ICT Sathi

ICT Sathi We post about latest Digital Marketing Trends, SEO, Blogging, Design, PPC, AdWords, AdSense, Reviews

ICTSathi.Com is the best teaching website for anyone who is passionate about discovering themselves through writing and for those who have the desire to excel in this fast-changing online world. We started up in 2013, and we’ve been on an epic ride ever since. At first, we appeared in the online world giving our identity as Mero Best Online which means My Best Online (in Nepali) to handle Nepalese

online users with a narrow sense later we enlarged our identity as Online Juction Network since 2015 but we changed our name as ICTSathi. From our beginnings as an marketing consulting blog, we’ve tried to stay true to our core beliefs to deliver an exceptional experience for our readers & subscribers.

is what you will find in ICTSATHI.COM:
- 60% marketing tips, 20% practical tips to raise & earn money from your blog; the other 20% is for extravagant jokes & personal stories.
- Basic & advanced money-making techniques. This is all pretty cool stuff but not that easy.
- Online marketing tips for entrepreneurs, start-ups & businesses. This site is not limited to tech, fashion, travel, finance, or any other kind of blogging.
- Teach Sansar is appropriate for everyone with any kind of blog or website. If you have any questions regarding our service feel free to contact us.

New Job: Volunteer Teacher Vacancy Open from Nepal Government
30/04/2026

New Job: Volunteer Teacher Vacancy Open from Nepal Government

Teach Sansar Job is an expert on human resources solutions and has been providing Human Resource Management and related solutions to organizations.

सिता श्रीमान रामहरिको लागि भान्साबाट चिया कोठामा लिएर जाँदै थिई । तब छोरी नमुनाको आवाज सुनेर सिता उभिन्छे ।बुबा लिनुस आँ...
30/04/2026

सिता श्रीमान रामहरिको लागि भान्साबाट चिया कोठामा लिएर जाँदै थिई । तब छोरी नमुनाको आवाज सुनेर सिता उभिन्छे ।

बुबा लिनुस आँप खानुस् ।

रामहरि - छोरी नमुना कतिपटक भनी सके कि मलाई आँप मनपर्दैन भनेर ।

नमुना - ठिक छ मेरो लागि भएपनि यति त खानुस् न बाबा हेर्नुस् त कति मिठो छ ।

रामहरि - ठिक छ तिमीहरु नै खाऊ छोरी । तिमीहरुको लागि त ल्याउने गर्छु आँप ।

कति खानु बुबा । मामाको घरबाट पनि एक झोला आँप आको छ । पाकेको आँप राख्दा बिग्रन्छ यति त खानुस् ।

छोरीको झुट सुनेर सीता झस्की झ्यालबाट पर्दा हटाएर हेर्न लागि कति राम्रो सँग पिलेटमा आँप सझाएर राखेकी थिइन छोरीले तर यो देखेर रामहरि निराश थियो ।

सीतालाई थाहा थियो । आँप रामहरिलाई असाध्यै मन पर्थ्यो ।आँप उसको कमजोरी नै थियो । जति जति परिवार बढ्दै गए, महंगाई पनि उति नै बढ्दै गयो । रामहरिको अब आँप खाने इच्छा दिनानुदिन घट्दै थियो । दुई किलो आँप किनेर ल्याउँथ्यो । दुई किलो उसको आमा, बुबा, भाइ र बुहारी लाई १/१ र बच्चाहरुको लागि २/२ भागमा आउँथ्यो । रामहरि आफ्नो भागको आँप दुई छोरीलाई दिन्थ्यो । छोरीहरुले खाएको देखेर उसले आँप खानुभन्दा बढी तृप्त हुनुको महसुस गर्थ्यो ।

अब यस महंगाइमा घरको अन्य आवश्यक र दुई किलो भन्दा बढी किन्ने पैसा हुदैन थियो । सानी छोरीको पटक-पटक आग्रह पछि रामहरिले भन्यो ठिक छ जाउ आफ्नो ममीलाई लगेर खुवाऊ ।

ममीको भाग भान्सा कोठामा आरिले छोपेर राख्देकी छु । छोरी नमुनाले भनी ।

श्रीमान रामहरिले आँपको पिलेट समातेको देखेर सीता चिया लिएर भान्साकोठा फर्किएर गई । श्रीमानको लागि पिलेटमा सजिएको आँप जसरी नै त्यहाँ पनि आँप थियो । साथमा एउटा कागजपनि । कागजमा लेखिएको थियो - "चुपचाप यसलाई खानु ममी । हामी दुई छोरीहरुको कसम । हामी पनि एक/एक टुक्रा नै खान्छौ । तपाईं नै भन्ने गर्नुहुन्छ दोस्रोको भाग खानु हुदैन भनेर । आँप खानुस् बाकी बुबाको लागि लिएर बुबाको कोठा गकि छु ।

चिठी पढ्दै गर्दा सीताको आँखामा आँसु आयो । आफ्नो पिलेट उठाई र श्रीमान हुनेठाउ गई । त्यहाँ रामहरि आनन्द सँगले आँप खाइ रहेको थियो ।

आफू पनि खान लागि र मुस्कुराउँदै भनी - छोरी कति पटक भनिसके कि, झुट बोल्नुहुन्न भनेर । यो झुट बोल्ने बानी राम्रो हैन ।

के झुट बोले ? नमुना रिसाउँदै बोली ।

यहीँ, मामाको घरबाट एक झोला आँप आको थियो भनेर ।

नमुना - मुस्कुराइ र बुबाको खाली पिलेट उठाउँदै बुबातिर हेर्दै भनी - पहिला ठुलो मान्छेले "साचो" बोल्नको लागि बानी बसाल्नुहोस् ममी । मलाई आँप मन पर्न छाड्यो मलाई त आँप देख्ने बित्तिकै उल्टि हुन लाग्छ भनेर ।

लाड्ली पारामा बुबातिर हेर्दै भनी - आज हजुरआमा र फुपुदिदीले भन्नुभएको कि आँप तपाइँलाई धेरै नै मन पर्छ भनेर । यतिसम्म कि तपाईं हजुरबुबाको भागको आँप पनि चोरेर खानु हुन्थ्यो रे । हाँस्दै खाली पिलेट लिएर भान्साकोठा तिर नमुना गई ।

छोरी गएको बाटो रामहरि र सीता एकोहोरो हेरिरहे र भिजेको आँखाले एक दोस्रो हेरेर सोचिरहेका थिए साच्चै नै छोरीहरु समयभन्दा पहिला नै ज्ञानी हुन्छन् ।

- - सन्तोष कार्की 'मौसुफ'

Best practice guide to implementing top tactics on social media for content marketing.

30/04/2026

डियर पराइ मान्छे,

तिम्लाई मैले पराइ मान्छे भनेर सम्बोधन गर्न चाहेँ । यसो त सम्बोधनको अघिकारी त पक्कै होइन तर मैले जीवनमा चाहेरै पनि आफ्नो नजिकको बनाउन नसकेको मान्छे जो भयौ तिमी । 'क्रस' भन्न रुचाउँथेँ कुनै समय र कयौंपटक हकिकद भन्थेँ पनि तिम्लाई । क्रसको अर्थ विविध होलान अंग्रेजी भाषाको शब्दकोशमा तर तिमी मेरो जीवनको शब्दकोशमा यति अप्रिय भाष्यको रुपमा स्थापित भयौ कि स्वयं म आफैमा यो शब्दलाई परिभाषित गर्ने ल्याकत रहिनँ । त्यसैले त पराइ शब्दले तिमीलाई सम्बोधन गर्ने चेष्टा गरेँ त्यो पनि नियमित बोलचाल नै बन्द भैसकेको महिनौंपछि ।

सर्बप्रथम म आफ्नो अहंकारहरुलाई परै राखेर भन्न चाहेँ - अती नै प्रिय थियौ तिमी मेरो लागि । सायद अब जीवनमा तिम्रो लागि भावना खर्चिने यो अन्तिम पटक नै होला किनकी म आफ्नो भावनामाथि लगाम चाहन्छु । म उन्मुक्त हुन चाहन्छु यो विकेक भ्रष्ट बनाउने औचित्यहिन सम्बन्धहरुबाट । हुन म अंग्रेजी विषयको विद्यार्थी र हाल अंग्रेजीकै शिक्षक भएपनि अंग्रेजी शब्दहरुमा त्यति आत्मियता भेट्दिनँ र प्रयोग गर्दिनँ पनि । त्यसैले त म सामाजिक सञ्जालहरुमा पनि विरलै अंग्रेजी भाषाको प्रयोग गर्छु । तर तिमीलाई नजानिँदो पारामा 'क्रस' भनेर सम्बोधन गरेको थिएँ कुनै बखत, त्यो पनि आफू पीडाले विछिप्त भएको समयमा ।

