिकल साइन्समा top medicinal value भएकाे कुरा बताउँछन् ।याे दिव्य पाेषण हर कस्मेटिक र हरेक खानामा यसकाे मात्रा हुन अावश्यक छ । यसमा पाेलिस्याकराइड, जिन्सेनाेसाईड, ट्रीटेरपेनाेइड्स, एन्टिअक्सिडेन्ट, अदेनाेसेन्, भिटामिन,मिनरल्स ,खनिज पदार्थ अादि पाइन्छ ।Ginseng काे सुरूवात काेरियाबाट भएकाे थियाे ,त्यसैले काेरियामा हरेक खानेकुरामा Ginseng काे मात्रा अनिवार्य भएकाे कुरा अध्ययनकर्ताबाट बुझ्न सकिन्छ ।Ginseng लाई २१ अाैं शताब्दीकाे नीर विकल्प पनि भन्ने गर्दछ । चीन, जापान, काेरिया, ईन्डाेनेसिया लगायत थुर्पै देशहरूमा Ginseng विना शरीर अधुराे हुन्छ भन्ने भनाई छ ।जसरी हामी हरेक छाकमा नुन खान्छाैं ,त्यसै गरि उनीहरू पनि Ginseng अनिवार्य सेवन गर्छन् ।
यसकाे फाइदाहरू
१. राेग प्रतिराेधात्मक क्षमता वृद्धि गर्न मद्त गर्दछ ।
२. शरीरकाे नस् नाडी सन्तुलन बनाउछ ।
३. हर्माेन समस्या समाधानमा मद्त पुर्याउछ ।
४. शरीरलाई सन्तुलन राख्न मद्त गर्दछ ।
५. रगतमा चिनीकाे मात्रा घटाइ सुगर, प्रेशरलाई नियन्त्रण गर्न मद्त गर्दछ ।
६. काेषलाई ताजगी प्रदान गरि पुन याैवन प्रदान गर्दछ ।
७. मुटु, फाेक्साे, कलेजाे र दिमागलाई स्वस्थ राख्न मद्त गर्दछ ।
८. शरीरकाे नस् नाडीलाई सफा गरि सन्तुलन ल्याउँछ ।
९. बुढ्याैलीपन बाट मुक्ति दिन्छ ।

अाधिकारिक बिक्रेता
मानव सेवा इन्टरप्राईजेज
बिर्तामाेड-५,झापा
( याे उत्पादन देशकाे विभिन्न भागमा नेटफ्रेस प्रा.ली. काे अाधिकारिक डिलर्समा उपलब्ध छ)
सम्पर्क : 9817993419, 9824979393

Address

Birtamod-5, Jhapa
Ranibirta
00977

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779863780326

Website

Alerts

Be the first to know and let us send you an email when Manab Sewa Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share