16/10/2026
🌺 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺
विजया दशमीको पावन अवसरमा आदर्श एण्ड एसोसिएट्स परिवारका तर्फबाट हाम्रा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, साझेदार, हितैषी महानुभावहरू तथा हाम्रा सम्पूर्ण कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
माता दुर्गाको कृपाले यहाँहरू सबैको जीवनमा सुख, सफलता, सद्भाव र सकारात्मक ऊर्जा सदैव कायम रहोस्। यस पर्वले आपसी प्रेम, एकता र आत्मीयता अझ प्रगाढ बनाओस्।