नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस Ncc

  • Home
  • Nepal
  • Teghari
  • नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस Ncc

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस  Ncc Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस Ncc, Consulting Agency, attariya chauraha , kailali nepal, Teghari.

https://attariyaonline.com/140093/
14/08/2026

https://attariyaonline.com/140093/

अत्तरिया – नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले बाजुरा, बझाङ र दार्चुलाका स्याउ कृषकले भोग्दै आएका ढुवानी,...

14/08/2026
नगद भुक्तानीको हकमा "पुरस्कार कुपन  नम्बर" सृजना गर्न तपसिल अनुसार बीजक(भ्याट बिल वा पान बिल) विवरण भर्नु पर्दछ।https://...
11/08/2026

नगद भुक्तानीको हकमा "पुरस्कार कुपन नम्बर" सृजना गर्न तपसिल अनुसार बीजक(भ्याट बिल वा पान बिल) विवरण भर्नु पर्दछ।
https://prize.ird.gov.np/
बोनस जानकारी:
⚜️भ्याटमा दर्तावालको बिलमा लेखिएको हुन्छ।
⚜️पान(आयकरमा मात्र)मा दर्तावालको बिलमा लेखिएको हुन्छ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देशगोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानको आयोजनामा कैलाली...
03/08/2026

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश
गोदावरी चेम्बर अफ कमर्स र जय गोदावरी अभियानको आयोजनामा कैलालीको अत्तरियामा आयोजित सद्भावना र्याली सफलतापूर्वक सम्पन्न भएको छ।

विभिन्न धर्मका गुरुहरू, सामाजिक अगुवा, व्यवसायी, युवावर्ग तथा सर्वसाधारणको उत्साहपूर्ण सहभागिताले शान्ति, सद्भाव, आपसी विश्वास र सहअस्तित्वको सन्देशलाई थप सशक्त बनाएको छ।
हाम्रो विविधता नै हाम्रो शक्ति हो। धर्म, संस्कृति र समुदाय फरक भए पनि हामी सबैको साझा लक्ष्य शान्त, सभ्य, समृद्ध र एकताबद्ध समाज निर्माण हो।
"सद्भाव कायम रहोस्, भाइचारा बलियो बनोस्, नेपाल सधैं शान्त र समृद्ध बनोस्।"
#गोदावरीचेम्बर #जयगोदावरी #सद्भावनार्याली #अत्तरिया #कैलाली #सामाजिकसद्भाव #धार्मिकसहिष्णुता #एकता #नेपाल

https://attariyaonline.com/139459/
02/08/2026

https://attariyaonline.com/139459/

अत्तरिया – कैलालीको अत्तरियामा सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धिका लागि सर्वधर्मीय संवाद कार्यक्रम आयोज....

हार्दिक बधाई छ ।नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाण...
01/08/2026

हार्दिक बधाई छ ।
नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ।
नेपाल-भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्‍याउन सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामको परराष्ट्र मन्त्रालयले उनलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको हो।

पुरा समाचार : https://businesspana.com/more/update/40370/

गोदावरी चेम्बर अफ कमर्सको नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको ह...
01/08/2026

गोदावरी चेम्बर अफ कमर्सको नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष – तारा दत्त जोशी
वरिष्ठ उपाध्यक्ष – बाजी कामी
उद्योग उपाध्यक्ष – जनक राज भट्टराई
महासचिव – रमेश बोगटी
सचिव – सन्तोष बोहरा
कोषाध्यक्ष – लक्ष्मी दत्त जोशी
सह-कोषाध्यक्ष – बाबुराम भट्टराई
सदस्य – लोक बहादुर खड्का
सदस्य – धनेन्द्र चौधरी
सदस्य – इन्द्र देव अवस्थी
सदस्य – नवीन भट्ट
सदस्य – किशन सिंह भाट
नयाँ नेतृत्वले व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्दै गोदावरी चेम्बर अफ कमर्सको गरिमा अझ उँचो बनाउने, संस्थालाई सफलता र समृद्धिको शिखरसम्म पुर्‍याउने तथा समग्र उद्योग, व्यापार र उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दछु।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

https://attariyaonline.com/137573/
24/06/2026

https://attariyaonline.com/137573/

अत्तरिया – कैलालीका फूल व्यवसायी र किसानहरूले भन्सार नाकामा भारतीय प्लास्टिकका फूल आयातमा कडाइ गर्न माग गरेका छ....