मेरो लागि संसारमा सबैभन्दा प्यारो मान्छे को हो भन्दा 'आमा' नै मुखमा आउँछ, साथसाथै मस्तिष्कमा पनि । हो, त्यहीँ आमाको बेचैनी बनाउने खबरले म पोखरा आएको थिएँ । मेरो हजारौं जुनी फेरिएपनि, हजारौं रुचि र चाहनाहरु फेरिएपनि सायद हंसले कसैलाई खोजिरहन्छ भने त्यो सिर्फ मेरो 'आमा' हुनेछ । गाउँबाट पोखरा त्यहीँ प्रिय आमालाई भेट्न गएको थिएँ हस्पिटलमा । कारण, मेरो हंसले कहिल्यै नछोड्ने आमालाई कहिल्यै सन्चो नहुने क्यान्सर रोग देखिएको थियो । मान्छे जीवनमा एकचोटि त सबै मर्छन् तर म धेरै पटक मरेझैं भएको छु । म आमाको खबर सुनेपछि पनि मरे सरह भएँ । आमाको रोग बारे थाहा पाएपछि ढोका बन्द गरेर म यति धेरै त रोइन कि, जुन कुरा कहिल्यै कसैको सामू बोल्ने हिम्मत पनि गरेको छैन ।

उपचारको लागि खर्चको जोरजाम गरेर पोखरा पुगेपछि लेकसाइड बसुन्धारा पार्कको गेटमा पुग्दा जब तिमी मेरो सामुबाट फ्यात्त कटेर गयौ अनौठो हावाले छोयो मलाई । अगाडी पुस्पा (दाइको छोरी) थिई । तिमीले पुस्पालाई फर्केर हेरेकी थियौ । म पनि रहस्यमय तरङ्ग पैदा गर्ने खालको मान्छे को हौ भनेर फर्किएर हेरेको थिएँ तर ठम्याउन सकिनँ । मैले पुस्पासंग तिम्रो बारेमा निदिखुदी सोधेँ अनि पहिलोपटक तिमीलाई फेसबुकमा साथी बनाउने हिम्मत गरेँ ।

त्यसपछिको हाम्रो फेसबुक वार्तालाप तिमी र म दुबैलाई थाहा नै छ । एकातिर म आमाको क्यान्सर उपचारको क्रममा आर्थिक र मनोबैज्ञानिक रुपमा थिलथिलिएको थिएँ । अर्कोतिर १०/१२ बर्षको प्रेम असफल भएपछि रिलेसनसिपमा रुचि नै नजागेको मान्छे तिम्ले खै के जादुटुना लगाएझैं अनौठो परिवर्तन देखा पर्‍यो ममा । तिमीसंग हुने साधारण बातचितले भावनात्मक रुपमा मलाई आमाको अवस्थासंग सामना गर्न धेरै हदसम्म सहयोग मिल्यो । यस अर्थमा म तिमीप्रति सदा रिणी भएको छु ।

आज यसरी साधारण बोलचाल र आशा-निराशा भएको पनि ४ बर्ष बितिसकेछ । यो अवधीमा तिमी र ममा के कस्तो उत्तरचढाब आयो त्यो हामीलाई नै थाहा छ । मैले हाम्रो औचित्यहिन सम्बन्धमा पूर्णबिराम लगाउने उद्देश्यले तिमीलाई सामाजिक सञ्जालहरुमा सबैबाट रेस्ट्रिक्ट समेत गरेँ । तर वेकुफ म नै रहेछु । सञ्जालबाट रेस्ट्रिक्ट गरेपनि आफ्नो मन मस्तिष्कबाट तिमीलाई कहिल्यै एक पलको लागि पनि पन्छाउन सकिनँ । समय बित्दै गयो, म आफूलाई ब्यस्त राख्न र तिम्रो यादहरुबाट उन्मुक्ति पाउन धेरै हदसम्म प्रयास गरेँ तर म सधैं असफल रहेँ । तिमीसंग त्यति धेरै बोलचाल र कहिल्यै एकान्तमा भेटघाट नभएपनि तिमीसंग मेरो बर्षौदेखिको साइनो छ जस्तो लागिरह्यो । तिमीसंग सम्बन्ध स्थापित गर्न कुन हदसम्म बोलिन मैले अनि कुन हदसम्म आत्मसम्मान गुमाइन मैले । त्यस्तै, तिम्रो ह्याङओभरबाट उत्रिन के सम्मको हर्कत गरिनँ मैले । सम्झिँदा आफैसंग लाज, ग्लानी र दिग्दारी लागेर आउँछ ।

एक हिसाबले घर न घाटको भएको थिएँ म । तिम्रो अभाव मेट्न मैले अरु केटीहरुसंग बर्षौंपछि जानी नजानी फ्लर्टिङ गर्ने गर्न थालेँ । त्यसको फलस्वरुप म नजानिँदो पारामा भाइब्स मिल्ने एउटी सोझी क्षेत्रीनीको नजिक हुन पुगेँ । मलाई उनी राम्री र सुशील नै लाग्छ । उनी जतिको जीवनसाथी पाए सजिलै जीवन कटाउन सकिन्छ पनि । उनीसंग मेेरो सोँच, बिचार र भावना त मिल्छ तर पनि हाम्रो जात मिलेनँ । हुन पनि मंगोलियन समुदायकोसम्म भएको भए घर परिवारले सजिलै स्विकार गर्थे होला । यसो त माइला दाइको पनि अन्तरजातीय विवाह नै हो र उहाँहरुको आफ्नै गृहस्थ पनि राम्रोसंग नै चलिरहेकै छ ।

उनले मलाई अथाह मायाँ गर्थी । दिनदिनै म्यासेजको आश गर्ने, विभिन्न उपहार र प्रेमिल संवादहरुको चाहना गर्ने । तर म चक्रब्यूमा परेझैँ भएको थिएँ । म उनको मन दुखाउन पनि चान्नथेँ, उनीसंगको भविष्य पनि उज्ज्वल देख्दिनथेँ । मलाई मनमा डर थियो - मबाट त उनलाई केही कमी नहोला रे तर यदि उनी मेरो अर्धाङ्गिनी भयो भने उनले त्यति सम्मान र माया पाउँदिनन् जति उनी हकदार छिन् । मैले नचाहेरै उनलाई भ्रममा राखेझैँ भैरहेको थिए । इमानदारीपूर्वक भन्नुपर्दा मैले उनको मन राख्दिनलाई मात्र बोलिरहेको थिएँ । समय बित्दै गयो । तिमीसंगको मेरो दुरी लम्बिँदै गयो अनि उनीसंगको दुरी नजिकिँदै ।

मलाई उनीसंगको त्यो कन्फ्युजन भेटेर नै क्लियर गर्न मन थियो तर उनी आफ्नो वैदेशिक रोजगारीको लागि भिजा प्रोसेसिङको क्रममा इन्डिया थिई । सबै कुरा नर्मल नै चलिरहेको थियो । तिमीसंगको भेटघाट र बोलचाल लगभग बन्द नै भैसकेको थियो । उनीसंग हरेक रात बोल्ने, दुःख सुखका कुराहरु सेयर हुने क्रम जारि रह्यो । यसले उनीसंग भावनात्मक रुपमा नजिक हुने र उनको बारेमा थप बुझ्न मलाई सहयोग मिल्यो । उनीसंग म बिस्तारै नजिकिँदै थिएँ । उनीसंग फ्लर्टिङ गर्ने, जिस्काउने र उनलाई घुर्की देखाउन मलाई मन पर्न थाल्यो । यहीँ क्रममा उनको जीवनमा पनि एउटा बज्रपात आइलाग्यो । जुन भिजा प्रोसेसिङको लागि उनी विगत ६ महिनादेखि इन्डिया बसिरहेकी थिई, त्यही भिजा क्यान्सिल भएपछि उनी टुक्राटुक्रा भई । उनको आँखाको आशु मलाई सह्य भएनँ । उनको आँखामा आँशु देख्दा मेरो आँखा भरियो । उनको असफलताले गर्दा म आफू स्वयं नै पुरापुर विफल भएझैँ महसुस भयो ।

