Voice Of Khabar

Voice Of Khabar Nepal's No.1 Banking news portal
!! खबरसँगै खबरदारी !! News • Views • Stories

अमेरिकी राष्ट्रपति Donald Trump माथि इरानविरुद्धको सैन्य कारबाही थप विस्तार नगर्न आन्तरिक दबाब बढ्दै गएको छ।सीएनएनका अनु...
26/07/2026

अमेरिकी राष्ट्रपति Donald Trump माथि इरानविरुद्धको सैन्य कारबाही थप विस्तार नगर्न आन्तरिक दबाब बढ्दै गएको छ।

सीएनएनका अनुसार अमेरिकी उपराष्ट्रपति JD Vance र संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले युद्ध लम्बिँदा अमेरिकी हतियार भण्डारमा पर्ने असर, सैन्य क्षमता र मध्यपूर्वको सुरक्षा अवस्थाबारे ट्रम्पलाई सचेत गराएका छन्।

अमेरिकी प्रशासनभित्र युद्धको दायरा विस्तार हुँदा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा, ऊर्जा पूर्वाधार तथा रणनीतिक साझेदार राष्ट्रहरू थप जोखिममा पर्न सक्ने चिन्ता बढेको बताइएको छ।

विश्लेषकहरूका अनुसार इरानसँग रहेका मिसाइल, ड्रोन तथा क्षेत्रीय सहयोगी समूहहरूको सक्रियताले खाडी राष्ट्रहरूको सुरक्षा चुनौतीपूर्ण बन्न सक्छ। युद्ध थप चर्किए ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय स्थिरतामा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।

इरान–अमेरिका तनाव नयाँ चरणमा प्रवेश गरिरहेका बेला वाशिङ्टनभित्र सैन्य कारबाहीको भविष्य र त्यसका सम्भावित परिणामबारे गम्भीर बहस सुरु भएको छ।


काठमाडौं र धादिङलाई जोड्ने बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। करिब ...
26/07/2026

काठमाडौं र धादिङलाई जोड्ने बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो परियोजना शिलान्यास भएको ७ वर्षपछि सञ्चालनमा आउन लागेको हो।

२०७६ साल कार्तिक ४ गते तत्कालीन प्रधानमन्त्री K. P. Sharma Oli ले सुरुङमार्गको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक चुनौतीका कारण परियोजना ढिलो सम्पन्न भएको हो।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने र यातायातलाई थप सुरक्षित तथा सहज बनाउने अपेक्षा गरिएको छ।

नागढुंगा–सिस्ने खोला सुरुङमार्गलाई नेपालको आधुनिक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो परियोजना अन्ततः सञ्चालनमा आउन लाग्दा सर्वसाधारण तथा यातायात व्यवसायीहरू उत्साहित बनेका छन्।

🚨 हुथीको मिसाइल र ड्रोन हमला: विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोको पूर्वाधार निशानामा, साउदीमा उच्च सतर्कतायमनस्थित...
25/07/2026

🚨 हुथीको मिसाइल र ड्रोन हमला: विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोको पूर्वाधार निशानामा, साउदीमा उच्च सतर्कता

यमनस्थित हुथी विद्रोही समूहले साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। आक्रमणमा जिजान औद्योगिक क्षेत्रका महत्वपूर्ण संरचना तथा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी Saudi Aramco सँग सम्बन्धित ऊर्जा पूर्वाधारलाई निशाना बनाइएको बताइएको छ।

हमलापछि जिजान, यान्बु र दमाद क्षेत्र प्रभावित भएका छन्। केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको रिपोर्ट सार्वजनिक भएको छ भने साउदी नागरिक सुरक्षा निकायले यान्बु प्रान्तका लागि आपत्कालीन सतर्कता जारी गरेको छ।

रिपोर्टअनुसार यमनबाट प्रहार गरिएका मिसाइल र ड्रोनले जिजान औद्योगिक क्षेत्रमा विस्फोट गराएका थिए। ऊर्जा पूर्वाधारमाथि आक्रमण भएपछि अन्तर्राष्ट्रिय तेल बजार र क्षेत्रीय सुरक्षाप्रति चिन्ता बढेको छ।

घटनाको पृष्ठभूमिमा शुक्रबार राति साउदी अरेबियाले हुथी नियन्त्रणमा रहेको यमनको होदेदा क्षेत्रमा हवाई आक्रमण गरेको बताइएको छ। त्यसपछि हुथी पक्षले “महँगो मूल्य चुकाउनुपर्ने” चेतावनी दिँदै कडा जवाफ दिने घोषणा गरेको थियो।

हुथीसम्बद्ध अल–मसिराह टेलिभिजनका अनुसार होदेदास्थित दूरसञ्चार प्राधिकरणको भवन तथा कमारान टापु पनि आक्रमणको निशानामा परेका थिए। उक्त घटनामा एक महिला घाइते भएको दाबी गरिएको छ।

मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच यो घटनाले क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्तिमाथि नयाँ चिन्ता थपेको छ।

K. P. Sharma Oli र Pushpa Kamal Dahal बीच प्रदेश सरकार गठन तथा सहकार्यसम्बन्धी ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।शनिब...
25/07/2026

K. P. Sharma Oli र Pushpa Kamal Dahal बीच प्रदेश सरकार गठन तथा सहकार्यसम्बन्धी ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।