29/05/2026

बजेटका कुरा २०८३

- करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर, व्यक्तिका लागि दश लाख, व्यक्तिगत आयकरको अधिकतम दर दश प्रतिशत विन्दुले घट्यो।

- औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो विद्यमान ११ तहको भन्सार दर सात तहमा सीमित।

- हाल ३६० वस्तुमा लागिआएको अन्तःशुल्क खारेज। भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित।

- प्राकृतिक व्यक्तिको मृत्युपश्‍चातको अस्वैच्छिक नि:सर्ग एवम् निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था।

- सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने।

- डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको दश प्रतिशत छुट पाउने। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लट्री जस्ता आकर्षक कार्यक्रम सुरु गरिने।

- मूल्यअभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने।

- कर परिपालनलाई दण्ड होइन, विकासको सहयात्री बनाउने नीति। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यवसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्वन्धी विशेष योजना।

- सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा एक प्रतिशत थप गरी तोकिएको म्याद भित्र बुझाएमा मुद्धा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको।

- सरकारको विद्यमान बोझिलो संगठन संरचना अब चुस्त बनाइने।

- हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्‍चिति रहेको अवस्थामा केही प्रतिशत रकम 'सोभरेन वेल्थ फण्ड' का रुपमा परिचालन गर्ने नीत लिएको।

- भिजन काठमाण्डौ, २०४० को दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्ने।

- भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ सफल बनाउन सघन तयारी गर्ने।

- न्यूनतम रू. २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने।

- 'लगानी एक्सप्रेस' को अवधारणा कार्यान्वयन गर्न आगामी तीन महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्ने।

- स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुन:संरचना गर्ने।

- आगामी वर्ष काँकडभिट्टा-लौकही, कमला-बागमती, बुटवल-गोरूसिङ्गे र धानखोला-लमही खण्ड अन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गर्ने। बागमती-पथलैया, नारायगढ-हेटौंडा र गोरुसिङ्गे-चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली-कञ्‍चनपुर, चन्द्रौटा-धानखोला र कोहलपुर-गड्डाचौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्ने।

- आगामी आर्थिक वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १०४० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता ५५३५ मेगावाट पुग्ने।

- एक हजार ६१ मेगावाटको माथिल्लो अरुण, ८ सय २८ मेगावाटको उत्तरगंगा, २ सय १० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी-५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। ४ सय १७ मेगावाटको नलगाड, ४ सय ९० मेगावाटको अरुण-४ र २ सय ८१ मेगावाटको नौमुरै आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने।

- एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अघि बढाउने।

- ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्ने।

- ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भ गर्न हेटौंडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रुपमा कार्यान्वयन गर्ने।

- अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक ५० यूनिट भन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने।

- निजी क्षेत्रलाई अन्तर्राष्‍ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउने।

- आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दश वटा फुटबल रङ्गशालालाई फ्लड लाईट सहितको स्तरोन्नति गर्ने।

- नर्सिंङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिंदै आएको यातायात खर्चमा ५० प्रतिशतले वृद्धि।

- अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्‍चालन गर्ने।

- नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन युरिया मल उद्योग सञ्‍चालन गर्न दिने।

- छ हजार मिटर भन्दा बढी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्ने।

- गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने।

- कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिदैँ सुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गर्ने।

Address

Attariya Chauraha , Kailali Nepal
Teghari

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस Ncc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share