उनी रित्तो हात र आशको साथ नेपाल आइन् । यसै क्रममा मैले उपहार स्वरुप उनलाई पोखरा विन्ध्यावासिनी मन्दिर संगै दर्शन गर्न जाँदा खिचेको, मलाई एकदम मन परेको फोटोको स्केच बनाएर उपहार दिएँ । उनले पनि मलाई एकदम मनपर्ने शिवको मुर्ती र अरु साना तर प्यारो लाग्ने उपहारहरु दिई ।

वास्तवमा मैले हाम्रो सम्बन्धको बारेमा क्लियर नभइकन उनीबाट यस्तो उपहार र साथ-सहयोगको आश कहिल्यै गरेको थिइनँ । तर जब उनको हातले नै उपहार थम्याई मैले नाई भन्नै सकिनँ । म उपहार लिएर घर आएँ । उनको साथमा उनको बहिनी भएकोले हाम्रो औपचारिक कुराहरु केही हुन पाएनँ । त्यसको केही समयपछि हाम्रो भेट पोखरामा भयो । उनले पहिलो भेटमा नै मलाई अंगालो हालेर आफ्नो सम्पूर्ण भावनाहरु छताछुल्ल हुनेगरी पोखिन् । म उनको त्यो न्यानो अंगालोमा आफूलाई भूल्न पुगेँ । उनको यस्तो प्यारो अंगालोलाई नकारेर बेनाम सम्बन्धको ह्याङओभरबाट उत्रिन नसकेकोमा साह्रै पछुतो लाग्यो ।

हाम्रो कुराकानी हुँदै गयो । उनले आफ्नो मनको कुरा एकरत्ति पनि नढाँटिकन मलाई खुलेर बताई । तर म उनको त्यो इमानदारीतामाथी कुनै हालतमा घात गर्न चाहन्नथेँ । त्यसैले आफ्नो विगतका असफल र नाकाम सम्बन्धहरुको बारेमा उनलाई बताएँ जसमा तिमी पनि पर्थ्यौ । उनले मेरो ती तमाम गल्तीहरुलाई शिरोपर गरि आफ्नो प्रेममा रत्तिभर पनि कमी र रिस डाह नगरि ममा भरोसा राखिन् । जीवनमा भरोसा गर्ने मान्छेको लागि सानातिना सम्झौताहरु गर्न हामी पछि नपरिँदो रहेछ । त्यसैले तिम्रो निम्ति संगालिएको अथाह प्रेमको महासागर उनी तर्फ बग्न थाल्यो ।

हेर ! प्रेम भनेको बगेको खोला जस्तै रहेछ । जता सजिलो छ त्यतै बग्ने, जहाँ खालि छ त्यहीँ भरिहाल्ने । तिमीसंगको सम्बन्धले केही पार पाउँछ कि भनेर बर्षौंदेखि आकुल भएर बसेको मेरो प्यासी मनको तिर्खा उनले एक प्रहरमा नै तृप्प बनाइदिई । यस अर्थमा म उनीप्रति पूर्ण बफादार भएर समर्पित हुने र परिआएको बखत उनको साथ उभिने प्रण गरेँ । उनले मसंग विहेको पनि प्रस्ताव नगरेकी होइन तर मैले आफ्नो हावी मनप्रति पूर्ण नियन्त्रण नपाउँन्जेल र परिवारमा उनको लागि पारिवारिक सदस्यको रुपमा स्विकार हुने वातावरण सिर्जना नहुन्जेलसम्म यो रिक्स लिन चाहिनँ ।

समय बित्दै गयो उनीसंगको मेरो सम्बन्धले बिस्तारै दिशा पाइरहेको थियो । अब म उनको लागि बफादार पार्टनर बन्छु भनेर लागिरहेँ ।

तिम्रो बारेमा कुनै ख्याल आउनसाथ म आफ्नो इमोसनलाई कन्ट्रोल उनको फोटो, रिल्स र टिकटक भिडियोहरुलाई हेरेर भुलाइदिन्थेँ । कसै असमर्थ भएमा उनलाई म्यासेज गरेर तिम्रो यादलाई निशेध गरिरहेँ । यसै बिचमा ममाथी फेरि अर्को बज्रपात आइलाग्यो । भदौ २४ गते दाइको छोरी यानकी पुस्पाको ब्वाइफ्रेण्डले अर्को बिहे गरेछ । मैले उनलाई आफ्नो ल्याकतले भ्याउँदासम्म सम्झाएँ । आमा पछी मैले विश्वास गर्न सक्ने र खुलेर कुरा गर्न सक्ने उहीँ एउटी थिई । १२ बजेसम्म मेसेन्जरमा राम्रैसंग बोलेको पुस्पाले आफू ३ बर्षदेखिको रिलेसनमा बसेको प्रेमीले दिएको धोका सहन नसकेर फेसबुक स्टाटस लेखेर विष सेवन गरिछे । मलाई पहाड खसेझैँ भयो । उनको नजिकको साथी भनेको तिमी मात्र थियौ, त्यसैले तिमीलाई म्यासेज गर्ने सोँचेर तिम्रो प्रोफाइल खोलेँ ।

खै किन हो कुन्नी, मलाई तिमीलाई म्यासेज गर्ने हिम्मत नै आएनँ । मेरो आँखा आँशुले भरियो । मैले तिम्रो नंबरमा फोन डायल गरेँ । कयौंपटक फोन हान्दा पनि तिमीले फोन उठाएनौ । त्यसपछि म दाइलाई छोरीको खबर सुनाएर एउटा पाइन्ट, टिसर्ट र ज्याकेट लगाएर रातारात घरबाट निस्किहालेँ । घरमाथि पुग्दा खुट्टा ठोक्किएपछि बल्ल थाहा भयो, मेरो दाइने र देब्रे खुट्टामा फरक फरक ब्राण्डको कालो र हरियो जुत्ता रहेछ । म तत्काल घर फर्किएर जोडा मिल्ने जुत्ता लगाएर स्कुटर स्टार्ट गरि रफ्तारमा कुदिहालेँ । लगभग ८० किलोमिटरको लामो यात्रामा मलाई केवल वालिङ र स्याङ्जा बाँडखोला निस्किएको याद छ । पोखरा कसरी आइपुगेँ आफैलाई पत्तो छैन ।

जब हस्पिटल पुगेँ पुस्पा अर्ध चेत अवस्थामा ओछ्यानमा लडिरहेको थियो । त्यसको केही समयपछि तिमी पुस्पालाई भेट्न हस्पिटल आयौ । पुस्पाको अवस्थाले विछिप्त म तिम्रो छेउ उभिन पनि संकोच लाग्यो । खेै केही गल्ती त गरेको थिएनँ । तर तिम्रो अघि अपराधीझैँ निरीह बनेर आँखा जुधाउने हिम्मतसम्म आएको थिएनँ ।

पुप्पालाई ३ दिन आइसियुमा राखियो । पुस्पालाई तिमीले साथीको हैसियतले बिहान बेलुका जसरी आफ्नो कर्तव्य निभाएर सेवा गर्यौ, ममा तिमीप्रति विकसित भएको सबै नकारात्मक धारणाहरु सखाप भए । तिमीप्रति मेरो सम्मान हजार गुणा बढेर आयो । पुस्पालाई आइसियुबाट मेडिसिन वार्डमा सारेपछि पनि तिमी निरन्तर भेट्न आइरह्यौ । जब म आफ्नो जागिर तिर फर्कन बाध्य भएँ, मैले तिम्लाई पुस्पाको रेखदेख गरिदिन अनुरोध गरेको थिएँ । तिमीसंग व्यतीत गरेको त्यो पाँच/सात मिनेट मेरो जीवनको अमूल्य समयको अंश मानेको छु । त्यसपछिको केही दिन तिमीसंग पुस्पाको हालखबर बुझ्ने बहानामा म्यासेजमा कुरा भैरह्यो ।

म आफ्नो मनमाथि पूर्ण नियन्त्रण चाहन्थेँ । म चाहन्नथेँ कि बडो मुस्किलले उत्रिएको तिम्रो ह्याङओभर मेरो मानसपटलमा पुनः जागृत होस् । त्यसैले तिमीसंग फेसबुकमा कुराहरु गर्न पनि बन्द गरेँ । जे होस् म आफ्नो मन्जिलमा सफलता हाँसिल गरिरहेको थिएँ । तिम्रो याद, तिमीप्रतिको गुनासो र तिमीसंग बोल्न लालायित हुने पागल मनलाई बिस्तारै नियन्त्रणमा लिन सक्षम भइरहेको थिएँ ।

