16/07/2026
🙏 हार्दिक आभार 🙏
विगतका वर्षहरूमा जस्तै, आर्थिक वर्ष २०८२/८३ मा पनि CG Electronics अन्तर्गत वितरण हुने उत्पादनहरूको बिक्रीमा साझा टिभी सेन्टर लाई नेपालकै सर्वोत्तम डिलर बन्ने गौरव दिलाइदिनु हुने सम्पूर्ण महानुभावहरूप्रति हामी हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।
यो सफलता हाम्रो मात्र होइन, हामीमाथि वर्षौँदेखि विश्वास गर्दै आउनुभएका आदरणीय ग्राहकवर्ग, हाम्रो पसलमा कार्यरत सम्पूर्ण ब्रान्डका प्रमोटर दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण कर्मचारी परिवार, सेल्स, सर्भिस र मार्केटिङ टिम, CG Electronics तथा चौधरी ग्रुप (CG) का सम्पूर्ण व्यवस्थापन टिम, साथै हरेक यात्रामा साथ, हौसला र प्रेरणा दिनुहुने हाम्रो परिवारको साझा मेहनत, विश्वास र सहयोगको परिणाम हो।
हामीलाई यो स्थानसम्म पुर्याउने प्रत्येक ग्राहक, शुभेच्छुक, सहकर्मी र सहयोगीप्रति हामी सदैव ऋणी रहनेछौँ। तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति र प्रेरणा हो।
आगामी दिनहरूमा पनि यही विश्वासलाई अझ मजबुत बनाउँदै गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने हाम्रो प्रतिबद्धता रहनेछ।
मनदेखि नै धन्यवाद! तपाईंहरूको साथ, विश्वास र मायाले नै हामीलाई हरेक वर्ष अझ राम्रो बन्ने ऊर्जा दिएको छ। ❤️🙏
— साझा टिभी सेन्टर परिवार