शनिबार सम्पन्न सहमतिअनुसार प्रदेशसभाहरूमा संयुक्त रूपमा सरकार गठन गरी सहकार्य गर्ने निर्णय गरिएको छ। सहमतिअनुसार:

▪️ कोशी प्रदेश – एमाले नेतृत्व
▪️ बागमती प्रदेश – एमाले नेतृत्व
▪️ लुम्बिनी प्रदेश – एमाले नेतृत्व
▪️ कर्णाली प्रदेश – नेपाल कम्युनिस्ट पार्टी नेतृत्व
▪️ सुदूरपश्चिम प्रदेश – नेपाल कम्युनिस्ट पार्टी नेतृत्व

दुई दलले पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था तथा राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन, समृद्धि र विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने बताएका छन्।

सहमतिपत्रमा मधेस र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।

यो सहमतिलाई वामपन्थी शक्तिबीचको नयाँ राजनीतिक समीकरण र प्रदेशस्तरको सत्ता साझेदारीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

नेपाली मोटरस्पोर्ट्सले इतिहास रचेको छ। Ashish Bharti (रोनी) ले एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप (APMC) मा स्व...
25/07/2026

नेपाली मोटरस्पोर्ट्सले इतिहास रचेको छ। Ashish Bharti (रोनी) ले एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप (APMC) मा स्वर्ण पदक जितेपछि नेपाल सरकारबाट नगद पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मोटरस्पोर्ट्स खेलाडी बनेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदान गरिने पुरस्कारअन्तर्गत रोनीलाई ५ लाख रुपैयाँ प्रदान गरिएको हो। मोटरस्पोर्ट्स क्षेत्रमा सरकारी पुरस्कार प्राप्त गर्नु नेपाली मात्र होइन, विश्व मोटरस्पोर्ट्सकै लागि दुर्लभ उपलब्धिका रूपमा हेरिएको छ।

🥇 रोनीले अटो–जिमखाना सोलो विधामा स्वर्ण जित्दै जापान, अष्ट्रेलिया, भारत र दक्षिण कोरियाजस्ता देशका अनुभवी ड्राइभरहरूलाई पछि पारेका थिए। यो उपलब्धिलाई नेपाली मोटरस्पोर्ट्स इतिहासकै सबैभन्दा ठूलो सफलतामध्ये एक मानिएको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले पनि रोनीलाई “च्याम्पियन्स अवार्ड २०२५” सहित सम्मान गरेको थियो। साथै, नेपालले कोलम्बोमा सम्पन्न प्रतियोगितापछि एशिया–प्यासिफिक क्षेत्रकै उत्कृष्ट एचिभर्स फेडेरेसन अवार्ड समेत प्राप्त गरेको छ।

रोनीले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा नेपाली मोटरस्पोर्ट्सको माइलस्टोन भएको बताएका छन्। उनले भनेका छन्, “यो एक दशकभन्दा लामो मेहनत, निरन्तरता र सम्पूर्ण टिमको सहयोगको परिणाम हो।”

नेपालमा मोटरस्पोर्ट्स सुरु भएको करिब डेढ दशकमै अन्तर्राष्ट्रिय स्वर्ण र सरकारी सम्मानसम्म पुग्नु नेपाली खेलकुदका लागि गौरवको विषय बनेको छ।

Pushpa Kamal Dahal (प्रचण्ड) ले सबै वामपन्थी दल एकजुट भए विशाल जनशक्ति प्रदर्शनमार्फत सत्ता परिवर्तन सम्भव रहेको बताएका ...
25/07/2026

Pushpa Kamal Dahal (प्रचण्ड) ले सबै वामपन्थी दल एकजुट भए विशाल जनशक्ति प्रदर्शनमार्फत सत्ता परिवर्तन सम्भव रहेको बताएका छन्।

उनले भने, “एकछिन सोचौं, हामी सबै वामपन्थी दल मिलेर हरेक पार्टीले आफ्नो क्षमताअनुसार देशभरिबाट ५ लाख जनता काठमाडौं उतार्ने र सदरमुकामहरूमा १.५ लाख जनता उतार्ने हो भने, (उनीहरू) रास्वपाले जस्तै एक दिनमै सत्ता पल्टाउन सकिन्छ।”

प्रचण्डको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक अवस्था, विपक्षी रणनीति र वाम एकताको बहससँग जोडेर हेरिएको छ। उनको भनाइपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

25/07/2026

राजनीतिक दाउपेच: कसले कसलाई खुवाउँदै छ 'वैचारिक अफिम'?
प्रचण्डको कडा भाषण— आरोप-प्रत्यारोपको नयाँ श्रृङ्खला सुरु! Pushpa Kamal Dahal

25/07/2026

ओहो! साउथ फिल्मको हिरो जस्तै कडा डाइलग! 🎬😎 एक एक लाए छोड्दीन त तँलाई हेर न !

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान...
25/07/2026

सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले उनीहरूलाई ८ लाख २१ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको जनाएको छ।

शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मारिएको थियो। छापाका क्रममा डिभिजन प्रमुख ढकाल बसेको सोफाबाटै सेवाग्राहीसँग लिएको भनिएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

त्यसैगरी, खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि फेला परेको बताइएको छ। बरामद रकमसहित दुवै अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यो घटनाले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरुद्ध अख्तियारको कारबाहीलाई फेरि चर्चामा ल्याएको छ।

24/07/2026

बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Voice Of Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Khabar:

Shortcuts

Share