बिस्तारै मेरो नयाँ सम्बन्धले सार्थक रुप पाइरहेको थियो । म अब तिम्रो लागि खर्च हुने भावना र समयहरु नयाँ मान्छेलाई दिन थालिरहेको थिएँ । उनी पनि आफ्नो मन्जिलमा सफल भई नर्सिङ भिसामा जर्मन जाने पक्कापक्की भयो ।

छोरी पुस्पालाई आफ्नो स्कुटर पछाडी राखेर पोखराबाट आउँदै गर्दा कुरैकुरामा स्याङ्जा भालुपहाडमा आइपुग्दा मेरो नयाँ रिलेसनसिपको बारेमा कुरा उठ्यो । पुस्पाले मेरो उनीसंगको सम्बन्ध क्लियर गर्न लगाई । मेरो नयाँ सम्बन्धलाई लिएर मान्छेहरूले आफ्नो धारणा पनि बनाउन लागेको थियो । यदाकदा मेरो सरकारी नोकरीको कारण मलाई ताकेकोसम्म भन्न भ्याएका थिए । जबकी मलाई पूर्ण विश्वास थियो कि उनी मेहनती छिन, उनी आफ्नो मेहनत गरिरहेकी छन् । मन्जिलमा पुग्न केही ढिलाई भएर मात्र हो । तर उनको मेहनत र लगनशीलता देखेर म विश्वस्त थिएँ कि उनी एकदिन अवस्य सफल हुन्छ भनेर ।

मैले पुस्पालाई 'हैन हाम्रो सामान्य बोलचाल मात्र हो' भनेर ढाटेँ । हेर न - मैले त तिमीसंगको ह्याङओभर उतार्न क्षेत्रीनीसंग बोल्न पुगेँ भनेर तिम्लाई दोष दिन पो पुगेछु । पुस्पाले मलाई सचेत गराएर सम्बन्ध भन्ने चिज खेलौना जस्तो हैन । बेलैमा होस पुर्‍याउनु, पछि मेरै हाल होला भनेपछि म झसंग भएँ । मैले पुस्पासंग भालुपहाडमा खिचेको फोटो र भिडियोहरुलाई टिकटक र फेसबुक स्टोरीमा राखेको थिएँ ।

उनले मलाई 'रमाइलो छ है जिन्दगी' भनेर म्यासेज लेख्दा जवाफमा मैले जिन्दगी झन्ड भइहेको कुरा बताएँ । हाम्रो कुरा हुँदै गयो । दिउँसो पुस्पाको भनेको कुराले मेरो मनमा ठूलै प्रभाव परेको थियो । हुन पनि म रिलेसनसिपको मामलामा अनावश्यक सिरियस हुन्छु । मलाई लाग्यो विगत ४/५ बर्षदेखि कुनै नाफा-नोक्सान र आशा-निराशाको लेखाजोखा नगरि बोल्दा उनीसंग मलाई केही भएको थिएनँ । तर पछिल्लो समय किन किन मलाई 'म उनको लागि लायक नै छैन' जस्तो लागिरहेको थियो । यस्तो मासुम केटी, जो मेरो लागि मरिहत्ते गर्छ; उसलाई यसरी भ्रममा राख्नु ठिक हुन्नँ । उनी पनि त एउटा केटी मान्छे हो । कसले चाहन्छ आफूले मन पराएको मान्छेको मनमा पास्ट रिलेसनसिपलाई लिएर अझै कन्फ्युजन होस् भनेर । मलाई किन किन उनलाई यसरी अन्धकारमा राख्न उचित लागेनँ ।

उनलाई सबै कुरा क्लिएर भन्नुपर्ने ठानेर म्यासेजमा भनेँ - 'घरकाले पनि अवरोध गर्ने परकाले पनि अवरोध गर्ने । कति जनासंग तिम्लाई जोगाउन सक्छु होला र… यस्तो कन्फ्युजनमा बस्नुभन्दा त बरु तिमी बेस्ट डिजर्भ गर्छौ । तिमी मुभ अन होऊ । हेर मैले जीवनमा आफ्नो अर्धाङ्गिनीलाई धन सम्पत्ति र आभूषणले तृप्ती त पार्न सक्दिनँ नै तर उनले डिजर्भ गर्ने आत्मसम्मान र प्रतिष्ठामा कहिल्यै कमी हुन दिन्नँ भन्ने मेरो संकल्प हो । तर तिमी मेरो भनेर हक जमाउन नपाउँदै तिमी माथिको दुनियाँको प्रहार मैले सहन सक्दिनँ ।'

उनले मलाई 'म नै उनको लागि बेटर च्वाइस' भएको दुहाई दिन थाली । मैले उनलाई सम्झाउन हर प्रयत्न गर्दै 'लेट्स टेक ब्रेक हेयर' अर्थात हाम्रो सम्बन्ध यहाँ भन्दा अघि नबढाउँ भनेँ । उनले अनेकन बिन्ती गरि तर म कठोर बनेर उनको एक कुरा नसुनी आफ्नो अडान कसेर बसेँ ।

भोलीपल्ट मैले फेसबुक स्टोरीमा 'मैले कुनै पनि समय तिमीलाई कुनै तरिकाबाट फेक होप देखाएछु भने सरी' भनेर उनलाई डेडिकेट गर्दै नोट्स लेखेर छोडिदिएँ । मलाई लागेथ्यो यति गरेपछि म आफ्नो मनलाई कठोर बनाउन सक्छु । तर म गलत सावित भएँ । ममा उनको अघि कठोर बन्ने ल्याकत रहेनछ । भोलिपल्ट पुप्पाले मलाई सम्झाउँदै भनी 'अंकल हजुरले के भन्नुभाथ्यो र, उसले त कस्तो कस्तो कुरा गर्छ । बाँच्न मन छैन भन्छ' भनेर स्क्रिनसट पठाएपछि मेरो मनमा चिसो पस्यो ।

त्यस लगतै उनको माइजुहरु र साथीहरूले पनि त्यस्तै खबर पठाएपछि म झन् डराएँ । उनको माइजूले पनि 'फ्लाइट हुने बेला चित्त नदुखाइदिनुभए हुन्थ्यो' भन्नुभयो । हामी जिस्किएर बोलेको उनको माइजू र बहिनीले चाल पाएको रहेछ । उनले मलाई अनेकौं गुनासारुपी रिल्सहरु पठाएका थिए । तर मैले सबैलाई हल्का रुपमा लिएको थिएँ । उनलाई म सामान्य साथी सरह सल्लाह सुझाब दिइरहेको थिएँ ।

दिउँसो उनले मलाई एउटा कपाल झर्न रोक्ने औषधीको बारेमा सोधेकी रहेछ । स्लो इन्टरनेटको कारण ब्लर आएको फोटोमा सानो बट्टाको फोटोमा आँखा लगाउनसाथ अगाडीको 'भि' लेखेको अक्षर बाहेक मैले अरु ठम्याउन सकिनँ । 'भि' बाट सुरु हुने शब्द 'भेनम' यानकी 'विष' बाहेक मेरो दिमागमा अरु शब्द आउँदै आएनँ । मेरो शरिर लगलग काँप्न थाल्यो, शरिरबाट चिटचिट पसिना आएर म थचक्कै बसेँ । स्लो वाइफाई अफ गरेर जब मोबाइल डाटा खोलेँ बल्ल मेरो अत्यास अन्त्य भयो कि - त्यो विष नभएर औषधीको बट्टा रहेछ ।

मलाई बल्ल महसुस भयो उनी प्रतिको मेरो आत्मियता । मलाई लाग्यो नाकाम सम्बन्धको अपसोँचमा जिन्दगीभर अल्झिएर बस्नुभन्दा उनीसंग भएको सम्बन्धलाई नै मजबुत बनाउँछु । आफूले चाहेको सम्बन्ध भन्दा आफूलाई चाहने सम्बन्ध राम्रो हुन्छ झैँ लाग्यो । त्यसैले मैले कमिटमेन्ट गरेँ कि ठिक छ, जो होगा देखा जायगा । मैले उनलाई 'अन्तरजातीय सम्बन्ध सजिलो छैन । अनेक चुनौतीसंग सामना गर्नुपर्छ' भनेँ । उनी हरेको कुरामा सम्झौता गर्न राजी भई । त्यसपछिको केही दिनमा हाम्रो साधारण भेटघाट भयो र उनको जर्मन फ्लाइट भयो । उनी पोखराबाट बसमा छुटेदेखि हरेक घण्टामा आफ्नो अपडेट दिन्थी ।

