27/08/2026
🙏🙏 हार्दिक श्रद्धाञ्जली तथा सहयोगको
अपिल 🙏🙏
हिजो आएको बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति Student Centre Consultancy Pvt. Ltd. परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ। साथै, सम्पूर्ण विद्यार्थी, अभिभावक तथा आफन्तजनहरू सकुशल रहनुहोस्। कुनै समस्या वा आपत् परेमा एक–अर्काको सम्पर्कमा रहनुहोला।
यस विपद्को समयमा Student Centre Consultancy Pvt. Ltd. परिवारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आधिकारिक रूपमा सहयोग गर्नेछ।
साथै, हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई पनि आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न हार्दिक अपिल गर्दछौँ। 🙏
विपद्को यस कठिन घडीमा सबै नेपाली एकजुट बनौँ।
एकताको साथ, विपद्मा साथ। 🇳🇵
Student Centre Consultancy Pvt. Ltd. परिवार
📍 Head Office: Basundhara, Kathmandu
📍 Birtamode Office: Birtamode ,Jhapa ,Nepal
🇳🇵