Surkhet Chamber Of Commerce&Industry

Call Directions Website Contact the business

Surkhet Chamber Of Commerce&Industry Surkhet Chamber of Commerce and Industry is an ISO 9001:2015 certified Organization. The umbrella or

निजी क्षेत्रको वर्तमान अवस्था, समस्या तथा चुनौतीबारे अन्तरक्रियाकर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री मंगलबहाद...
25/09/2026

निजी क्षेत्रको वर्तमान अवस्था, समस्या तथा चुनौतीबारे अन्तरक्रिया

कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री मंगलबहादुर शाहीज्यू र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रको वर्तमान अवस्था, समस्या तथा चुनौतीहरू विषयमा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम २०८३ साल आश्विन ९ गते, शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा कर्णाली प्रदेशमा उद्योग तथा व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रका समस्या तथा चुनौतीहरूको सम्बोधन र सरकार–निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल तथा विचार–विमर्श गरिएको थियो।

समृद्ध कर्णालीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य, संवाद र साझेदारी आवश्यक छ।

#सुर्खेतउद्योगवाणिज्यसंघ #कर्णालीप्रदेश #निजीक्षेत्र #उद्योगव्यवसाय #व्यवसायिकविकास #सरकारनिजीक्षेत्रसहकार्य

उद्योगी व्यवसायीहरूलाई हार्दिक अपिल
24/09/2026

उद्योगी व्यवसायीहरूलाई हार्दिक अपिल

https://khabarera.com/2026/09/19/105508/
19/09/2026

https://khabarera.com/2026/09/19/105508/

रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा निजी क्षेत्रको सहकार्यमा जोड - Khabarera

चाडपर्वलाई मध्यनजर गर्दैआश्विन र कार्तिक महिनाको पहिलो शनिबार समेत आफ्नो उद्योग तथा व्यवसाय खुला राखी नियमित रूपमा सञ्चा...
19/09/2026

चाडपर्वलाई मध्यनजर गर्दै
आश्विन र कार्तिक महिनाको पहिलो शनिबार समेत आफ्नो उद्योग तथा व्यवसाय खुला राखी नियमित रूपमा सञ्चालन गर्न सम्पूर्ण उद्योगी तथा व्यवसायीज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।

संविधान दिवसको हार्दिक मंगलमय शुभकामना 🇳🇵नेपालको संविधान दिवसको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा स...
18/09/2026

संविधान दिवसको हार्दिक मंगलमय शुभकामना 🇳🇵

नेपालको संविधान दिवसको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुशासन र राष्ट्रिय एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

संविधानले सुनिश्चित गरेका मौलिक हक, लोकतान्त्रिक मूल्य–मान्यता, समावेशिता र आर्थिक समृद्धिको लक्ष्यलाई संस्थागत गर्दै समृद्ध, आत्मनिर्भर र सुदृढ नेपाल निर्माणमा सबैको योगदान रहोस् भन्ने शुभकामना।

युवा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्नसुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा समाज ज...
18/09/2026

युवा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको आयोजनामा युवाहरूमा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने विषयमा सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काज्यूले संघले युवाहरूलाई रोजगारी तथा उद्यमशीलतासँग जोड्न सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा सेवाहरूका बारेमा जानकारी गराउनुभयो। उहाँले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को प्राविधिक तथा आर्थिक सहयोगमा कर्णाली प्रदेशमै पहिलो पटक संघमार्फत व्यवसाय सम्बद्र्धन सेवा केन्द्र (Business Incubation Services) सञ्चालन गरिएको र यसअन्तर्गत सहभागीहरूका लागि हाल Mentorship Program सञ्चालन भइरहेको जानकारी दिनुभयो।

त्यसैगरी, संघले Business Acceleration Program समेत सञ्चालन गरिरहेको तथा संघकै परिसरमा SMEs Help Desk र One Stop Shop मार्फत उद्योगी तथा व्यवसायीलाई आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउँदै आएको बताउनुभयो। युवाहरूलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले संघले छिट्टै Job Center सञ्चालन गर्ने योजना रहेको र त्यसका लागि आवश्यक Field Assessment को कार्य भइरहेको समेत जानकारी गराउनुभयो।