आज करिब एक हप्ता भयो उनको फ्लाइट भएको । उनले एकछिन खालि हुनसाथ मलाई म्यासेज गरिहाल्छिन् । मलाई उनको म्यासेजले ओठमा मुस्कान प्रदान गर्छ । नेपाल र जर्मनीको समय करिब ४ घन्टा ४५ मिनेट फरक पर्छ । यानकी उनी छुट्टी भएर ६ बजे आउँदा नेपालमा मध्यरातको पौने ११ बजिसकेको हुन्छ । उनलाई कोठामा आउनसाथ मसंग बोल्न परिहाल्छ । मलाई पनि उनको म्यासेजको प्रतिक्षा गर्ने लादत लाग्लाझैं भरहेको छ ।

मंसिर २५ गतेको राती उनीसंगको सामान्य गफगाफ पछि मैले सुत्छु अनिदो भयो भनेर उनीसंग बिदा मागेर सुतेँ । एकछिन निद्रा आएन । कानमा एयरबडबाट गित बनाएर चिसो रातमा कम्बलभित्र गुजुल्टिएर सुतेँ ।

म सानोमा बाँदर कुर्न बस्ने गोँरभिड बारीको पाटामा घाम तापेर सुतिरहेको थिएँ । तिमी र पुस्पा छेउमा गफ गरिरहेको थियौ । मैले तिम्रो कुरा सुनेको थिएनँ किनकी सपनामा पनि म तिमीलाई बेवास्था गर्ने चेष्टा गरिरहेको थिएँ । तिमीले मलाई भर्खर पलाएको पालुवाको डाली अनुहारमा फालेर हेर्दै थियौ । मैले वेवास्था गरेँ । तिमीले दोस्रो पटक पनि त्यसरी नै मलाई डालीले हानेर केही बोलेनौ केवल मुस्कुरायौ अनि गित गायौ - 'सँधै सधैँ आइरहन्छ तिम्रा यादहरु । यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु…' ।

तिमीले फालेको त्यो डालीहरु उठाएर आफू सधैं बस्ने राङसिङको रुखमा ल्याएर बिछ्याएर बस्दा निकै आनन्द मिल्यो । हुन त गाउँतिर कसैले कसैलाई सम्झिए सपनामा देख्छ भन्छन् । मलाई थाहा छ, तिम्ले मलाई पक्कै सम्झिएको छैनौ । मैले गाउँघरतिर 'सिरानी उल्टाएर सुते सपनामा देखेको मान्छेले पनि उल्टिएर सपना देख्छ रे' भनेको सुनेको थिएँ । त्यसैले सिरानी उल्टाउनलाई उचालेँ पनि तर अहँ हिम्मत आएनँ । त्यसैले उल्टाएनँ पनि । फोन हेेर्दा ३ बजेको थियो अनि फोनमा मन्त्र ब्याण्डको त्यहीँ गितको फिमेल कभर भर्जस बजिरहेको रहेछ - 'सँधै सधैँ आइरहन्छ तिम्रा यादहरु । यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु…' ।

मैले गित बन्द गरेर सुत्न कोशिश गरेँ तर सकिनँ । कबड्डीको काजी र मैयाको सम्बन्धसंग तुलना गर्न पुगेँ मैले हाम्रो बेनाम सम्बन्धलाई । भनौं कसलाई भनौं यस्तो तातो न छारो कुरा । त्यसैले मोबाइलको नोटप्याड निकालेर सुरु गरेँ तिमीलाई सम्बोधन गर्न - डियर पराइ मान्छे ।

30/04/2026
30/04/2026

जीवनयात्राको क्रममा उकाली-ओराली भञ्ज्याङ-चौतारी गर्दै असिमित नागवेली घुम्तीहरु पार गरेर आउँदा निर्दोष पाइलाहरुमा अनगिन्ती विषालु काँडाहरु पसेका थिए । तर आफ्नो अस्थित्व र वास्तविक परिचय यो समाजको सामू पस्किन सकिरहेको थिएनँ । अनेकौँ चुनौती र संघर्षहरुसंग कपर्दी र कुस्ती खेलेपछि बल्ल तल्ल शिक्षक सेवा आयोजको परीक्षाबाट प्राथमिक तहमा स्थायी सिफारिस भई आफ्नै जन्मथलो एवं शैशवस्थाको दिव्य मन्दिर श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लीचौर, स्याङ्जामा पदस्थापन भई स्थायी शिक्षकको रुपमा आफ्नो सुक्ष्म परिचय कायम राख्न सफल भएको भएको छु, जुन मेरो लागि साँच्चिकै अहोभाग्यको कुरा हो ।

अल्बर्ट आइन्स्टाइनले बालपनको आफ्नो मिल्ने साथीलाई दिएको विरोधाभासपूर्ण सुझाव एउटा किताबमा पढेको थिएँ - "प्रशासनको कठोर नियन्त्रणमा रही आफ्नो दिमाग खिया लाग्ने बनाउनलाई सरकारी जागिरे बन्नुभन्दा स्वविवेकले निर्णय लिने समुद्री डाँका बनेर हिड साथी । डाँका भयौ भने कमसेकम तिम्रो आफ्नो दिमाग त स्वतन्त्र रुपमा चल्छ । नत्र तिमी 'मान्छे' र 'कटपुलती' मा केही फरक छैन ।" (alert-success)

म वास्तबमै प्रभावित भएको थिएँ आइन्सटाइनमो त्यो भनाइबाट । त्यसैले त आफ्नो छुट्टै पहिचान खुद बनाउन फरक फरक परिकारका तरकारीहरुको नुन चाखेझैँ धेरै भन्दा धेरै करियरको क्षेत्रहरु चहार्दै हिँडिरहेको थिएँ । रंगमञ्चरुपी कलादेखि पत्रकारिता, भाषा अनुवादक देखि ज्योतिष परामर्शदाता, कम्प्युटर ग्राफिक्स, आइटी सहजकर्ता देखि अनलाइन ब्लगर र फ्रिल्यान्सरसम्म कुन क्षेत्रमा हात हालिनँ होला मैले । भलै जीवनस्तर नउकासिएपनी थोर बहुत कामबाट सन्तुष्ट थिएँ, केही इष्ट मित्रहरू कमाएकै थिएँ । तर, बर्षौं समय लगाएरै भएपनि आखिरमा दिमागमा चेत आएरै छोड्यो कि 'म आइन्सटाइन जस्तो फराकिलो सोंच भएको मानिसहरुको जमातमा छैन । म त छु केवल 'प' कै पछाडी कुद्ने यानकि 'पद', 'पैसा', 'पत्नी', 'पुत्र' र अन्त्यमा तिनै चिजका लागि बुद्धि विवेक 'पतन' गर्ने मान्छेहरुको भिडमा । वास्तवमा म पनि तिनै समाजको एक निस्सा हुँ । जहाँ कन्याको निम्ति विवाहको प्रस्ताव आए समाजले लमीसंग केटाको बारेमा सोध्दा 'सरकारी जागिर छ कि छैन' भनेर वार्तालापको प्रारम्भ गर्ने गरिन्छ । यस अर्थमा सरकारी नुन खाने प्रजातिमा परिणत भई मैले आफ्नो काँचुली फेरेको छु ती तमाम जमातको नजरमा । तर यी सबै कुरा दुनियाँको आँखामा छारो हाल्ने अनि मन बुझाउने बाटो र आफूलाई महान सावित गर्न खोज्ने ढोंग मात्र न हो । कामबाट प्रतिष्ठा नै मेरो जीवनको आदर्शको मुल मन्त्र थियो, सधैब रहिरहनेछ । घर परिवार, आफन्त, आत्मिय मित्रहरू, आफ्नो गुरुहरु एवं सहकर्मीहरु सबैजना खुसी थिए मेरो सानै भएपनि खास उपलब्धि देखेर । विगत धेरैदिनदेखि योजना बनाइरहेपनि यो खुसीको रौनक विद्यालय परिवारसंग मनाउँन वैशाख २७ गते शनिबारको दिन पर्यटकीय गाउँ 'पितलेक' जाने भनि साइत जुर्‍यो । म मात्र कहाँ हो र ? नयाँ पदस्थापन हुनुभएको सहकर्मी शिक्षक साथीहरू डि.आर. भट्टाराई 'आयुश' र कोपिला रोका के.सी. पनि समावेस हुनुहुन्थ्यो । यस अर्थमा कार्यक्रम हामी तीनजनाको संयुक्त आयोजनामा सञ्चालन हुँदै थियो ।

