Tax Vat solution

Tax Vat solution Tax Vat Solution

15/11/2021

काठमाडौ महानगरपालिकाले लुटतन्त्रको अर्को अध्याय शुरु गरेछ ।
काठमाडौ महानगरपालिका अन्तर्गत केही वडा कार्यालयहरुले यदि तपाईंको व्यबसायको अधिकृत पूजी रु. ५ लाख भन्दा बढी छ भने अन्य निकाय जस्तै घरेलु कार्यालय/वाणिज्य विभाग/कम्पनी रजिस्ट्रारको कार्यालयमा अनिवार्य दर्ता पश्चात् मात्र नयाँ दर्ता/नविकरण गर्न सक्ने नयाँ नियम लागू गरेछन ।
यो नियमले लाखौ व्यबसायीलाई करको ठूलो बोझ थपिन जाने देखिन्छ तसर्थ यस्ता ब्यबसायीमारा नियमको बिरोध गरौ ।
लुटतन्त्र मुर्दाबाद !!!

जानकारी
25/07/2021

जानकारी

केही परिवर्तन
29/05/2021

केही परिवर्तन

29/05/2021

*बजेट २०७८ मुख्य बुदाहरु*
- बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ
- सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
- स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
- ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
- बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो
- काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
- स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने
- निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
- अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
- महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि
- मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट
- पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
- सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
- रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
- चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट
- आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने
- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
- कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
- सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
- मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज
- विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी
- कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
- अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख
- म्यूचुअल फण्डको आम्दानीमा कर छुट
- डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने
- राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने
- सांसद विकास कोष खारेज

29/05/2021

सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने बताए।

चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन भने उक्त उद्योगहरू स्वत नविकरण हुनेछन्।

29/05/2021

सरकारले कोभिडबाट अति प्रभावित व्यवसायहरुको आयकरमा छुट दिने भएको छ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेटमा कोभिड १९ बाट अति प्रभावित होटल, ट्राभल, टेकिङ, यातायात, हवाई, चलचित्र क्षेत्र र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशतमात्रै आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको छ।

वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार भएका कर दातालाई ७५ प्रतिशत र वार्षिक ५० देखि १ करोडसम्म कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था गरिएको छ।

आर्थिक वर्ष २०७५।७६ सम्मको वार्षिक विवरण नबुझाएका र नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ असोजभित्र जरिवानाको १० प्रतिशत शुल्क बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिइने भएको छ।

मूल्य अभिबृद्धि र अन्तशुल्क बक्यौता रहेको २०७६ असार मशान्तसम्मको कर रकम र ब्याज रकम २०७८ पुस मशान्तभित्र दाखिला गरेमा शुल्क जरिवना तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।

अक्सिजन सिलिन्डर लगायतका सामान आयात, उत्पादन र आयात तथा विक्री वितरणमा लाग्ने भन्सार महशुल अन्तशुल्क र मूल्य अभिबृद्धि कर २०७८ पुस मशान्तसम्म छुट गरिएको छ भने विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क पुर्ण खारेज गरिएको छ भने भन्सार महशुल समेत घटाइएको छ।

29/05/2021

सरकारले विद्युतीय गाडीको अन्तशुल्क र भन्सार घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ मा विद्युतीयको भन्सार दर घटाएको हो ।



प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमै विद्युतीय गाडीको भन्सार दर घटाउने संकेत गरिएको थियो । सोही अनुसार बजेटले विद्युतीय गाडीमा कर घटाएको हो ।

पूर्व अर्थमन्त्री युबराज खतिवडाले १० प्रतिशत भन्सार लाग्दै आएको विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तशुल्क लगाएका थिए । विद्युतीय गाडीमा कर बढाइएपछि चौतर्फी दबाबका कारणले सरकारले केही कर घटाएको हो ।

29/05/2021

आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।

20/01/2021

नेपालको कर ब्यबस्था बारे सुनेको एउटा कहानी:
तपाइहरुले PK फिलिम त पक्कै हेर्नुभएको होला | आज त्यो फिल्मको एउटा सिनको तपाइहरुलाई सम्झाउन मन लाग्यो |
अमिर खानले देउताले काम गरेनन भनेर चढाएको पैसा फिर्ता लिन खोज्दा पुजारीले देख्छ र उसमाथि कुटपिट गर्न थाल्छ | त्यो कुटपिट बाट बचाउन हिरोइनले आफ्नो पर्स हल्दिन्छे | त्यसपछि, पुजारीले त्यो पर्स निकालेर पैसा त्यहि भाडोमा हाल्छ र, रिसाउदै खाली पर्स मात्र फिर्ता गर्छ |
नेपालको कर प्रणाली पनि त्यस्तै छ | जसरि होस् पैसा उठाउ, जम्मा गरिहाल | मान्छेलाइ कानुन बनाएर नियमसंगत तरिकाले कर उठाउनु जरुरि छैन, नजिक आउनेबाट उठाइहाल्ने, टाढा हुनेलाइ मतलब नगर्ने | एकपल्ट कर उठाइसके पछी, कानुनले अधिकार दिए पनि फिर्ता पाउने अनुभब सपनामा मात्र छ | कर तिर्न आउने लाइ पनि राम्रो ब्यबहार गरिदैन | फिल्मको हिरोइनबाट पैसा लिएपनि उसलाई पुजारीले उल्टै गालि गरे जस्तै यहाँ वेबसाइटले काम गरेन भनेर कम्प्लेन गर्नेलाई उल्टै गालि गरिन्छ, यत्रो दिन के हेरेर बसेको थिइस भनेर | कर उठाउने "भाँडो" एउटा वेबसाइट पनि ब्यबस्थित गर्न सकेको छैन | अरु के ब्यबस्थित होला ? तपाइँहरु नै अनुमान गर्नुहोस न |
कतै यसरि जरिवाना उठाएर टार्गेट रकम पुर्याउने उद्देश्य त हैन ?
हामि करदाता पनि फिल्मको हिरोइन जस्तै चुपचाप सबै कुरो सहेर बसेका छौ, बिना सित्तिमा पुजारीले नचढाएको पैसा जबर्जस्ति लगे जस्तो गरि हाम्रो पैसा कर कार्यालयले लग्दा पनि अपराधि जस्तै गरि नि:शब्द छौ | जे भने पनि शिरोपर गरेर सहेर बसेका छौ | हाम्रो अधिकार कता छ? कसैलाई थाहा छ ? जय करप्रणाली !

https://www.facebook.com/153362632214365/posts/537507233799901/
20/01/2021

https://www.facebook.com/153362632214365/posts/537507233799901/

काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपले छोटो समयमै सबैको ध्यान आकर्षित गरेको छ । सम्भव भए...

20/01/2021

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Tax Vat solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share