05/02/2026
जब मैले पहिलो पटक यो यात्रा सुरु गरेँ, मैले कहिल्यै सोचेको पनि थिइनँ कि म आज यहाँसम्म आइपुग्छु भनेर। आफूमाथि विश्वास कम थियो, मनमा धेरै शंका थियो। तर पनि सानो–सानो कदम चाल्दै म निरन्तर अघि बढिरहेँ।
आज दुई वर्ष पूरा भइसकेछ।
कति धेरै सम्झनाहरू। कति धेरै उपलब्धिहरू। अझै पनि हरेक दिनले मलाई बढ्न, अझ मेहनत गर्न र निरन्तर रहन सिकाइरहेको छ। किनकि हामीले गर्ने कामको अर्थ छ—हामी extra-ordinary leaders build garxhhau र परिवारहरूलाई सुरक्षित बनाउँछौं। यही कुराले मलाई साँचो गर्व महसुस गराउँछ।
आज म कामको लागि Ohio जाँदैछु, र आफ्ना ७ महिनाको र ४ वर्षको बच्चालाई घरमै छोडेर निस्कँदैछु। मन अलि भावुक छ। मनको एउटा भाग भारी छ। अर्को भाग बलियो छ। अनि ठूलो भागले भन्छ—यो नै मेरो वृद्धि हो।
म आफ्नो परिवारको लागि मेहनत गर्दैछु।
म आफ्ना बच्चाहरूको भविष्यको लागि मेहनत गर्दैछु।
म हाम्रो पुस्ताको भविष्य बदल्न मेहनत गर्दैछु। 💛
मलाई थाहा छ, यहाँ धेरैजना आफ्ना परिवारका लागि यस्तै संघर्ष गरिरहनु भएको छ।
बच्चा भएपछि सजिलै भन्न सकिन्छ,
“अहिले म गर्न सक्दिनँ।”
तर अर्को विकल्प पनि हुन्छ—
आफ्नो बच्चाको भविष्य बदल्न सक्ने सबै प्रयास गर्ने।
मैले दोस्रो बाटो रोजेँ।
तपाईंले कुन बाटो रोज्नुहुन्छ? ✨