शनिबार विहान ५ बजेदेखि नै म एउटा झोला र हेल्मेट माउट लिएर पाठा तान्तै मूल बाटोमा निस्किएर स्कुलबाट आउने जीपको प्रतीक्षा गरेर बसिरहेँ । निकैबेर पर्खिँदा पनि जीप नआएपछि जिसी सरलाई फोन गरेँ । उहाँले साथीहरू जम्मा भएर बसिरहेको तर जीप आउन ढिलो भएकोले स्कुलमै भएको बताउनुभयो । म रमाइलो पलहरुलाई आफ्नो मोबाइलमा भिडियो बनाई कैद गर्ने मनसायले हेल्मेट माउटलाई जोडेर भ्लग भिडियो खिच्नको लागि तयारी अवस्थामा राखेँ । जब जीपको आवज आयो, मेरो खुसीको वास्तविक उन्माद पनि चढेर आयो । मैले पाठालाई जीपमा हालेँ अनि जीपको पछाडी केही नबोली साइलेन्ट भिडियो भ्लग बनाउँदै हिँडिरहेँ । म भ्लग बनाउँदा केही बोलिनँ तर मेरो मन भने खोला नाला, पाखा पखेरा थर्किने गरि चिच्याइरह्यो, बेसुरे पारामा दुनियाको पर्वाह नगरि एक्लै बर्बराइरह्यो । निकै दिनदेखिको खडेरीले गर्दा बाटोको धुलोहरु मुस्लोको मुस्लै उडिरहेका थिए । कच्ची बाटो त्यहीँ पनि चापाकोट नगरपालिका र वालिङ नगरपालिकाको सिमानामा परेकाले हेलामा रहेको बाटो राम्रो हुने त कुरा नै थिएनँ । मेरो स्कुटर र अगाडी जीप ट्याक्टर जस्तै गरि फुत्रुक फुत्रुक उफ्रदैँ हिँडिरहेका थिए । मलाई उकालो चढने क्रममा कमल ड्राइभरले ओभरटेक गरेर धुलोबाट जोगिन नलगाउनुभएको होइनँ । तर आफ्नो संचित खुसी तिनै धुलो माटोमा रंगिएर मनाउनु थियो मलाई । जीप दुम्सिखोला, हर्सेडाँडा, मिनाङकोट हुँदै कच्ची बाटो उकाली चढिरह्यो । म जीपले उडाएको धुलो आफ्नो शरिरभरी थाप्दै जीपलाई पछ्याइरहेँ । लगभग एक डेढ घण्टामा हामी हाम्रो गन्तव्य स्थल 'पित्लेक' पुग्यौं ।

पित्लेक पुग्नसाथ सबैजना मेरो कपडामा लागेको धुलो मैलो देखेर जिब्रो टोक्दै थिए । म भने जीवनकै रहस्यमय साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न पाएकोमा दंग थिएँ । वि.सं. २०६८ सालमा कक्षा १० का साथीहरूसंग बनभोज गएको त्यो ठाउँले साँच्चिकै आफ्नो स्वरुप परिवर्तन गरेको रहेछ । एकचोटि ती पुराना साथीहरूलाई सम्झेर भाव विह्वल भएँ । उट्पट्याङ गर्ने साथीहरूको चकचक, थपडी बजाउँदै गाएका रमाइलो दोहोरीहरु, कहिल्यै प्रस्फुटन हुन नसकेका किशोरवस्थाका त्यो आकर्षण विकर्षणहरु, पिकनिकमा दुईचोटी नुन हालेर मासु मुखभित्र राख्नै नसक्ने गरि नुनिलो बनाएकाले मासु धोएर खानुपर्ने अवस्था सिर्जना गराइदिएको साथीहरु मिलन र हिमाललाई झलझली समझिएँ । हेम्लेट उतारेर तल पाँडेथोक गाउँ र मास्तिरको कटेजतिर आँखा डुलाएँ । दशैं कालरात्रीको दिन दुई घण्टाको बाटो पैदल हिँडेर नाच हेर्न आएको ती चन्चले उमेर, मोबाइल, एसएमएस र मिगबाट साथी बनि भेटेर जिस्किएका ती बेखबर मित्रहरु सबैलाई एकएक गरि सम्झिएँ । आहा ! कति रमाइलो थियो त्यो समय । म निकै भावुक बनेको रहेछु ।

मोबाइलमा हेडसरको फोन आएपछि म झसंग भएँ । फोन कल ब्याक गर्दा फोन नलागेपछि मैले जीपबाट सामान झारेर प्रतिक्षालय भित्र लगेँ । त्यसपछि धुलाम्यै भएको ज्याकेट खोलेर नियालेँ । निकै प्यारो लाग्यो मलाई पुरानो यादहरु जोडिएको यो ठाउँको धुलो माटोहरु पनि । तर, एकछिनपछि पाइन्टमा लागेको धुलोहरु रुमालले टक्टकाएर ज्याकेटलाई चाहीँ पानीमा चोबलेर कम्पाउण्डिङको बारमा सुकाएँ । ती धमिलो पानी पनि मलाई निकै आत्मिय लाग्यो । अलिक पर कालिका मन्दिरको कम्पाउण्डिङमा फूलेर मुस्कान छोडेरहेको फूलहरुको जरामा मैले त्यो धमिलो पानीलाई खन्याएर आफ्नो पूराना यादहरुलाई तिलान्जली दिएँ । त्यसपछि ती सुन्दर फूलहरुको तस्बिरहरूलाई मोबाइको क्यामेरामा कैद गरेँ । लगतै संगै नियुक्ति भएको आयुस सरलाई फोन गरेँ । उहाँले मिर्दिमै रहेको कुरा बताउनुभयो ।

पानीको अभाव देखेपछि पशुपति सरको सुझाव बमोजिम पिकनिक स्पट प्रमुख तिलक गुरुङलाई फोन गरेँ । उहाँले ढिलै गरेर फोन उठाउनुभयो । मैले गुरुङ भाषामा 'हामी पिकनिकको लागि घुर्लिचौर स्कुलबाट आएको मामा' भनेर आफूलाई परिचित गराएँ । उहाँले 'आफू मन्दिर गएको र फर्किँदै गरेको' अभिव्यक्ती दिनुभयो । पाँच दस मिनेटमा उहाँ आइपुग्नुभयो र हामीलाई सहजीकरण गरिदिनुभयो ।

त्यसपछि छेउमै रहेको गुरुङ (तमू) जाती अर्थात बोन धर्मालम्बीको आस्थाको मन्दिर "क्होइबो धिं" को अवलोकन गरेँ । आफ्नो परम्परा र संस्कृतिलाई जोगाएर यस्ता संरचनाहरु निर्माण गरिनाले नयाँ पिँढीलाई जातीय पहिचानप्रति सचेत हुन तथा आन्तरिक वा बाह्य पर्यटक आकर्षित गर्न ठूलो टेवा मिल्छ । बोन धर्म भन्नाले साधारण भाषामा प्रकृतीको पुजा गर्ने धर्म हो । अन्य धर्मले मानव निर्मित मूर्तिलाई भगवान मानी पुजा गरेझैँ यस धर्ममा प्रकृतिलाई नै देबता मानेर पुज्नेे चलन हुन्छ । बौद्ध धर्मसँग झण्डै मिल्न खोज्ने यो धर्म बौद्ध धर्मको प्रचार प्रसार बढेपछि ७ औ शताब्दीबाट कमी आएको इतिहास छ । बौद्ध धर्मले अहिंसाको पाठ सिकाउँँछ भने बोन धर्मले हिंसा गर्नुमा समर्थन गर्छन् । बोन धर्मको संंस्कारमा पुजापाठ गर्दा पशुपंक्षीलाई बलि दिने प्रचलन हुन्छ तर बौद्ध धर्मले हिंसालाई बिरोध गर्दछ । बोन धर्म छ औं शताब्दी तिर तिब्बतमा मानिने गरेको थियो । वोँन धर्म अन्तर्गत खोलानाला, पोखरी, रुख, पहाड, डाँडाकाँडा, भिरपखेरो, बन–जङ्गल, ठुल्ठुला चट्टान, घाम–जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई भोग–चलन गरी पूजा गर्ने चलन हुन्छ । आफ्नो जातीय पहिचान जोडिएकोले होला मलाई त्यो क्होइबो धिं निकै आकर्षक लाग्यो ।

