10/10/2024
व्यावसायिक फर्म वा सामाजिक संस्थाहरू दर्ता गरी वर्षौ देखि कर प्रणालिमा अद्यावधिक नगरी बस्नु भएको छ?
कर विवरण बुझाउनु कानुनी रुपमा "बाध्यकारी" हुन्छ। समयमै बुझाएमा हजारौं/लाखौं शुल्क तथा जरिवाना बाट बच्न सकिन्छ।
आ व २०८१/८२ का केही महत्वपूर्ण छुट तथा सूचनाहरू:
१. शुल्क र ब्याजमा छुट: कर प्रणालीमा सहभागिता वृद्धि गर्न सरकारले यो आर्थिक वर्षमा विगत वर्षहरूमा समयमै कर विवरण दाखिला नगरेका व्यवसाय/संस्थाहरुलाई यही फाल्गुन सम्ममा विवरण बुझाएमा आयकर ऐन को दफा ११८ बमोजिमको शुल्कमा १००% र दफा ११९ बमोजिमको ब्याजमा ७५% छुट दिएको छ।
२. आयविबारण बुझाउने समय थप नहुने: गत आर्थिक वर्षको आयविबरण बुझाउने समय "रु १ करोड सम्मको कारोबार गर्ने एकलौटी व्यवसाय र ० (शून्य) कारोबार भएका निकाए हरुको लागि " असोज मसान्त भित्रै आयविबरण बुझाउनु पर्ने। त्यसै गरी २५ करोड सम्म कारोबार गर्नेहरुका लागि मंसिर मसान्त सम्म मात्र म्याद थप हुने।
समयमै विवरण बुझाइ आर्थिक लाभ लिनुहोस्।