कार्यक्रममा युवाहरूलाई रोजगारी तथा उद्यमशीलतामा कसरी प्रभावकारी रूपमा जोड्न सकिन्छ, वर्तमान समयमा रोजगारीका प्रमुख सम्भावित क्षेत्रहरू कुन–कुन हुन सक्छन् तथा निजी क्षेत्रको आवश्यकताअनुसार युवाहरूको सीप विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच छलफल तथा अन्तरक्रिया भएको थियो।

कार्यक्रममा विभिन्न वस्तुगत समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले आफूहरू उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा आवश्यक जनशक्ति र दक्ष युवाहरूको अभाव भोगिरहेको बताउँदै यस कार्यक्रममार्फत उत्पादन हुने दक्ष युवाहरूलाई रोजगारी प्रदान गर्न तथा उनीहरूलाई उद्यमशीलतासँग जोड्न आफूहरू इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, सेभ द चिल्ड्रेनका श्री दुर्गा तिवारीज्यूले कार्यक्रमको उद्देश्य, युवाहरूका लागि रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न कार्यक्रमले खेल्ने भूमिका र निजी क्षेत्रसँगको सहकार्यको आवश्यकताबारे प्रकाश पार्नुभयो।

कार्यक्रमले युवा जनशक्तिको सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्र, विकास साझेदार तथा सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नमिति २०८३ साल आश्विन २ गते, शुक्रबार सुर्खेतमा...
18/09/2026

प्रमुख जिल्ला अधिकारीसँग परिचयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८३ साल आश्विन २ गते, शुक्रबार सुर्खेतमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी श्री महेन्द्रकुमार सापकोटाज्यूसँग सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा परिचयात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष श्री हर्षविक्रम खड्काज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षज्यूले सुर्खेत जिल्लाको समग्र निजी क्षेत्रको वर्तमान अवस्था, उद्योग तथा व्यवसायका सम्भावना, चुनौती तथा निजी क्षेत्रले भोग्दै आएका समस्याका विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न वस्तुगत समितिका अध्यक्ष एवं प्रतिनिधिज्यूहरूले आ–आफ्नो उद्योग तथा व्यवसायमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे धारणा राख्नुभएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री महेन्द्रकुमार सापकोटाज्यूले आफूले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्य गरिसकेको अनुभवका आधारमा यहाँको समग्र वस्तुस्थिति र निजी क्षेत्रका सवालहरूबारे परिचित रहेको बताउनुभयो। साथै, निजी क्षेत्रसँग समन्वय, सहकार्य र सहजीकरण गर्दै जिल्लाको आर्थिक तथा व्यावसायिक विकासका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले जिल्ला प्रशासन र निजी क्षेत्रबीच थप प्रभावकारी समन्वय, सहकार्य र सहजीकरणको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सुर्खेत उद्योग वाणिज्य संघ
वीरेन्द्रनगर, सुर्खेत

उद्योगी व्यवसायीहरूलाई अनुरोधआउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आश्विन र कार्तिक महिनाका पहिलो शनिबार आफ्ना उद्योग तथा...
18/09/2026

उद्योगी व्यवसायीहरूलाई अनुरोध

आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आश्विन र कार्तिक महिनाका पहिलो शनिबार आफ्ना उद्योग तथा व्यवसाय सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण उद्योगी व्यवसायीहरूमा हार्दिक अनुरोध गर्दछौँ।

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, स...
16/09/2026

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🙏🌸

भगवान् विश्वकर्माको कृपा सधैँ सबैमा रहिरहोस्।
विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना! 🔱✨

Address

Birendranagar-6 Chamber Road
Surkhet
28.594628,81.616689

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

083520300

Alerts

Be the first to know and let us send you an email when Surkhet Chamber Of Commerce&Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkhet Chamber Of Commerce&Industry:

Shortcuts

Share