Surkhet Chamber Of Commerce&Industry

Surkhet Chamber Of Commerce&Industry Surkhet Chamber of Commerce and Industry is an ISO 9001:2015 certified Organization. The umbrella or

जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हा...
28/08/2026

जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सुर्खेत उद्योग वाणिज्य संघको हार्दिक अपिल
26/08/2026

सुर्खेत उद्योग वाणिज्य संघको हार्दिक अपिल

सुरक्षित र सतर्क रहौँ।
26/08/2026

सुरक्षित र सतर्क रहौँ।

🦟 डेंगुबाट बचौँ, सुरक्षित रहौँ!पछिल्लो समय बजार क्षेत्रमा डेंगु रोगको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सबैमा विश...
25/08/2026

🦟 डेंगुबाट बचौँ, सुरक्षित रहौँ!
पछिल्लो समय बजार क्षेत्रमा डेंगु रोगको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सबैमा विशेष सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
आफ्नो घर, उद्योग तथा व्यवसाय वरिपरि सफा राखौँ। पानी जम्ने स्थानहरू हटाऔँ र लामखुट्टेको प्रजननस्थल नष्ट गरौँ। साथै, आफ्नो स्वास्थ्यप्रति सचेत र गम्भीर बनौँ।
सरसफाइमा ध्यान दिऔँ, डेंगुबाट बचौँ।
स्वस्थ रहौँ, सुरक्षित रहौँ। 🙏🦟

#डेंगुबाटबचौँ #सरसफाइ #स्वस्थरहौँ #सुरक्षितरहौँ

कतैबाट अपरिचित नम्बरबाट फोन आएमा वा कुनै लिंक/ओटीपी मागेमा सावधान रहनुहोस्। आफ्नो व्यक्तिगत विवरण, पासवर्ड वा ओटीपी कसैल...
25/08/2026

कतैबाट अपरिचित नम्बरबाट फोन आएमा वा कुनै लिंक/ओटीपी मागेमा सावधान रहनुहोस्। आफ्नो व्यक्तिगत विवरण, पासवर्ड वा ओटीपी कसैलाई पनि नदिनुहोस्।

व्यवसायसँगै जीवनलाई पनि समय दिऔँ ❤️सधैँ काम र व्यवसायको व्यस्ततामा कतै तपाईंको परिवारले तपाईंको समय खोजिरहेको त छैन?व्यव...
21/08/2026

व्यवसायसँगै जीवनलाई पनि समय दिऔँ ❤️

सधैँ काम र व्यवसायको व्यस्ततामा कतै तपाईंको परिवारले तपाईंको समय खोजिरहेको त छैन?
व्यवसाय सफल बनाउन मेहनत आवश्यक छ, तर आराम, परिवार र आफ्नो खुसी पनि उत्तिकै महत्त्वपूर्ण छन्। केही समय कामबाट टाढा हुँदा मन र दिमागलाई नयाँ ऊर्जा मिल्छ, नयाँ सोच जन्मिन्छ।
त्यसैले आज केही समय व्यवसायलाई थाँती राखौँ, परिवारसँग रमाऔँ, आराम गरौँ र जीवनलाई पनि समय दिऔँ।
सफल व्यवसायसँगै सुखी जीवन पनि आवश्यक छ। ❤️
#व्यवसायिकजीवन #आरामकोमहत्व

कुरा बुझ्नु भो ...नि ?
21/08/2026

कुरा बुझ्नु भो ...नि ?

