13/10/2017
आज २०७४ साल असोज २७ गते शुक्रवार, तदअनुसार अक्टोबर १३, २०१७
आजको महावाणी
“आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन।“
- विलियम शेक्सपियर
तपाइको आज
मेष: धार्मिक तथा परोपकारजन्य कामबाट मानसम्मान र प्रतिष्ठा पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृष: साथीभाई र आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
मिथुन: प्रयासहरु सकारात्मक रहनेछन । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।
कर्कट: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मनग्य धनलाभ हुनेछ भने रमाइलो भेटघाट हुनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहनेछ ।
सिंह: मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।
कन्या: साथीभाईको सहयोग मिल्नेछ । प्रयास गरेका कामहरु सबै सफल हुनेछन । पढाइ लेखाइमा प्रगति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
तुला: स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने सम्भावना । ठुला व्यक्तिको सहयोगले काम गर्ने जोश, जाँगर मिल्नेछ ।
वृश्चिक: मेहनत गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ ।
धनु: काममा परिवारको सहयोग जुटाउन सक्दा फाइदा होला । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ ।
मकर: परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
कुम्भ: सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ ।
मीन: ब्यापार ब्यबसायमा फाइदा हुनेछ । सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।