बिष्णु पौडेल सर, गोकर्ण जिसी सर, मीन धामी र अरु सरहरु अगाडीनै आएर माथी कटेजमा गई वरपरको दृश्यहरु नियाल्दै हुनुहुन्थ्यो । एकछिन पछि सबैजना जम्मा भएर एकजुट भई कसैले पानी ओसार्ने, कसैले प्याज लसुन काट्ने, कसैले चिया पकाउने, कसैले पाठा बनाउने कामहरु गर्न थाल्यौँ ।

एकछिनमा आयुश सर पनि आउनुभयो । सदाझैं आयुश सर र म एकअर्कालाई विभिन्न ठट्टा र कटाक्ष गर्दै जिस्किन थाल्यौँ । आफू अविवाहित भएपछी अग्रज नै किन नहोउन् विवाहित सर मेडमहरुलाई नानाथरी भनी जिस्क्याउनुको मज्जा नै बेग्लै हुन्छ । मैले आयुश सरलाई जिस्क्याएर खुब मजा लुटेँ । उहाँ हाँस्नुभयो अनि म पनि । हिसाब बराबर थियो । यदाकदा सुनेने 'हाँस्दा आयु बढ्ने' कुरा सहि हो भने हामी दुबैको आयु बराबर बढिरहेको थियो । कारण हामी दुबै पेट मिचिमिचि बराबर हाँसेको थियौँ । स्पट छेउको मान्छेहरु तछाड मछाड गर्दै बोलेर आफ्नो कुरा अरुलाई यसरी लादिरहेको थियो मानौँ उनीहरु दोहोरो भलाकुसारी गरिरहेको मान्छेहरु नभएर रेडियो-टिभी प्रस्तोताहरु हुन्, जसको उदेश्य 'एनि हाउ आफ्नो बात गरेर छिटो कुरा सकाउ थियो । चाहे आफ्नो कुरा अरुले सुनोस् या नसुनोस् ।' कसैले मलाई 'डिठ्ठा बिचारी' भन्यो भने मैले नाक खुम्च्याउनु औचित्य रहन्नँ सायद नत्र दुनियाँ व्यस्त भैरहेको त्यो कोलाहलमय परिवेशमा 'कसले के गरेको छ' भनेर सुराकी गर्दै एक्लै हाँस्नु मेरो लागि कतिको शोभनिय थियो होला त कमसेकम त्यो बखत ?

जेठको अन्तिम जस्तै निखारिँदै गइरहेको महिना, खडेरी परेर धुम्म तुुँवालोको कारण अस्पस्ट देखिएका छिमेकी जिल्लाहरु, भर्खर पलाएका साल, कटुस, चिलाउने, खल्डुक, उत्तिस, काउरो, स्वामी आदी बोटका हरिया पालुवाहरु, आकाशमा देखिएका बादलको अनेकौँ रहस्यमय आकृतीहरु, बादलको घुम्टो ओडेर नियाल्ने घामका किरणहरु अरे वाह ! कति राम्रा थिए ती सब प्राकृतिक अवयवहरु । प्रकृति प्रेमी म अनि साहित्यमा रुचि राख्ने मेरो बानी । संसार भुलेर एक्लै टोलाउन यति नै काफि थियो मेरो लागि । मनलाई आहा बनाउने हरियो, सेतो, पहेंलो, रातो, कालो, गुलाफी, प्याजी, निलो इत्यादि संसारका रङ्गहरु सबै प्रकृतिको उपहार । मान्छे खुसिमा मात्र मुस्कुराउदछ तर प्रकुति मुस्कुराउँदछ सदाबहार ।

एक मन कवि बन्यो, एक मन गायक । तर ती सिर्जनाहरु फगत मनको लड्डु रुपी कला थिए । कुनै पनि कला कसैलाई मोहित पार्ने खालका थिएनन् । 'मलाई भीडमा नखोज, म एक्लै डुल्ने मान्छे हो… मलाई रंगिन संसारमा नखोज, म त उजाड संहारमा भुल्ने मान्छे हो…' सुर न बेसुर पारमा मौन संगित प्रकृति देवीको सुन्दरताबाट मोहित हुँदै मनमनै गुन्जिरहेको थियो । काश, मेरो घरतिरको दृश्यहरु पनि यस्तै रोमान्टिक भैदिए कति रमाइलो हुन्थ्यो होला । स्वार्थी मान्छेको जात अनि लोभी मेरो बानी, ईष्याले हो कि लोभले आफै व्याप्त भएँ ।

लगभग आधा घण्टामा चिया नास्ता भयो । लगतै एक घण्टापछि बिहानको खाना भुटुवा, सलाद, भुजा/चिउरा अनि चिसो । निकै मीठो मानिमानिकन मैले खान थालेँ । खाने क्रममा मोबाइल झिकेर एक चरण वरपर सबैले खाँदै गरेको भिडियो खिचेँ । खाना खाए लगतै एकछिन काममा सघाएर म र आयुश सर अर्गानिक फार्मिङ, होम स्टे, कटेज र भिउ टावर चढेर १३ वटा जिल्ला नियाल्न भनी मास्तिर लाग्यौँ । हामी हरेक आर्किटेक्चुरल मेच, बेन्च, कटेज र स्थानहरुमा बसेर पालैपालो फोटो खिच्यौँ । भिउ टावरमा गएर १३ जिल्ला पहिल्याउने जमर्को नगरेको पनि होइनौं तर १३ वटा गाउँ पनि पहिल्याउन सक्ने खुबी हामीमा भएनँ ।

फोटो खिच्दै गर्दा आयुश सरको म्याडमको फोन आयो । मैले उहाँलाई जिस्काउँदै फोन दिएँ । एकछिन उहाँ फोन वार्तामा लिप्त हुनुभयो । फोन राख्ने बेला म्याडमलाई गीत गाएर सुनाएको थाहा पाएपछि मलाई आयुश सर निकै रोमान्टिक हुनुहुँदो रहेछ भन्ने ठम्याई भयो । फोन राख्नसाथ जिस्क्याउने मौका मैले कहाँ छोड्थेँ र ? उहाँले पनि हाँसेर मलाई आफ्नै शैलीमा प्रहार गरेरै छोड्नुभयो । मैले उहाँलाई म्याडमलाई लिएर आउन भनेको थिएँ तर उहाँले विशेष कारणवश म्याडमलाई ल्याउन सक्नुभएनँ । मैले उहाँको मन चोर्नलाई "के हो पारा म्याडमलाई लिएर हिँडनु नि ! यो मान्छेले बुढीलाई घुम्नै नलानुहुँदो रै'छ" भनेँ ।

आयुश सरलाई तर्कमा म कहाँ जित्न सक्थेँ र । उहाँले धारवाहिक रुपमा भन्नुभयो -"सायद मैले जति आफ्नो बुढीलाई टाढा टाढा कसैले घुमाएको छैन होला । पोखरा, पाल्पा, घान्द्रुक, सिक्लेस…" खै ! उहाँले भन्नुभएको ठाउँहरुको नामसम्म मलाई याद नहुने गरि आफूले आफ्नो म्याडमलाई घुमाइसकेको दुहाई दिँदै आज पनि ल्याउने प्रयत्न गरेको तर केही कारणवश ल्याउन नसकेको बताउनुभयो ।

यतिकैमा तलबाट ४/५ जना जवान केटीहरु आएर फोटो खिच्दै टिकटक बनाउँदै यताउता हिँडिरह्यो । आयुश सरले मलाई कटाक्ष गर्न कहाँ छोड्नुहुन्थ्यो र ! उहाँले मलाई "गुर्सेनीहरु रहेछ जानूस संगै फोटो खिच्न" भनेर उक्साउनुभयो । ममा त्यो क्षमता र हिम्मत मौजुद थियो भने सायद मेरो जीवनशैली अहिलेको भन्दा फरक किसिमको हुन्थ्यो होला । तर, मैले आफ्नो कम्जोरीलाई उदाङ्ग हुन नदिने गरि भनेँ - "हैट हावादारी ! हजुर जानू न बरु । नानीको ममीहरु जस्तो छ ।"