🌿 महिनाको पहिलो शनिवार — परिवारसँग बिताऔँ अमूल्य समय ❤️समय नै सबैभन्दा बहुमूल्य उपहार हो।भोलि महिनाको पहिलो शनिवार, केही...
21/08/2026

🌿 महिनाको पहिलो शनिवार — परिवारसँग बिताऔँ अमूल्य समय ❤️
समय नै सबैभन्दा बहुमूल्य उपहार हो।
भोलि महिनाको पहिलो शनिवार, केही समय आफ्नो परिवारका लागि छुट्याऔँ। व्यस्त जीवनका बीच परिवारसँग बसेर हाँसौँ, कुराकानी गरौँ, माया साटासाट गरौँ र सुख–दुःख बाँडौँ।
सुखी परिवार नै समृद्ध समाजको आधार हो।
भोलिको दिन आफ्ना प्रियजनसँग गुणस्तरीय समय बिताएर सम्बन्धलाई अझ आत्मीय, बलियो र खुसी बनाऔँ।
👨‍👩‍👧‍👦 परिवारलाई समय दिऔँ, सुखी र खुसी परिवार निर्माण गरौँ। 💙

कर्णालीको समृद्धि, विकास, पर्यटन, उद्योग–व्यवसाय तथा आर्थिक उन्नतिका लागि सबैको एकताबद्ध प्रयासले नयाँ सम्भावनाको ढोका ख...
19/08/2026

कर्णालीको समृद्धि, विकास, पर्यटन, उद्योग–व्यवसाय तथा आर्थिक उन्नतिका लागि सबैको एकताबद्ध प्रयासले नयाँ सम्भावनाको ढोका खोल्न सकोस्। कर्णालीको पहिचान, प्राकृतिक सम्पदा, संस्कृति र मौलिकतालाई संरक्षण गर्दै समुन्नत तथा समृद्ध कर्णाली निर्माणतर्फ अघि बढ्न प्रेरणा मिलोस्।
कर्णाली प्रदेश स्थापना दिवसको हार्दिक शुभकामना! 💐
#कर्णालीप्रदेशस्थापनादिवस #हार्दिकशुभकामना #समृद्धकर्णाली #समुन्नतकर्णाली #कर्णाली

सुर्खेत उद्योग वाणिज्य संघमा युवा उद्यमी मञ्च सुर्खेत च्याप्टरको नवनिर्वाचित समितिलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रमसु...
18/08/2026

सुर्खेत उद्योग वाणिज्य संघमा युवा उद्यमी मञ्च सुर्खेत च्याप्टरको नवनिर्वाचित समितिलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम

सुर्खेत उद्योग वाणिज्य संघले मिति २०८३ साल भाद्र ०२ गते, मंगलवार नेपाल युवा उद्यमी मञ्च, सुर्खेत च्याप्टरको नवनिर्वाचित समितिलाई संघमा स्वागत गर्दै परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काले युवा उद्यमीहरूको नेतृत्व विकासले निजी क्षेत्रमा युवाहरूको लगाव तथा प्रवेशलाई सफलताको बाटोतर्फ अघि बढाइरहेको बताउनुभयो। उहाँले संघले विगत वर्षदेखि नै युवा उद्यमी लक्षित विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि युवा उद्यमीहरूको क्षमता विकास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्द्धनका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य रहेको बताउनुभयो।

त्यसैगरी, नेपाल युवा उद्यमी मञ्च, सुर्खेत च्याप्टरका अध्यक्ष श्री राजेश बराले युवा उद्यमी मञ्चले सुर्खेत उद्योग वाणिज्य संघलाई अभिभावक संस्थाका रूपमा ग्रहण गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि संघकै समन्वय र सहकार्यमा युवा उद्यमी लक्षित विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि संघबाट आवश्यक सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा युवा उद्यमशीलता, नेतृत्व विकास, निजी क्षेत्रको सुदृढीकरण तथा आगामी दिनमा संघ र युवा उद्यमी मञ्चबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

युवा उद्यमशीलता प्रवर्द्धन गरौँ, समृद्ध निजी क्षेत्र निर्माण गरौँ।

#सुर्खेतउद्योगवाणिज्यसंघ #युवाउद्यमी #युवाउद्यमीमञ्च

Address

Birendranagar-6 Chamber Road
Surkhet
28.594628,81.616689

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

083520300

Alerts

Be the first to know and let us send you an email when Surkhet Chamber Of Commerce&Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkhet Chamber Of Commerce&Industry:

Shortcuts

Share