हामी मस्तसंग जिस्किरह्यौँ । यतिकैमा भूमिका मिस र कोपिला मिस पनि आएर हामीभन्दा एउटा काल्ला तल्लो कटेजमा गफ गरेर बस्नुभयो । हामी एकछिनपछि उहाँहरु भएको ठाउँमा गएर कुर्सीमा बसेर ठट्टा र रमाइला किस्साहरु एक अर्कालाई सुनाउँदै हाँसिरह्यौँ । केही समयपछि हेटसर, हामी आयोजक मध्ये एक रहनुभएको सहकर्मी कोपिला केसी म्याडम, संगिता पौडेल म्याडम, संगिता अर्याल म्याडम, शिब गिरी सर, कार्यालय सहयोगी धनमायाँ थापा लगायत अन्य सर-म्याडमहरु हुल बाँधेर आउनुभयो । हामी एकैठाउँमा बसेर ठाउँको विश्लेषण, परम्परागत कलाकौशलको प्रसंशा, अर्गानिक खेती, धर्म र संस्कृतिहरुबारे स्वच्छन्द बहस गर्न थाल्यौँ । एकछिनपछि माथी गएर सामूहिक फोटो खिच्यौँ । हामीले सर म्याडमहरुलाई उक्साउँदै विभिन्न पोजहरु सिकाउँदै फोटो खिच्न थाल्यौँ । एकल, युगल तथा सामूहिक फोटोहरु खिचेर सरहरु पिकनिक स्पटतिर फर्किनुभयो ।

फेरि छोडिनेमा हामी युवा पुस्ताका आयुश सर, कोपिला मिस, म र भूमिका मिस मात्र भयौँ । पालैपालो फोटो खिच्दै मन नपरे डिलिट गर्दै निकैबेर फोटो खिचेर बसिरह्यौँ । आयुश सरले मिसहरु र मेरो लजालु प्रवृत्तिको फाइदा उठाउँदै जिस्काउँदै र छिल्याउँदै जोडी फोटो पनि खिचाउनुभयो । संगै पढाएको ३/४ वर्ष बितिसकेपनि सामूहिक फोटोको अलवा म कहिल्यै मिसहरुसंग यसरी नजिक सरेर फोटो खिचेको थिएनँ । उहाँकै दबाबको कारण मिसहरुसंग मेरो लजालुपन बिस्तारै कम हुँदै गयो । यस अर्थमा म आयुस सरप्रति आभार भएँ । मैले उहाँलाई पनि मिसहरुसंग फोटो खिचाएँ ।

हुँदाहुँदा कोपिला मिसले पनि मलाई र भूमिका मिसलाई जिस्क्याउँदै एकसाथ उभिएर विभिन्न हर्कतहरु सिकाउँदै फोटो खिच्न लगाउनुभयो । मलाई आयुश सर र कोपिला मिसले बुकीफूलको गुच्छा भूमिका मिसलाई दिएझैँ गर्न लगाएर फोटो खिचाउन चाहनुभयो तर हामीले असहज महसुस गर्‍यौं । फोटो खिच्ने सुरमा मैले अलिक पर मोबाइल र पावरबैंक यतिकै छोडेर हिँडेको रहेछु । एउटा बुवाले मलाई ल्याएर दिनुभयो । म मनमनै सोच्न थालेँ - "ओहो! मैले यतिकै छोडेर गएको भए के हुन्थ्यो होला ।"

अती नै कर गरेपछि चाहीँ मैले भूमिका मिसको अनुहारमा हेर्दै एक दुई स्न्याप लिएँ । संगै सहकर्मीको रुपमा काम गरेको बर्षौं भैसकेपनि म उहाँहरुसंग त्यति खुल्न सकेको थिएनँ जति आयुश सरसंग एकै महिनामा खुलेको थिएँ । खै किन खुल्न सकिरहेको थिएनँ म आफै अनविज्ञ छु । के पेशागत मर्यादालाई ख्याल गरेर एकअर्कासंग खुल्नु उचित हैन त ? के एक अर्कासंग अन्तरंगको कुराहरु गर्दा गलत हुन्थ्यो त ? म आफ्नो प्रश्नहरुप्रति विलकुल नजवाफ भएँ । आयुश सरले लज्जा मिश्रित भावमा एक अर्कालाई हेरिरहेको फोटो देखाएपछि मेरो मनमा लाज र सरमका लाभाहरु भकभक उम्लिन थाल्यो जुन लज्जा विक्षिप्त आँखा र ओठहरुबाट कम्पन भई बिस्तारै ज्वालामुखीको रुप लिन खोज्दै थियो । वारिपारी अनगिन्ती सोली घोप्टाएझैँ देखिने अपरिचित डाँडाहरु, कनिका छर्किएझेँ देखिने वालिङ, राम्बाच्छा, आँपडाली, रत्ने, राक्से, खहरे, त्रियासी, बयारघारी इत्यादि बजारहरु, हरियो लुंगीको माथी फनफनी बेरिएको पहेँलो पटुकी जस्तै देखिने मोटरबाटोहरु साँच्चै मनमोहक देखिन्थ्यो ।

मलाई प्रकृति नियाल्न पुगेकै थिएनँ तर आयुश सरले कर गरेर तल जाउँ अब भन्नुभयो । ओरालो झर्दै गर्दा फोटो खिचाईकै प्रसंगमा मैले आयुश सरलाई कटाक्ष हान्दै गर्दा गलत द्वित्व शब्दको चयन हुन पुग्दा अलिक लज्जित हुन पुगेँ । मलाई मनमनै निकै ग्लानी महसुस पनि भयो । लाज महसुस भएर म पछि पछि हुँदै आयुश सरसंग पनि एकछिन दुरी कायम गर्दै हिँडिरहेँ । केही समयपछि हामी सबै पिकनिक स्पटमा पुग्यौँ । सर, म्याडम र हाम्रा अन्य पाहुनाहरु छमछम रमाइलो गर्दै नाच्नुभयो । मैले भिडियो खिचिरहेँ । आयुस सरले मलाई नाच्न लगाउनुभयो तर मैले एकछिनपछि नाच्छु भन्दै उहाँको अनुरोधलाई टारिदिएँ ।

लगदै हामी तीनजनालाई आसन ग्रहण गराउँदै सहायक प्र.अ. पशुपति पौडेलले औपचारिक कार्यक्रम सुरु गर्नुभयो । विद्यालय परिवारले हामी तीनैजना आयोजकलाई अबिर, खादा र दोसल्ला ओडाएर सम्मान गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले हामीलाई बधाई दिँदै विद्यालयमा हामी शिक्षक कर्मचारीहरुलाई परेको बेला जुनसुकै बेला सहयोग गर्ने बाचा गर्नुभयो । त्यसपछि म, आयुस सर र कोपिला म्याडम तीनैजनाले पालैपालो प्रतिबद्धतारुपी मनतब्य प्रस्तुत गर्‍यौं । प्र.अ. लेस बहादुर खाँणले बधाई तथा शुभकामना मन्तब्य दिँदै औपचारिक कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभयो ।

औपचारिक कार्यक्रमको अन्त्य गरी सामूहिक फोटो सेसन पश्चात् हामीले साँझको खाना खायौँ । खाना सकिपछि स्पट परिसरमा सरसफाइ गरि स्पट दस्तुर बुझाएर ओराली लाग्यौँ । यसपालि पनि म जीपको पछिपछि आएँ । जीपलाई ओभरटेक गरि एक्लादुक्लै हिँड्नुभन्दा धुलो खाँदै सामाजिक परिवेशमा साथीहरुसंग रमाउँदै ओरालो झर्नु मलाई कयौँ गुणा उचित लाग्यो । लगभग पौने घण्टाको कठिन ओरालो बाटो झरेपछि बल्ल मूल बाटोमा निस्कियौँ । लग्दाको लाँकुरीडाँडामा रहेको प्रतिक्षालयमा सबैजना मोटरसाइकल तथा स्कुटर चलाएर यात्रा गर्ने साथीहरूलाई पर्खिएर एकसाथ हामी हिँड्न थाल्यौँ । यसरी पित्लेक पिकनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

केहीं सपनाहरु यस्ता हुन्छन् जुन 'त्यति सजिलै प्राप्त अनि पूरा गर्न सकिदैनँ ।' केहीं खुसीहरु यस्ता हुन्छन् जुन 'लामो समयसम्म टिक्दैनँ' । यस्तै कुराहरुमा आफूलाई समावेश गर्दै अघि बढिरहनुलाई नै जिन्दगी भनिन्छ । लामो जीन्दगीको छोटो डायरीको पानामा जानी नजानी कोरिने अविस्मणीय यात्राको छोटो पल मेरा प्रिय पाठहरुसामू प्रस्तुत गरेँ ।

Address

Chapakot
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when ICT Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ICT Sathi:

Share